पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) पूर्वराष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो। तर, गत असार १४ गते मात्रै उनले सक्रिय पार्टी-राजनीतिमा फर्किएको घोषणा गरिन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा संलग्न हुन नसक्ने कहीँ नभएको बताएका छन्। शुक्रबार (आज) बानेश्वरको कार्की बैंङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै भण्डारीले यसो भनेकी हुन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच च्यासलमा झन्डै दुई घण्टा वान् अन वान् वार्ता भयो तर, वार्तापछिका सहमति बाहिर आएनन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति राजनीतिमा फर्किने विषय गम्भीर रहेको दोहोर्याएका छन्। बिहीबार बसेको सचिवालय बैठकमा पनि यही बताएका ओलीले शुक्रबार (आज) बसेको पोलिटब्यूरो बैठकमा...