नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको १० वर्ष पुगेको भन्दै कार्यान्वयनको समीक्षा अपरिहार्य रहेको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठक अन्तर्गत आइतबार आफ्नो धारणा राख्दै सिटौलाले संविधानको कार्यान्वयनको समीक्षापछि मात्रै संशोधन हुनसक्ने बताएका हुन्।
‘संविधान लागु भएको १० वर्ष भयो। यसैले यसको कार्यान्वयनको समीक्षा आवश्यक छ, यो हाम्रो प्रस्ताव नै जाओस् भन्ने मलाई लागेको छ,’ सिटौलाले भने, ‘संविधान कार्यान्वयनको समीक्षाको विचार पार्टीले गर्नुपर्छ । यो हाम्रो दायित्व हो।’
संविधान कार्यान्वयन कति भयो ? त्यो कार्यान्वयनबाट जनतालाई कति उपलब्धि हासिल भए ? अथवा भएन? यो समीक्षा गर्ने दायित्व कांग्रेसको टाउकामा भएको पनि उनले बताए। ‘सँगै संविधान कार्यान्वयन हुन नसक्नुका कारण पनि खोज्नुपर्छ। तब मात्रै संविधानले प्रदत्त गर्न खोजेको अधिकार जनताले पाउन सक्छन्,’ सिटौलाले भने।
अहिले संविधान संशोधनको चर्चा भइरहेका बेला सिटौलाले पहिले संविधान कार्यान्वयनको समीक्षा हुनुपर्ने र त्यसपछि त्यसले नै संशोधन माग्ने बताए। ‘संविधान संशोधनको विषय पनि सजिलो छैन। किनभने राष्ट्रिय सभामा सत्ता पक्षको दुई तिहाइ मत छैन,’ उनले भने, ‘सहमतिका अरू पक्षलाई लिएर जान सक्यौँ भनेदेखि संविधान संशोधन सहज बन्ला, तर त्यति सजिलो छैन, संविधान संशोधनको प्रस्तावलाई सजिलोसँग पारित हुने मैले देखेको छैन ।’
यस कारण पनि पहिले संविधान कार्यान्वयनको समीक्षा पहिले आवश्यक पर्ने उनले बताए। उनले भने, ‘समीक्षा गर्दा जति लाभ भयो, त्यो जनतालाई हामीले भन्नुपर्छ, यति हामीले काम गरेका छौँ, यति गर्न सकिएन भनेर’, सिटौलाले भने । गर्न नसक्नुको कारण पनि जनतालाई भनेर हामी सुध्रिन्छौँ भनेर वाचा गर्नुपर्ने पनि उनले बताए।