धेरैले मान्यता राख्छन्–खेलकुदले जोड्छ, राजनीतिले तोड्छ। यही मान्यतालाई सत्य सावित गर्नेगरी नेपाली खेल मैदानमा शनिबार एक दृश्य देखियो। जसमा राजनीतिक दाउपेचमा कहिले मिलन र कहिले विछोडको यात्रामा रहेका दुई शीर्ष नेता सँगैको सिटमा बसेर खेल हेरे। मिलेर खेलाडीलाई मेडल पहिर्याए। र, विजेता टोलीलाई ट्रफी हस्तान्तरण गरे।
प्रसंग, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हो। नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित प्रथम नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलमा देखिएको दृश्यको हो।
१० वर्षे द्वन्द्वकालमा सत्तापक्ष र विद्रोही पक्षमा हुँदा देउवा र दाहालले एकअर्काको टाउकाको मोल तोकेको इतिहास छ। देउवा प्रधानमन्त्री भएका बेला उनी नेतृत्वको सरकारले संकटकाल लगाउँदै तत्कालीन माओवादी विद्रोही नेता दाहाल, डा. बाबुराम भट्टराई लगायतको टाउकाको मोल तोकेको थियो। यस्तै, दाहाल अध्यक्ष रहेको तत्कालीन सशस्त्र विद्रोही माओवादीले देउवको पनि टाउकाको मोल तोकेको थियो।
शान्ति प्रक्रियामा आएपछि भने देउवा र दाहालले लामो सत्ता सहयात्रा गरेका छन्। सत्ता सहयात्रामा मात्र गरेका छैनन्, कतिपय दुई दलको वैचारिक प्रकृतिअनुसार मिल्नै नसक्ने विषयमा समेत सहमति जुटाएर अघि बढेका छन्। दाहालले कुनै समय भन्ने पनि गर्छन्, ‘देउवाजी र मेरो केमेस्ट्री मिल्छ।’
राजनीतिक विषयमा दुई नेताको मिलनका सिलसिलासँगै धोका र विछोडका घटना पनि उत्तिकै छन्। पछिल्लो समय गएको फागुन २१ मा तत्कालीन प्रधानमन्त्री रहेका दाहालले देउवा (कांग्रेस) सँगको सत्ता सहयात्रा तोडेर केपी शर्मा ओली (नेकपा एमाले) सँग जोडिन गएका थिए।
त्यसपछि भने दाहाललाई कांग्रेसले ‘धोकेबाज’ को आरोप लगाउँदैआएको छ। देउवाले उनको विश्वास गर्न छाडेका छन्। त्यसयता दुवै नेता सत्ता र प्रतिपक्षको फरक भूमिकामा छन्।
असार १७ को सातबुँदे सहमतिपछि एमाले अध्यक्ष ओलीले पनि दाहाललाई छाडेर कांग्रेससँग मिलेर सरकार बनाएका छन्। असार ३० गते ओली प्रधानमन्त्री नियुक्तयता दाहाल प्रतिपक्षमा पुगेर देउवा–ओली र कांग्रेस–एमालेविरुद्ध चर्को आलोचना गर्दै निसाना साँधिरहेका छन्।
यसरी पछिल्लो नौ महिनायता राजनीतिक रूपमा टाढिएका देउवा र दाहाल शनिबार एनपिएलको फाइनल खेल हुँदा खेल मैदानमा भने सँगै देखिन संयोग जुर्यो। नौ महिनामा यसरी दुवैजना सँगै देखिएको यो पहिलो पटक हो। फाइनल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका देउवा र दाहालसँगैको कुर्सीमा बसेको दृश्यमा देखिन्छन्।
दुवैले त्यहीँ बसेर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको फाइनल खेल लगभग पूरै समय हेरे। खेल सकिएपछि खेल विजेता एनपिएलको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीले सँगै उभिएर मेडल पहिर्याइदिए। जनकपुरका कप्तानद्वय अनिलकुमार साह र आशिफ शेखलाई ट्रफी हस्तान्तरण गरे।
देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार दुई नेताको यो भेट ‘संयोग’ मात्रै हो। यो संयोग जुर्न पनि प्रधानमन्त्री ओलीको भूमिका छ। ‘उपाधि विजेतालाई ट्रफी हस्तान्तरण गर्न आयोजकले प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई बोलाउनु भएको रहेछ। उहाँ महिनौंअघि सेड्युल भएको कार्यक्रममा जानुपर्ने भएछ,’ परियारले नागरिक न्यूजसँग भने, ‘अनि त्यसपछि दुवै जना पूर्वप्रधानमन्त्री (देउवा र दाहाल) लाई बोलाएर संयुक्त रूपमा हस्तान्तरण गराइयो।’ उनको भनाई अनुसार प्रधानमन्त्री ओली आएको भए देउवा–दाहालको यो भेटको संयोग जुर्ने थिएन्।
देउवा र दाहालबीचको यो भेटमा राजनीतिक कुराकानी भने नभएको परियारले बताए। उनले भने, ‘हेल्लोहाई त हुने नै भयो। तर राजनीतिक कुराकानी भएन। दुवैजनाले खेल हेर्नुभयो। रमाउनुभयो।’
देउवा र दाहालबाहेक एनपिएलको फाइनल खेल हुँदा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसम्मले एकैठाउँमा बसेर खेल हेरेका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...