नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान र गणतन्त्रमाथि उठेका प्रश्नको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन्। मंगलवार बाँकेमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै थापाले ती प्रश्नको जवाफ पनि कांग्रेसले नै दिनुपर्ने बताए।
‘नेपाली कांग्रेस पार्टीले जिम्मेवारी लिएर भन्नुपर्छ–सुशील कोइरालाको नेतृत्वमा एउटा हाइवे नेपालमा बनायौँ। नयाँ बाटो हामीले सुरु गर्यौँ,’ महामन्त्री थापाले भने, ‘त्यो हाइवे सुरु गरेको दिन तपाईँ हामी सबै खुसी थियौँ।’
अहिले त्यो बाटोमा गाडीहरू आए र गाडीहरू चालकले चलाएको बिम्ब दिँदै महामन्त्री थापाले अगाडि भने, ‘अहिले हामी के देखिरहेका छौँ? गाडीहरू थोत्रो देखिएका छन्, पुरानो देखिएका छन्। गाडीको चालकले गाडी राम्रोसँग कुदाउन सकिरहेको छैन।’
अनि बाहिर बस्ने मान्छेले ‘बाटो नै खराब’ भनिरहेको उनले बताए। ‘कांग्रेसले उनीहरूलाई भन्नुपर्छ–बाटो खराब होइन, यो बाटो नयाँ बाटो हो, यो हामीले रोजेको बाटो हो। बाटोमा चलिरहेका गाडीमा समस्या छ, गाडीभित्र रहेका समस्यालाई हामीले मिलाउनुपर्छ,’ महामन्त्री थापाले भने।
त्यो गाडी कांग्रेस पनि एक रहेको उनले बताए। ‘गाडीको चालक ठिक ढंगले चलाइरहेको छैन भने बदल्नुपर्छ। चालक नयाँ खोज्नुपर्छ, त्यसले गाडीलाई राम्रो गतिमा लैजान्छ,’ उनले भने, ‘गाडीको चालक बदल्ने कुरा छाडेर, गाडीको मर्मत सम्भार गर्ने कुरा छाडेर हामी बाटै नयाँ खोज्नुपर्छ भन्नेतिर लाग्यौँ भने हाम्रो १० वर्ष गयो फेरी।’