सोमबार (आज) पनि संसद्को दृश्य फेरिएन। सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बाबजुद बैठक अगाडि बढाइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद् बैठक बहिष्कार गरेको छ। तर, पनि सभामुख घिमिरेले बैठक अगाडि बढाइरहेका छन्।
यसअघि आइतबार (हिजो) पनि यही दृश्य देखिएको थियो। रास्वपाले बैठक सकिँदासम्म नाराबाजी नै गरेको थियो भने राप्रपाले त्यसअघि नै बहिष्कार गरेको थियो। तर, सभामुखले बैठक रोकेनन्। आज पनि सोही दृश्य दोहोरिएको छ। आज पनि रास्वपाको नाराबाजी जारी छ, बैठक पनि सँगै अगाडि बढिरहेको छ। राप्रपाले बहिष्कार गरिसकेको छ।
नाराबाजी गर्दै बसेका रास्वपा सांसदहरू।तर, सभामुख घिमिरेले भने आर्थिक वर्ष २०८२/०८३ को राजस्व व्ययको वार्षिक अनुमानमाथिको छलफलमा बोल्ने क्रम अगाडि बढाएका छन्। उनले संसद्सँग बिजनेस भए पनि संसद् अवरुद्ध हुँदा अगाडि बढ्न नसकिएको बताउँदै आफूलाई सहयोग गर्नका लागि सांसदहरूलाई आग्रह गरेका छन्।
सदनमा आफ्नो कुरा राख्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।रास्वपा र राप्रपाको पङ्क्तिमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) पनि थियो। तर, गत जेठ ३० गतेयता उसले आफ्नो तर्फबाट संसद् खुलायो। सत्तापक्षीय दलहरू कांग्रेस-एमालेसँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेको माओवादी सदनमा 'अनुशासित' देखिन्छ। त्यसयता सभामुख घिमिरेले बैठक अगाडि बढाइरहेका छन्। त्यसका प्रति रास्वपा, राप्रपालगायतले उनको कार्यशैलीका प्रति आलोचना गरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...