पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा 'फर्किने घोषणा' गर्ने !
१३ असार २०८२
•
२ मिनेट पाठ
पूर्वराष्ट्रपति भण्डारीले भोलि सक्रिय राजनीतिमा 'फर्किने घोषणा' गर्ने !
शनिबार (भोलि) मदन भण्डारी फाउन्डेसनले काठमाडौंको राष्ट्रिय सभागृहमा ‘मदन भण्डारी स्मृति दिवस’ कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रमलाई नेकपा (एमाले) को आन्तरिक पार्टी जीवनमा अर्थपूर्ण रूपमा हेरिँदैछ।




कारण, मदन भण्डारीपत्नी तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दैछिन्! एमालेका स्थायी समिति सदस्य कर्ण बहादुर थापाका अनुसार उक्त कार्यक्रममा भण्डारीले सक्रिय राजनीतिमा फर्किनेबारे बोल्ने गरी तयारी गरेकी छन्।

भण्डारीको तयारीबारे सोध्दा थापाले नागरिकसँग भने, ‘भोलि उहाँले एउटा स्पष्ट राजनीतिक सन्देश दिनुहुन्छ जस्तो लाग्छ मलाई। यो कुरा त्यति टाढा पनि छैन। भोलि उहाँले कुनै दुविधा नरहने गरी स्पष्ट पार्नुहुन्छ। त्यसैगरी तयारी गर्नुभएको छ।‘ थापाले भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर कुराकानी गरिसकेकाले पनि भोलि दुविधा नरहने गरी बोल्ने बताए।

त्यसो त भण्डारी सक्रिय राजनीतिमा फर्किनु मात्रै त्यति चर्चाको विषय होइन तर, एमाले वृत्तमा चर्चा गर्नयोग्य विषय यो छ कि उनी सक्रिय राजनीतिमा फर्किएपछि पार्टी नेतृत्वमै पुग्ने गरी फर्किँदैछन्। यो चर्चा भण्डारी राष्ट्रपतिको पदबाट हटेसँगै सुरु भएको हो।

पछिल्लो समय यो झन्‌झन् ‘हट केक’ बन्दैछ। देशभित्र मदन भण्डारी फाउन्डेसनमार्फत राजनीतिक सक्रियता बढाएकी भण्डारीले पछिल्लो पटक छिमेकी देश चीनको भ्रमणसमेत गरिन्। उनी निकट नेताहरूले भण्डारीले चीनबाट नेतृत्व र कम्युनिष्ट एकताका लागि ‘सद्भाव’ लिएर फर्किएको बताउने गरेका छन्। यही पृष्ठभूमिमा भोलि आयोजित मदन भण्डारी स्मृति दिवस कार्यक्रमलाई महत्त्वपूर्ण र अर्थपूर्णमा हेरिएको छ।

पछिल्लो पटक प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष र भण्डारीबीच असार ५ गते साँझ भेटवार्ता भयो। उक्त भेटमा भण्डारीले ओलीलाई पार्टी नेतृत्वमा समर्थनका लागि आह्वान गरेकी थिइन्। ओलीको जवाफ स्पष्ट रूपमा सार्वजनिक भएको छैन। तर, ओलीले 'आफू जवान नै भएको', 'अझै २० वर्ष नेतृत्वमा रहने सक्ने' लगायतका अभिव्यक्ति दिँदै आएका छन्।

यो पनि पढ्नुहोस्

ओली–विद्या भेटः एमालेको आगामी नेतृत्व विद्याले सम्हाल्ने संकेत
अर्को समाचार
राजनीतिमा फर्किनेबारे विद्या: ‘एमालेको आन्तरिक मामिला हो, मलाई थाहा छैन’
१८ कार्तिक २०८२
•
१ मिनेट पाठ
राजनीतिमा फर्किनेबारे विद्या: ‘एमालेको आन्तरिक मामिला हो, मलाई थाहा छैन’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किने विषय पार्टीको आन्तरिक मामिला भएको बताउँदै यसबारे आफूलाई पछिल्लो समय कुनै जानकारी नभएको बताएकी छन्।




सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले यो विषयमा थप टिप्पणी गर्न अस्वीकार गरिन्।

‘यस विषयमा कुरा नगरौं होला। म आमसञ्चार माध्यमका भाइबहिनीलाई के भन्छु भने अब त्यो नेकपा एमालेको आन्तरिक मामिला भयो,’ उनले भनिन्, ‘अब पार्टीले के गर्दैछ, अहिले पछिल्लो अवधिमा मलाई पनि थाहा छैन।’

यद्यपि, उनले आफ्नो राजनीतिक पृष्ठभूमि र पार्टीसँगको लामो संलग्नतालाई भने स्मरण गराइन्। ‘हामी नेकपा (माले) कालदेखि नै सदस्यता लिएको हो। हामी ३५/३६ सालको विद्यार्थी आन्दोलनबाट अगाडि बढेको पुस्ता हो,’ उनले भनिन्।

आफ्नो पार्टी सदस्यताले कुनै प्राविधिक समस्या नपार्ने बताउँदै उनले देशलाई ताजा जनादेशतर्फ लैजान वातावरण बनाउन सञ्चारकर्मीहरूलाई समेत आग्रह गरिन्।

‘ताजा जनादेशको वातावरण बनाउन देशमा तपाईंहरू पनि सबै लाग्नुस्,’ उनले भनिन्, ‘त्यसो भयो भने नवपुस्ताहरूले पनि भाग लिन पाउँछन्।’

पूर्वराष्ट्रपति भण्डारीले दलहरू टुटफुट हुनु राम्रो नभएको बताउँदै मतभेदहरूलाई पार्टीभित्रै अन्तरसंवादमार्फत समाधान गरेर अघि बढ्नुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘पार्टीहरू टुट्नु फुट्नु राम्रो कुरा होइन। पार्टीहरू सुसंगठित भएर, पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अगाडि बढ्नुपर्छ।’
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस