विद्यार्थी निर्वाचनमा प्रभाकरको प्रचण्ड प्रहार !
१८ माघ २०८१
•
५ मिनेट पाठ
विद्यार्थी निर्वाचनमा प्रभाकरको प्रचण्ड प्रहार !
रर




काठमाडौं, माघ १७

लामो विवाद र रस्साकस्सीबाट गुज्रिएको नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनले अन्ततः विजयप्रकाश सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। सापकोटाले निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७३ मतको झिनो अन्तरले पराजित गर्दै जित सुनिश्चित गरेका हुन्। पदाधिकारीमा भने महासचिव र कोषाध्यक्षसहित बहुसंख्यक पदमा राईको प्यानलका उम्मेदवारले जितेका छन्।  

विद्यार्थी निर्वाचनको यो नतिजा सतहमा यसरी देखिए पनि माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिमा भने यसले ठुलो हलचल पैदा गर्ने माओवादी केन्द्रकै नेताहरू बताउँछन्।  

यो नतिजाको अन्तर्यमा अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीभित्रैको जनमतबाट पहिलो पटक गतिलो धक्का महसुस भएको छ। उपमहासचिव जनार्दन शर्माले आफ्नो प्रभाव ह्वात्तै बढेको देखाएका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यकर्तामाझ आफ्नो असली हैसियत देखाउँदा उपमहाचिव वर्षमान पुनको वैशाखी अध्यक्ष दाहालले नै खुस्काइदिएका छन्।  

नतिजाले देखाएको वास्तविकता यही हो किनभने यिनै नेताहरूबीच यो निर्वाचनमा प्रतिष्ठाको लडाइँ भइरहेको छर्लङ्ग तथ्य हो। विजेता अध्यक्ष सापकोटा पार्टीअध्यक्ष दाहाल समर्थित उम्मेदवार हुन्। सतहमा भने उनलाई स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतको उम्मेदवार भनिएको छ। पार्टी राजनीतिमा बस्नेत यसअघि उपमहासचिव वर्षमान पुनसँग थिए। दाहालले बस्नेतलाई पुनबाट अलग गरी अर्को टिम खडा गरेको बताइन्छ। तिनै बस्नेतको संयोजनमा सापकोटालाई अखित क्रान्तिकारीको चुनावी मैदानमा पठाएका थिए।  

झिनो मतान्तरले हारेका राई जनार्दनका उम्मेदवार हुन्। जसले अध्यक्षमा हारे पनि बाँकी पदाधिकारीमा जबर्जस्त प्रदर्शन गर्दै धेरै पदमा जित हासिल गरेका छन्। जनार्दनको समर्थनप्राप्त गरेका तर हारेका उम्मेदवार राईले पनि राम्रै मत पाएका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमानका उम्मेदवार भने प्रतिस्पर्धामै देखिएनन्।

यो नतिजापछि अध्यक्ष दाहालसँग पछिल्लो समय आमने–सामनेको लडाइँ लडिरहेका जनार्दनको हौसला बढ्ने निश्चित देखिएको छ।  

बाँकी पृष्ठ २

पृष्ठ १ बाट

दाहालविरुद्धको मोर्चामा जनार्दनलाई युवा कार्यकर्ताको समर्थनसमेत देखिएको छ भने अर्कातिर उनले आफ्ना समकक्षी ठानेका प्रतिस्पर्धी कमजोर देखिएका छन्।  

दाहालको शक्ति र जनार्दनको असन्तुष्टि  

माओवादीको तीन दशक लामो राजनीतिक यात्रामा ‘सुप्रिमो’ दाहालको एकछत्र ‘राज’ चल्दै आएको छ। दाहालको यो ‘प्रचण्ड म्याराथुन राज’मा फरक मत राख्दा आफ्नै वैचारिक गुरु मोहन वैद्यदेखि डा. बाबुराम भट्टराईजस्ता प्रखर समकालीन नेता पार्टीभित्र टिक्न नसकेको ज्वलन्त इतिहास छ।

वैद्य र भट्टराईहरूले फरक मत राखे पनि दाहालको रौँसम्म हल्लाउन सकेनन्, आफैं लाखापाखा लागे। उनीहरू आफूसँग रहेका केही थान नेता कार्यकर्ता बोकेर चोइटिएर गए। सिनियर वैद्य र समकालीन भट्टराई नै ‘पतली गली’बाट निस्किएपछि माओवादी केन्द्रभित्र दाहाललाई हाइसन्चो हुने नै भयो। त्यसयता झन्डै एक दशक माओवादीभित्र निर्बाध ‘दाहाल राज’ चलिरह्यो। राष्ट्रिय राजनीतिमा पनि दाहालले उलटफेर गरिरहे।

तर, पछिल्लो समय माओवादीभित्रै दाहालका सदावहार सहयोगी जनार्दन शर्मा उर्फ ‘प्रभाकर’ उनीसँग ‘कुम ठोक्काउने’ कर्म गरिरहेका छन्। कतिपयले यसलाई दुस्साहस पनि भनिरहेका छन्।

दाहाल प्रधानमन्त्री हुँदा उनको सचिवालयले नै जनार्दनले ‘पार्टी फुटाउन लागेको’ हल्ला चलाएको थियो। जुन कुरा पार्टीका बैठकहरूमै जनार्दनले भनिसकेका छन्, दाहालले पनि ‘मिस अन्डरस्ट्यान्डिङ’ भएको स्विकारेका छन्।

दाहालको सत्ताच्युत भएपछि गएको साउनमा बसेको माओवादी केन्द्रका स्थायी कमिटी बैठकमै दाहालविरुद्ध जनार्दनले १४ पेजको फरक धारणा नै राखे। जसमा उनले खुलेर दाहालविरुद्ध आरोपको वर्षा गरेका थिए। यस्तै दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको कुरा भन्न भ्याए।

सामान्यतयाः दाहालका लागि पार्टीभित्रै आफ्नो यति वि­घ्न आलोचना पाच्य हुने थिएन, भएन पनि। उनका अभिव्यक्तिमा त्यसको झलक झल्किरहन्छ। तर, दाहालले जनार्दनमा कारबाहीको डन्डा भने बर्साउन सकेनन् न जनार्दन आफैं वैद्य र बाबुरामजस्तो पार्टी छाडेर निस्किए। त्यसकारण पार्टीवृत्तमा जनार्दनले बनाएको बलियो धरातल रहेको जानकारहरू बताउँछन्। जसको प्रदर्शन विद्यार्थी निर्वाचनमा झन् प्रस्ट भएको छ।  

उसो त दाहाल आफैंसँग भने विगतमा पनि पकेटमै रहने कार्यकर्ताको पंक्ति नरहेको जानकार बताउँछन्। ‘उहाँसँग पहिला किरण (वैद्य) कमरेड, बाबुराम कमरेडको काउन्टरमा कृष्णबहादुर महरा, नन्दबहादुर पुन, जनार्दन शर्मा, वर्षमान पुनहरूको सहयोग थियो,’ माओवादीका एक नेता भन्छन्, ‘ती कमरेडहरूका आआफ्नै गुट थिए। ती गुटले एकीकृत भएर अध्यक्ष कमरेडलाई साथ दिन्थे।’  

वैद्य, बाबुराम, रामबहादुर थापाहरूले पार्टी छाडेर गए, महरा बलात्कार प्रकरणपछि शिथिल भए। त्यसपछि आफ्नै गुट बनाएका जनार्दन, वर्षमानहरू बीचमा आन्तरिक प्रतिस्पर्धा चुलिएको स्रोत बताउँछ। यस्तोमा नारायणकाजी श्रेष्ठको आफ्नो अलग्गै गुट छँदै थियो। दाहालले यी गुटगत लडाइँमा खेलेर पार्टी सत्ता चलाइरहेको जानकारहरू बताउँछन्।  

दाहाल र जनार्दन आमने–सामने आउने अवस्था भने २०७८ साल पुसमा भएको पार्टीको आठौं महाधिवेशनपछि हो। त्यो बेला जनार्दन र वर्षमान दुवैजना महासचिवका आकांक्षी थिए। दुवैलाई उपयोगको रणनीतिमा राजनीति गरिरहेका दाहालले दुवैमध्ये एक रोज्न सकेनन्। किनभने दुवै जना एकअर्काका प्रखर प्रतिस्पर्धी भइसकेका थिए।  

महाधिवेशनको ६ महिनापछि दाहालले देव गुरुङलाई महासचिव बनाए। लगत्तै छुट्टै पार्टी चलाइरहेका नेत्रविक्रम चन्दलाई भिœयाएर महासचिव बनाउनेसम्मका प्रस्ताव पनि राखे। दाहालको यो गतिविधिप्रति जनार्दन र वर्षमान दुवै रिसाएका थिए।  

समयक्रम अनुसार वर्षमान दाहालसँग सन्तुलित असन्तुष्टि राख्थे भने जनार्दन भने रिसाउँदै गए। पछिल्लो समय विद्यार्थी निर्वाचनमार्फत अध्यक्ष दाहालले गुट बनाएर आफूविरुद्ध बेलाबेला बोल्ने सबैलाई तह लगाउन खोजेको जानकारहरू बताउँछन्। त्यसका लागि उनले स्थायी कमिटी सदस्य बस्नेतको अलग्गै गुट खडा गरेर नारायणकाजी, जनार्दन र वर्षमान तीनवटैलाई निसाना बनाउन खोजेका थिए। जसमा नारायणकाजी र वर्षमान कमजोर देखिँदा जनार्दन दाहालकै लागि कठिन चुनौती बनेको देखिएका छन्।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस