नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरण गृहमन्त्री रमेश लेखकको राजीनामा माग विपक्षीका लागि गलपासो भएको दाबी गरेका छन्। मंगलबार पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले यस्तो बताएका हुन्।
‘सुरुमा त उहाँहरूले गृहमन्त्रीकै राजीनामा माग्नुभयो। जबकि गृहमन्त्रीको विषयमा प्रश्न पनि उठेको छैन, गृहमन्त्रीको विषयमा कुनै उजुरी पनि छैन, गृहमन्त्रीको संलग्नता देखिने गरी कुनै आधार पनि प्रस्ट भएको छैन। उहाँहरूले त्यसै माग्नुभयो राजीनामा,’ घिमिरेले भने, ‘अब मलाई लाग्छ उहाँहरूले माग्नुभएको राजीनामा उहाँहरूकै लागि पनि अप्ठेरोमा पर्नुभएको छ।’
पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा मुख्यसचिव वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोजन गरेर निलम्बन परेको, नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सुन काण्ड घटेको विषयले विपक्षी दललाई गलाएको हुनसक्ने घिमिरेले बताए। ‘भनेपछि पटक पटक यस्तो हुँदा न कसैले राजीनामा माग्यो, न कसैले उहाँहरूको विषयमा प्रश्न उठायो। अहिले एकैचोटी राजीनामा उहाँहरूमाथि नै गलपासो भएको मैले बुझेको छु,’ उनले भने।
मंगलबारको सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा भन्दा छानबिनको विषयमा जोड दिएको उनले बताए। उनले भने, ‘राजीनामाको कुरा उहाँहरूले छाडेकोजस्तो हामीले महसुस गर्यौँ।’
छानबिनकै विषयमा पनि सहमति भने जुट्न सकेन। अख्तियारले नै छानबिन गरिरहेका विषयमा छुट्टै समिति आवश्यक नपर्ने सत्ता पक्षले अडान लिएको छ।
‘छानबिन समितिले तयार पारेको रिपोर्ट मुद्दा अभियोजनका लागि दिने ठाउँ कहाँ हो? भन्दा खेरी त्यो त अख्तियारै हो। अख्तियार बाहेक अर्कालाई अभियोजन गर्ने अधिकार छैन। भनेपछि स्वयं अख्तियारले नै यो केस हेरिरहेको छ, अख्तियारको प्रतिवेदन नै पर्खिनुपर्छ,’ प्रमुख सचेतक घिमिरेले भने। अख्तियारले नै नहेरेको भए बरु छानबिन समितिमा जानुपर्ने अवस्था आउने उनले तर्क गरे।