नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को दोस्रो पूर्ण बैठक जारी छ। काठमाडौंमा जारी बैठकमा ६६ जना केन्द्रीय सदस्यहरूले धारणा राखेको नेता रूपनारायण श्रेष्ठले जानकारी दिए।
नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले विगतमा नयाँ शक्ति निर्माण गर्ने क्रममा बाटो बिराएको स्वीकार गर्दै अग्रगामी शक्ति निर्माणमा जुट्न आह्वान गरेका छन् ।