देश छाड्ने होडबाजीले नेपाली अनागरिक बन्दै छन् : सांसद भण्डारी
१० फागुन २०८१
•
१ मिनेट पाठ
देश छाड्ने होडबाजीले नेपाली अनागरिक बन्दै छन् : सांसद भण्डारी
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पछिल्लो समय नेपालीहरू अनागरिक बन्दै गएको बतएका छन्।




शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भण्डारीले यस्तो बताएका हुन्। उनले नेपालीहरू पैसा कमाउने लोभ, देश छाड्ने होडबाजी, मानिस बिक्री गर्ने दलालको फन्दामा परेरलगायत जुनसुकै कारणले भए पनि नेपाली अनागरिक बन्ने होडमा रहेको जिकिर गरेका छन्। यही होडलाई सरकारले रोक्नु पर्ने उनको भनाइ छ। 

उनले लेखेका छन्, 'नेपाली अनागरिक बन्दैछन्! जुनसुकै कारणले होस्- पैसा कमाउने लोभले होस! देश छाड्ने होडबाजीले होस्! मानिस बिक्री गर्ने दलालको फन्दामा परेर होस्! सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन!'

सरकारले आफ्ना नागरिकहरूलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट बचाउनु पर्ने बताउँदै सा‌ंसद भण्डारीले देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने कर्तव्य सबैको भएकाले दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्ने भनाइ राखे।

उनले लेखेका छन्, 'सरकारले आफ्ना नागरिकलाई अनागरिक बन्न दिनु हुँदैन! आफ्ना नागरिकलाई हातमा हतकडी खुट्टामा नेल लगाएर डिपोट गर्ने व्यवहारबाट पनि बचाउनु पर्दछ! जसरी हुन्छ देशमा सम्मानित जीवन बाँच्ने वातावरण बनाउने हाम्रो कर्तव्य हो। दुःख गरेर सुख काट्न आफ्नो देश बनाउन सबै लाग्नु पर्दछ! हामीले गरे नहुने के छ?'
अर्को समाचार
देउवालाई चन्द्र भण्डारीको सुझाव: अब प्रधानमन्त्री बन्दा गर्ने कामको पूर्व तयारी गरौँ
२२ असार २०८२
•
१ मिनेट पाठ
देउवालाई चन्द्र भण्डारीको सुझाव: अब प्रधानमन्त्री बन्दा गर्ने कामको पूर्व तयारी गरौँ
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री बन्दा गर्ने कामको आवश्यक पूर्व तयारी गर्न सुझाव दिएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकअन्तर्गत आइतबार आफ्ना धारणा राख्दै नेता भण्डारीले यस्तो बताएका हुन्। 




भण्डारीले सभापति देउवाले यसअघि पनि धेरै काम गरे पनि त्यसले पर्याप्त प्रचारप्रसार हुन नसकेको बताएको एक केन्द्रीय सदस्यले बताए। ‘उहाँले प्रतिकात्मक रूपमा सभापति ज्युले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको भन्दै कामको पर्याप्त प्रचार हुन नसकेको भन्नुभयो,’ ती केन्द्रीय सदस्यले भने। यसमा सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मेवारी दिए पनि उनीहरूबाट काम नभएको भन्ने भण्डारीको धारणा थियो। 

सभापति देउवा अब निकट भविष्यमै प्रधानमन्त्री बन्न लागेको भन्दै भण्डारीले प्रधानमन्त्री बनेपछि गर्ने कामको पर्याप्त पूर्व तयारीमा जुट्नुपर्नेमा पनि जोड दिए। 

‘अब प्रधानमन्त्री बनेपछि गर्ने काम र निर्णय के गर्ने भन्ने विषयमा पर्याप्त पूर्व तयारी हुनुपर्छ,’ भण्डारीले भनेका थिए। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस