नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेका छन्। बिहीबार महाराजगन्जस्थित निवासमा कांग्रेसका प्रभावशाली नेता तथा कार्यकर्ताहरूलाई भेला पारेर चियापानको आयोजना गरेका हुन्।
शशांकले आफै फेसबुकमार्फत सार्वजनिक गरेका तस्बिरहरूमा पूर्व उपसभापतिहरू गोपालमान श्रेष्ठ, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी देखिन्छन्।
यस्तै नेताहरू एनपी साउद, डा. प्रकाश शरण महत, दीपक गिरि, महेश आचार्य, ऊर्जा मन्त्री दीपक खड्का, शिवप्रसाद हुमागाईँ, पुष्पा भुसाल, अम्बिका बस्नेत, उर्मिला थपलिया, गुरु बराललगायतका नेताहरू पनि सहभागी भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा शशांकले गरेको यो चियापान कार्यक्रमलाई अर्थपूर्ण किसिमले हेरिएको छ। पछिल्लो समय बिपी कोइराला पुत्र शशांक, गणेशमान सिंह पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्रले छलफल थालेका थिए।
नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालाले चितवन महानगरपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयर बनाउन सभापति शेरबहादुर देउवाले ठुलो गल्ती गरेको बताएका छन्। महेन्द्रनारायण निधिको १०४ औँ जन्म जयन्तीका अवसरमा मङ्गलवार जनकपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन्।
‘चितवनमा शेरबहादुरजीले ठुलो गल्ती गर्नुभयो, प्रचण्डको छोरीलाई मेयर बनाउन उहाँले हाम्रो उम्मेदवार नै दिनुभएन,’ पूर्व महामन्त्री कोइरालाले भने, ‘त्यसले ठुलो घात भएको छ। आजको मितिमा नेपाली कांग्रेस जुन शक्तिशाली थियो, अहिले तितरबितर भएको छ।’
त्यति बेला आफूले सभापति देउवालाई गल्ती गरेको कुरा स्मरण गराएको पनि उनले दाबी गरे। ‘मैले उहाँलाई भने–शेरबहादुरजी के गर्नुभएको? उहाँले तैँले बुझ्दैनस् यो राजनीति हो भन्नुभयो,’ कोइरालाले भने।
त्यसपछि आफूले ‘कस्तो राजनीति ?’ भनेर प्रतिप्रश्न गरेको सुनाए। उनले भने, ‘मैले भने–यो कस्तो राजनीति हो? प्रहार आफ्नै साथीहरूलाई गर्नुहुन्छ ? यो त ठिक भएन भनेर मैले भने।’ सभापति देउवाले कसरी सोचे त्यो उनकै विषय रहेको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...