सामाजिक सञ्जालमा आफू विरुद्ध चर्को टिका टिप्पणी हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो प्रतिक्रिया दिएका हुन्।
बस्नेतले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लक्षित गर्दै सहकारी ठगहरू १७ हजार मान्छे मार्नेहरू सत्ता नपाएर लामखुट्टे जस्तो छटपटाएको टिप्पणी गरेका छन्। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लक्षित गर्दै बैंक ठगहरू आफू विरुद्ध लागेको पनि टिप्पणी गरेका छन्।
उनले लेखेका छन्,'बैंक ठगहरू सहकारी ठगहरू १७ हजार मान्छे मार्नेहरू सत्ता पिपासुहरू सत्ता नपाएर लामखुट्टे जस्तो छटपटाएर एमाले प्रधानमन्त्री केपी ओली एमाले नेताहरु र मेरो विरुद्ध समेत रोइलो गाइरहेको बेला हिजो राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा डिङ्गो वाला लामखुट्टेलाई जस्तो अलिकति स्प्रे गरिदिएको खुब खैलाबैला गर्दैछन ।'
बस्नेतले रास्वपा र माओवादी केन्द्रका नेताहरु अत्तालिएर कराउँदै र चिच्चाउँदै गरेको पनि बताएका छन्। उनले बिचार हिन र सिद्धान्त बिहिन राजनीति एक दिन सकिने पनि बताएका छन्।
'तिमीहरूको बिचार हिन सिद्धान्त बिहिन राजनीति अवश्य सकिने छ । याद गर बाघ भागेको होइन शान्त रहेको हो। हाम्रो पङ्क्तिले व्यवस्थित प्रतिरोध गरेको दिन तिमीहरूको अस्तित्व सकिनेछ,' उनले लेखेका छन्, 'तिमीहरूका हरेक हर्कतहरु एक एक हिसाब हुनेछ। म र हाम्रो पङ्क्ति विरुद्ध बडो गजबको हतियार पाए भनेर सडेको मकिएको कुहिएको लौरो बोकेर प्रहार गर्न खोज्दै छौ । तिमीहरूको दाल गल्दैन र हाम्रो भुत्ला पनि झर्दैन ।'
नेकपा एमालेका नेता महेश बस्नेतले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा पार्टीलाई कमजोर पार्ने काम बन्द गर्न चेतावनी दिएका छन्। एमालेको जारी पोलिटब्युरो बैठकमा शनिबार आफ्ना कुरा राख्दै बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
‘विद्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौँ,’ बस्नेतले भने । उनले आफूले बैठकमा राखेको धारणा फेसबुकमार्फत सार्वजनिक पनि गरेका छन्।
‘विद्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी लिनुभएको व्यक्ति हो। सक्रिय पार्टी पङतिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत गल्ती गर्नुहुन्न,’ बस्नेतले भनेका छन्, ‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खाँदैन । पार्टीको पदीय दायित्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।’
यस्तै भण्डारीले पार्टी सदस्यता नवीकरण गर्दा पूर्व राष्ट्रपतिको हैसियत के हुन्छ? भनेर प्रश्न पनि गरेका छन्। ‘नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन ? यती गम्भीर विषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्दछ,’ बस्नेतले भनेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...