‘सगरमाथा संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने’
३० वैशाख २०८२
•
२ मिनेट पाठ
‘सगरमाथा संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने’
सांसद ठाकुरप्रसाद गैरेले जलवायुजन्य सङ्कटले सताइरहेको बेलामा जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको र संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्ने विश्वास व्यक्त गेका छन्।




प्रतिनिधिसभा बैठकमा उनले जलवायु परिवर्तनको कारण बाढी पहिरोको जोखिम तथा अन्य  प्राकृतिक विपद्का घटना बढिरहेकाले जलवायु न्याय स्थापित गर्न ढिलाइ गर्न नहुने बताए। बैठकमा सांसद डिगबहादुर लिम्बूले मोरङ क्षेत्र नं १ मा गत वर्ष असोजमा आएको बाढीका कारण सिँचाइ तथा खानेपानीका मुहान सुक्दै गइरहेकाले विपद् व्यवस्थापन गर्न ती क्षेत्रमा बजेट विनियोजन गर्न सरकारसँग माग गरे।

सांसद डोलप्रसाद अर्यालले वर्षायाममा बाढी पहिरोबाट नागरिकले कष्ट भोग्नुपर्ने भएकाले समयमै  विपद् व्यवस्थापनको वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद तारा लामा तामाङले शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारपछि विस्थापित परिवारको पुनर्स्थापना गर्न सरकारसँग माग गरिन्। सांसद डा तोसिमा कार्कीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद दिक्पालकुमार शाहीले दैलेखको आठबीस नगरपालिकामा विद्युत् वितरण अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्न आग्रह गरे। सांसद दीपकबहादुर सिंहले जिल्ला दर रेट कायम राख्दा राजस्व कार्यालयलाई पनि राय दिनका लागि राख्नुपर्ने तथा नीतिगत भ्रष्टाचार रोक्नुपर्नेमा जोड दिए।

सांसद नारायणी शर्माले तराई–मधेशमा तापक्रम अत्यधिक बढिरहेको बेलामा विद्युतभार कटौती भइरहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। सांसद निशा डाँगीले मुलुकको दिगो विकास, सीप विकासको तालिम र रोजगारी तथा गुणस्तरीय शिक्षा, सुशासनको आवश्यकता रहेको बताइन्।

सांसद पुष्पबहादुर शाहले ५० शय्याको अछाम जिल्ला अस्पतालको ठेक्का प्रक्रिया अगाडि बढाएकाले त्यसका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न माग गरे। सांसद प्रकाश ज्वालाले सल्यान तरकारी तथा फलफूलको भण्डार रहेकाले सिँचाइ र विद्युतको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

सांसद प्रेमबहादुर महर्जनले गत वर्ष असोज ११ र १२ गते गएको बाढीका कारण ठूलो धनजनको क्षति भएकाले जोखिमपूर्ण बस्तीको सुरक्षाका लागि पहल गर्नुपर्ने, भत्किएका पुलहरू मर्मत तथा समयमा नै नदी सफाइ गर्नुपर्नेमा जोड दिए। सांसद विन्दबासिनी कङ्साकारले हेटौँडा उपमहानगरपालिका–१७ सञ्चार सुविधाविहीन रहेकाले त्यसतर्फ ध्यान दिन आग्रह गरिन्।
अर्को समाचार
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ
३० असार २०८२
•
१ मिनेट पाठ
कांग्रेस-एमालेलाई दाहालले भने: सङ्ख्याको दम्भमा कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ
तस्बिर : पुष्पकमल दाहालको सचिवालय।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाइरहेको आरोप लगाएका छन्। सोमबार (आज) संसद्‌मा बोल्दै दाहालले यस्तो बताएका हुन्।




'तपाईंहरूले सङ्ख्याको दम्भमा जे गर्दा पनि हुन्छ भनेर कुशासनको तानासाही गाडा कुदाउँदै हुनुहुन्छ। अहिले आम नेपाली जनता हाम्रो अदालतको निर्णय शैली कस्तो छ, संवैधानिक अङ्गहरू कुन मान्यतामा बन्ने र भत्किने गरेका छन्, हाम्रा संसद्का समितिहरू कुन मूल्यमा टेकेर अगाडि बढेका छन्, दुनियाँले हेरिरहेका छन्। हामी सबैको निम्ति चुनौती छन्। शान्ति सम्झौता, गणतन्त्रका सहयात्रीहरू हौँ। हामीले समीक्षा नगर्ने हो भने र आफूलाई सच्याउन सङ्कल्प नगर्ने हो भने जनताको धैर्यताको सीमा सधैँ रही रहँदैन,' उनले भने।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस