दैलेख डिभिजन वन कार्यालयमा एकैपटक दुई प्रमुख रहेको अवस्थामा कार्य सञ्चालनमा अन्योल देखिएको छ। नयाँ प्रमुखका रूपमा जाजरकोट डिभिजन वन कार्यालयबाट राधाकृष्ण दास हाजिर भइसके पनि तत्कालीन प्रमुख धर्मराज उपाध्यायले कार्यालय नछोड्दा समस्या उत्पन्न भएको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशले उपाध्यायलाई भदौ २५ मा प्रदेश वन निर्देशनालयमा सरुवा गरेको थियो। तर, उपाध्यायले सरुवालाई अस्वीकार गर्दै तीन महिनादेखि दैलेखमै कार्यालय सञ्चालन गरिरहेका छन्। उनले नयाँ कार्यालय भवन उद्घाटन गरेपछि मात्र निर्देशनालय जाने अडान लिएका छन्। नयाँ भवन तयार हुन अझै तीन महिना लाग्ने बताइएको छ।
नयाँ प्रमुख दासले आर्थिक अख्तियारी पाए पनि पुराना प्रमुख उपाध्यायले कार्यालयको फोन, फर्निचरलगायत सामग्री हस्तान्तरण नगर्दा काममा बाधा परेको छ। एक कर्मचारीका अनुसार, ‘पुराना प्रमुखले कार्यालय छोड्न नमानेका कारण नयाँ प्रमुखलाई काम गर्न निकै गाह्रो भएको छ।’
उपाध्यायले नयाँ भवनको शिलालेखमा आफ्नो नाम राखेर उद्घाटन गर्न चाहेका कारण हालसम्म कार्यालय छोडेका छैनन्। मन्त्रालयले सरुवा आदेश दिए पनि कार्यान्वयनमा चासो नदेखाएको गुनासो छ। मन्त्रालयबाट मौखिक रूपमा मात्र निर्देशनालयमा हाजिर हुन भनिएको भए पनि लिखित आदेश नआएको दासको भनाइ छ।