काठमाडौंमा जारी शिक्षक आन्दोलनबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिडिओ वक्तव्य जारी गरेकै दिन अर्का महामन्त्री विश्वप्रकाश शर्माले ७ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्। महामन्त्री शर्माले शुक्रबार दाङ कांग्रेसको जिल्ला सम्मेलनमा दिएको मन्तव्यका आधारमा सचिवालयले उनको धारणा सार्वजनिक गरेको हो।
सार्वजनिक भएको धारणामा शर्माले ‘शिक्षक आन्दोलनका मागहरू आत्मसात् गरौँ, एक भएर सम्बोधन गरौँ’ भनेर सरकार र दलहरूलाई आह्वान गरेको उल्लेख छ। जसमा शिक्षक आन्दोलनलाई बुझ्न ‘७ बुँदे’ धारणा पनि राखिएको छ।
पहिलो बुँदामा ‘शिक्षा विधेयक समयमै संसदीय समितिबाट पारित गरेर अघि बढ्न भएको ढिलाइ अन्य सबै विधेयकहरूमा पनि देखिँदै आएको प्रवृत्ति’ रहेको उल्लेख गर्दै ‘एक दलले अर्को दललाई दोष लगाएर हामी उम्किन पाउन्नौँ, त्यसो नगरौँ’ भनिएको छ।
यस्तै दोस्रो बुँदामा शिक्षक महासङ्घ लगायतसँग विगतमा गरिएको सम्झौता नै विधेयक अन्तिम टुङ्गोमा पुग्ने मूल आधार बन्नुपर्ने कुरा उल्लेख छ। ‘यसमा खास गरी मुख्य ३ राजनैतिक दल साझा ढङ्गले सहमत बनौँ, सरकार यसमै प्रतिबद्ध बनोस्,’ दोस्रो बुँदामै अगाडि भनिएको छ।
यस्तै तेस्रो बुँदामा शिक्षक र विद्यालय कर्मचारीका माग पूरा गर्ने कुरा मुख्य रहेको उल्लेख छ। प्रक्रियामा थप एक महिना अरू समय लाग्दा फरक नपर्ने महामन्त्री शर्माको बुझाई छ। ‘शिक्षक महासङ्घ संसदीय समितिमा विचाराधीन विधेयकलाई अध्यादेशमार्फत जारी गर्दा निश्चय नै संवैधानिक र कानुनी प्रश्न उठ्छ भन्ने वास्तविकताप्रति स्पष्ट हुनुपर्ने कुरामा ध्यानाकर्षण गराएका छन् ।
चौथो बुँदामा ‘आन्दोलनले उठाएका मागहरूमध्ये विधेयक पारित हुनु पूर्व नै सरकारले गर्नसक्ने निर्णयको बुँदा पहिचान गरेर संवादमार्फत सरकार निर्णयमा पुग्नुपर्ने उनको सुझाव छ।
पाँचौँ बुँदमा महामन्त्री शर्माले बाँकी विषय संसद्को आगामी अधिवेशन सुरु हुने पहिलो दिन नै संसद्मा पेस गर्ने गरी सहमतिमा पुग्न सरकार र शिक्षक नेतृत्व हार्दिक ढङ्गले सहमत हुन जरुरी रहेको बताएका छन्। जसमा कांग्रेसका तर्फबाट स्पष्ट र दृढ प्रतिबद्धता जाहेर गरेका छन्।
छैटौँ बुँदामा शर्माले यो प्रकृतिको सहमति साथ आफ्नो गाउँ र विद्यालय फर्किन सबै शिक्षकहरूलाई अपिल गरेका छन्। अन्तिम बुँदामा शर्माले अविलम्ब अन्य सबै काम थाँती राखेर विशेष तदारुकता राख्दै शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक आह्वान गरेका छन्।
नेपाली कांग्रेस रोल्पाले अमेरिकालगायतका देशमा कांग्रेसको लेटर प्याड दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। जिल्ला सभापति किशोरकुमार आचार्यद्वारा बुधबार जारी एक विज्ञप्तिमा माओवादीले दुख दिएका कारण जीवन रक्षाका लागि विदेश आउनुपरेको भन्दै कांग्रेसको लेटर प्याड दुरुपयोग भएको भनिएको छ।
विज्ञप्तिमा कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरूसमेतको नक्कली लेटर प्याड, छाप र हस्ताक्षर प्रयोग गरिएको उल्लेख छ। ती लेटरप्याडमा विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई पार्टीका गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको र गर्ने प्रक्रियामा रहेको बुझिएको विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
यस्ता गलत, भ्रामक र कानुन विपरीतका कामबारे सम्बन्धित देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्य तथ्य पत्ता लगाउने पनि विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीका तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...