स्वर्णलक्ष्मी ठगी प्रकरण: रविसहित ३९ जनालाई मुद्दा
२२ पौष २०८१
•
५ मिनेट पाठ
स्वर्णलक्ष्मी ठगी प्रकरण: रविसहित ३९ जनालाई मुद्दा
काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।




जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौंमा ३९ जनाविरुद्ध दुईवटा कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी र संगठित अपराध नियन्त्रण ऐन २०७० अनुसार सजाय मागदाबी गरिएको छ।

लामिछानेलगायत प्रतिवादीहरूका  हकमा कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेकाले दोहोरो पर्ने हुँदा तत्काल सजाय मागदाबी नगरिएको अभियोजनपत्रमा उल्लेख छ। तर पछि थप खुलिआएको बखतमा कानुनबमोजिम गरिने भनिएको छ। अभियोजनपत्रमा ३९ जना प्रतिवादीबाट एक अर्ब १९ करोड ९५ लाख बिगो भराउन माग दाबी गरिएको छ। उक्त बिगो रकम ९३ वटा जाहेरी दिएका ६ सय ९० जना बचतकर्ताको हिनामिना भएको रकम रहेको अभियोगपत्रमा उल्लेख छ।

कोको छन् प्रतिवादी?

सरकारी वकिलको कार्यालय काठमाडौंले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक लामिछाने, छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्षसमेत रहेका गीतेन्द्रबाबु (जिबी) राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हेमन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दीपक लामाविरुद्ध मुद्दा दर्ता गराएको छ।

त्यस्तै उक्त सहकारीकै पूर्वकोषाध्यक्ष सविना आलेमगर, सदस्य भक्तबहादुर भोलन, सविता लामा, पूर्वसचिव प्रदीप लामा, लेखा संयोजक गणेशराज श्रेष्ठ, पूर्वलेखा समिति सदस्य सुनिता नेवा, पूर्वसदस्य शान्तिकुमारी सुवेदी, कर्जा उपसमिति सदस्य रोमन काफ्ले, कमल लामा, व्यवस्थापक नवीन अछामी, पूर्वअध्यक्ष कल्पनाकुमारी श्रेष्ठ, पूर्वसञ्चालक समिति सदस्य राजु बरालविरुद्ध पनि मुद्दा दर्ता भएको छ।

यसैगरी जिबी ग्रुप अफ कम्पनिजका सञ्चालक विशाल तामाङ, असरफ अली सिद्दिकी, नेचर नेष्ट प्रालिका सञ्चालक अनन्तबाबु राई, खिमानन्द कँडेल, बल्लभ नेपाल, निर्देशक गोकुल श्रेष्ठ, देवदीप एग्रिकल्पचर एनड एनिमल हस्वेन्ड्री फार्मका सञ्चालक भुपेन्द्र राई, भवती बालुवाखानी प्रालिका सञ्चालक मुखिया कान्छा गुरुङलाई पनि प्रतिवादी बनाइएको छ।

त्यस्तै अभियोजनपत्रमा गोर्खा हर्बल प्रोडक्सन प्रालिका सञ्चालक जनक भट्टराई, स्पिङ उड रियलस्टेट प्रालिका सञ्चालक भगवती बम्जन, न्यु सुलक्स अफसेट प्रिन्टर्सका सञ्चालक देवकुमार तामाङ, गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, सारेगामा रेकर्ड प्रालिका सञ्चालक किरण पुडासाई, गोरखा ग्रुप अफ कम्पनीका शेयरधनी पुष्पराज पौडेल र सुपर सिटी इन्टरप्राइजेजका सेयर सदस्य कृष्णबहादुर पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ।

पाँचजनालाई मुद्दा चलाइएन

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार ४४ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने सिफारिस गर्दै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले तीमध्ये पाँचजनालाई मुद्दा लगाएको छैन।

मुद्दा नचलाइएकामा यामकुमार नाल्बो, माया राई, सुजल श्रेष्ठ, मीरा बम्जन र पुनमकुमार चालिसे छन्। सरकारी वकिलको कार्यालयले पूरा ठेगाना नखुलेकाले उनीहरूलाई तत्काल प्रतिवादी नबनाइएको जनाएको छ। उनीहरूमाथि अनुसन्धान जारी नै रहेकाले पछि मुद्दा दायर हुने सरकारी वकिल कार्यालय स्रोतले बतायो।

