शेखर-गगनसँग मीनेन्द्रको चित्तदुखाइ !
११ असार २०८२
•
२ मिनेट पाठ
शेखर-गगनसँग मीनेन्द्रको चित्तदुखाइ !
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री पदका लागि उम्मेदवार बने। तर, पराजित हुन पुगे। उनीसँगै महामन्त्री पदका उम्मेदवार बनेका अर्का नेता गगन थापा सर्वाधिक मतसहित जित्दै गर्दा मीनेन्द्रले पराजय भोग्नुपर्‍यो।




त्यसयता उनी राष्ट्रिय राजनीतिमा मात्रै होइन, कांग्रेस-वृत्तको राजनीतिमा पनि त्यति चर्चमा छैनन्। त्यसयता उनले पुस्तक र प्रविधिसँग समय बिताइरहेका छन्। तर, उनलाई कहिलेकाहीँ १४औं महाधिवेशनपछिको समयसँग चित्त दुख्छ। कारण; आफ्ना समूहका नेताहरूको बेवास्ता! हुन पनि उनका समूहका नेताहरू डा. शेखर कोइराला, गगन थापाहरूले केन्द्रीय समिति सदस्यमा मनोनीतका लागि पहलसमेत गरेनन्। उनी केन्द्रीय सदस्य त बने तर, सभापति शेरबहादुर देउवासँग आफैँले कुरा गरेर!

बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा मीनेन्द्रले तिनै गुनासा र चित्तदुखाइका पोको फुकाए। 'शखेरजीको नेतृत्वमा चुनाव लडेँ, गगन थापासँगै महामन्त्री लडेँ। मलाई कहीँ न कहीँ गुनासो त छ नि! किनकि, पार्टी केन्द्रीय समिति सदस्य पनि दुई वर्षपछि सभापतिसँगै कुरा गरेर भा'हो,' रिजालले भने।

पछि संसद्‌मा ल्याउने कुरामा पनि शेखर-गगनहरूले कुनै पहल नगरेको भनाइ छ रिजालको। उनीहरूले मीनेन्द्र रिजाललाई पनि पार्टीमा कुनै भूमिका दिनुपर्छ भनेर सोच्नै नसकेको उनी बताउँछन्। 'पार्टीमा केही भूमिका दिनुपर्छ भन्ने; उहाँहरूले आफ्नो भूमिकालाई जोखिममा राख्न त पर्दैनथ्यो नि, त्यसले त कुनै फरक पर्दैन्थ्यो। कुनै कुनै बेला त फरक पर्थ्यो होला तर, अहिले त उहाँहरू घच्चीका साथ स्थापित हुनुहुन्छ नि। मीनेन्द्र रिजाल पनि सँगैका साथी, छेऊ पर्‍या छ, त्यसैले हामीले बोल्नुपर्छ भन्ने चेतना उहाँहरूसँग चेतना भएन भन्ने मलाई मनमा लागेको छैन भन्ने भन्दा त झुटा बोलेको हुन्छ नि त,' उनले भने।

आफ्नो समूहले आफ्नो मूल्याङ्कन नै नगरेको उनको भनाइ छ। 'समूह बनाएर हिँडेका साथीहरूको बारेमा केही नसोच्ने र एउटा पनि साथीहरूले यसलाई जिम्मेवारी दिँदा जाती नै हुन्छ भन्ने कुरामा कसैले पनि मज्जाले बोलेको जस्तो लागेको छैन,' उनले भने।
अर्को समाचार
काँग्रेसमा नेता बदल्ने कुरा बन्द गरे हुन्छ : मिनेन्द्र रिजाल
१३ असार २०८२
•
१ मिनेट पाठ
काँग्रेसमा नेता बदल्ने कुरा बन्द गरे हुन्छ : मिनेन्द्र रिजाल
नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीपछि शेरबहादुर देउवानै प्रधानमन्त्री बन्ने बताएका छन् । ‘नागरिक फ्रन्टलाइन’ को बुधवारको अङ्कमा प्रधान सम्पादक गुणराज लुइँटेलसँग संवाद गर्दै डा. रिजालले  संसदीय दलको नेता बदल्ने कुरा बन्द गरे हुन्छ भन्ने प्रतिक्रिया  दिए । 




‘नेता बदल्ने कुरा बन्द गरे हुन्छ। काँग्रेसका नेताहरूलाई मेरो यो अनुरोध हो। किनभने उहाँहरूले हस्ताक्षर गरेरै काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्नुभएको छ,’काँग्रेस आफैँले संसदीय दलको नेता नै परिवर्तन गरेर कुनै युवालाई दिए सरकार प्रभावकारी हुन्थ्यो कि?भन्ने नागरिकको प्रश्नमा उनले भने, ‘त्यति बेला कुन चेतनाबाट लेख्नुभयो? त्यसैले अहिले प्रधानमन्त्री अर्को मान्छे बनाउने नसोचे हुन्छ, कुरा नगरे हुन्छ।’ 

रिजालले काँग्रेसका नेताहरूलाई महाधिवेशन तर्फ ध्यान दिन सुझाव दिए । ‘संसद्को नेता बदल्ने कुरा बिर्सनुस्। शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने तपाईँले लेख्नुभएको छ। सहमति गर्नुभएको छ,’ उनले थपे, ‘ओलीको पालो सकिएपछि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो भन्ने कुरा काँग्रेसको प्रतिबद्धता हो। त्यही बाटोमा जाने हो।’ 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस