काठमाडौं, असार २१ (नागरिक)- फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन्।
फ्रान्सका लागि नवनियुक्त नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठसँग सार्कोजीले आफू नेपाल भ्रमणका लागि उत्सुक रहेको र चाँडै नै त्यो इच्छा पूरा गर्ने बताएको दूतावासद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। श्रेष्ठले आइतबार ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा सार्कोजीसँग नेपाल भ्रमणको निम्तो दिएका थिए।
सो क्रममा श्रेष्ठले राष्ट्रपति सार्कोजीलाई नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । राजदूत श्रेष्ठले सार्कोजीसँग दशक लामो दुई पक्षीय सम्बन्धबारे चर्चा गरेको दूतावासको विज्ञप्तिमा छ।