कोसँग कति बिगो मागदाबी

अभियोजनपत्रमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईबाट सबैभन्दा बढी बिगो रकम असुल्न मागदाबी गरिएको छ। उनले व्यक्तिगत रूपमा स्वर्णलक्ष्मीबाट ६१ करोड ७१ लाख ३६ हजार नौ लसय ६५ रूपैयाँ लिएको देखिएको छ। त्यसपछि अर्का प्रतिवादी देवेन्द्रबाबु राईबाट १२ करोड ७६ लाख ६८ हजार नौ सय रूपैयाँ असुल गर्न मागदाबी लिइएको छ।

त्यस्तै कुमार रम्तेलबाट चार करोड ६१ लाख, ८७ हजार ४१, कविता तामाङबाट २५ लाख, हेमन्त अधिकारीबाट तीन करोड ४८ लाख ८० हजार आठ सय नौ, रविना रिमालबाट ३० लाख, दीपक लामाबाट तीन करोड ८४ लाख ४३ हजार चार सय ६८, प्रदीप लामाबाट तीन लाख र नवीन अछामीबाट ८९ लाख ६५ हजार आठ सय ६१ रूपैयाँ बिगो असुल्न मागदाबी गरिएको छ।

यसैगरी उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हकमा रवि लामिछाने र जिबी राईबाट पाँच करोड आठ लाख ६९ हजार ६ सय ३३ तथा छविलाल जोशीबाट पाँच करोड ७८ लाख ९६ हजार चार सय ८० रूपैयाँ बिगो उठाउन मागदाबी गरिएको छ।

यस्तै सहकारीबाट जिबी ग्रुप अफ कम्पनिजमा गएको एक करोड ६९ लाख २३ हजार तीन सय सात रूपैयाँको बिगो जिबी राई, कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, रविना रिमाल र नविन अछामीबाट असुल्न मागदाबी गरिएको छ।

सहकारीबाट हर्बो इन्टरनेसनल प्रालिमा गएको १० करोड २७ लाख ९४ हजार पाँच सय २२ रूपैयाँको बिगो सो कम्पनीकी अध्यक्ष कविता तामाङबाट, नेचर नेस्ट प्रालिमा गएको एक करोड ९३ लाख दुई हजार ६ सय तीन रूपैयाँको बिगो अनन्तबाबु राई, खिमानन्द कँडेल, श्रीबल्लभ नेपाल र गोकुल श्रेष्ठबाट, स्प्रिङ उड रियल इस्टेट प्रालिमा गएको एक करोड ३३ लाख ३६ हजार चार सय ३० रूपैयाँको बिगो भगवती बम्जनबाट र न्यु सुलक्स अपसेट प्रिन्टिङ प्रालिमा गएको ५३ लाख १५ हजार दुई सय ८५ रूपैयाँको बिगो देवकुमार तामाङबाट भराउन मागदाबी गरिएको छ।

यसैगरी सहकारीबाट गोरखा ग्रुप अफ कम्पनीमा गएको ४० लाख सात हजार सात सय २३ रूपैयाँको बिगो शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट र पुष्पराज पौडेलबाट, सारेगम रेकर्डस् प्रालिमा गएको ५३ लाख १५ हजार दुई सय ८५ रूपैयाँको बिगो किरण पुडासाईबाट, सुपरसिटी ईन्टरप्राइजेज प्रालिमा गएको ७३ लाख आठ हजार एक सय ६४ रूपैयाँको बिगो पुष्पराज पौडेल, कल्याणकुमार घिमिरे र कृष्णबहादुर पोखरेलबाट, मन्दरा टुर्स एन्ड एक्सपिडिसनमा गएको दुई करोड तीन लाख एक हजार तीन सय ४० रूपैयाँको बिगो जिबी राई र हेमन्त अधिकारीबाट, गोरखा हर्बल प्रोडक्सनमा गएको एक करोड ८२ लाख ८५ हजार सात सय ४५ रूपैयाँको बिगो जनक भट्टराईबाट भराउन मागदाबी गरिएको छ ।

त्यस्तै अभियोजनपत्रमा सहकारीबाट प्यागोडा होम्स प्रालिमा गएको एक करोड १० लाख ७५ हजार पाँच सय ७३ रूपैयाँको बिगो अनन्तबाबु राई र भुपेन्द्र राईबाट, देवदीप एग्रिकल्चर एन्ड एनिमल हस्वेन्ड्री फार्ममा गएको तीन करोड ७८ लाख सात हजार नौ सय ३६ रूपैयाँको बिगो भुपेन्द्र राईबाट, भगवती बालुवाखानी प्रालिमा गएको ७६ लाख ९० हजार आठ सय ९३ रूपैयाँको बिगो मुखिया कान्छा गुरुङबाट भराउनुपर्ने मागदाबी गरिएको छ।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस