नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक जारी छ। काठमाडौंमा जारी बैठकमा ६६ जना केन्द्रीय सदस्यहरूले धारणा राखेको नेता रूपनारायण श्रेष्ठले जानकारी दिए। केन्द्रीय सदस्यहरूले राखेको धारणा र जिज्ञासामाथि अध्यक्ष डा. बाबुराम भट्टराईले जवाफ दिइरहेका छन्। बैठक आजै सकिने श्रेष्ठले बताएका छन्।
बैठकमा यस अघिको कार्यविभाजनको समीक्षा गरी नयाँ कार्यविभाजन हुने श्रेष्ठले बताए। यस्तै सबै खाले भ्रष्टाचारविरुद्ध सबै तहमा सङ्घर्ष सञ्चालन गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र निर्वाचित तर, पूर्ण समानुपातिक संसद्को लागि जनपरिचालन गर्नेलगायतका राजनीतिक प्रस्ताव पेस गरिएका छन्।
यस्तै राष्ट्रिय गौरबका आयोजनाहरू छिटो सम्पन्न गर्नको लागि दबाब सिर्जना गर्ने, बैंक, वित्त, रोजगार, वैदेशिक रोजगार, सहकारी, शिक्षा, तथा स्वास्थ्य क्षेत्रका समस्याहरूबारे सङ्घर्ष संचालन गर्ने, मजदुर, किसान, महिला, दलितलगायत जनवर्गहरूको समस्याहरूबारे सङ्घर्ष सञ्चालन गर्ने, स्थानीय स्तरका मुद्दाहरू स्थानीय तहले पहिचान गरी अभियान सञ्चालन गर्ने र राजनितिक समिति गठन गर्ने लगायतका प्रस्ताव पेस गरिएका थिए।