अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि अहिले मुलुकको राजनीति तरङ्गित छ। यस विषयमा विभिन्न दलका नेताहरू फरक फरक प्रतिक्रिया दिइरहेका छन्।
पूर्व प्रधानमन्त्री नेपालमाथि चलाइएको मुद्दाबारे सत्तारुढ नेकपा एमालेका नेता कार्यकर्ताहरूमा खुसीयालीको वातावरण छ भने विपक्षीले ‘राजनीतिक प्रतिशोध’ भन्दै आरोप लगाइरहेका छन्।
यस्तो सत्ताधारी नै रहेको मुलुकको ठुलो दल नेपाली कांग्रेसको धारणा भने अझैँ सार्वजनिक भइसकेको छैन। यसर्थ धेरैले यसलाई चासोपूर्वक लिएका छन्।
यसैबिच शुक्रवार कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलनको सामना गरेका छन्। दुवैले पत्रकार सम्मेलनको सामना गर्दा स्वाभाविक रूपमा पूर्व प्रधानमन्त्री नेपालविरुद्धको मुद्दाबारे प्रश्नको पनि सामना गरे।
शुक्रवार जनकपुर पुगेका बेला सभापति देउवा कांग्रेसको मधेस प्रदेश कार्यालय पुगेका थिए। त्यही पत्रकारहरू प्रश्नसहित उनीसमक्ष पुगे। सत्ता गठबन्धनको आयु, मधेस प्रदेश सरकारमा कांग्रेसको भूमिका लगायतबारे देउवाले स्वाभाविक अन्दाजमै जवाफ फर्काएका छन्। उनले मधेस प्रदेशमा छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने पनि भन्न भ्याए।
त्यसपछि भने पूर्व प्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको प्रश्न तेर्सियो। पत्रकारले सोधे, ‘माधव नेपालमाथि मुद्दा दायर गरिएको छ । के भन्नुहुन्छ ?’
त्यसको भने देउवाले कुनै जवाफ फर्काएनन्। बरु ‘अब सकाऔँ’ भन्दै पत्रकारसँगको कुराकानी टुङ्ग्याए।
यस्तै शुक्रवारै विराटनगर पुग्दा विमानस्थलमा पत्रकारसँग कुराकानी गरेका महामन्त्री थापाले भने पूर्व प्रधानमन्त्री नेपालविरुद्धको भ्रष्टाचार मुद्दाबारे प्रश्नको जवाफमा ‘अब अदालतको विषय भइसकेकाले मुद्दाको सम्मानपूर्वक निरूपण गरिनुपर्ने’ जवाफ दिए। यो विषयमा उनी पनि थप बोल्न चाहेनन्।