नेपाली कांग्रेसको संस्थापनइतर गुटका दुई प्रमुख नेताहरू डा. शेखर कोइराला र गगन थापाको दूरी बढेको केही समय बित्यो । अहिले उनीहरूले आफूअनुकूल छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुने र भेला गर्ने गरिरहेका छन् ।
त्यसो त शेखर-गगन एउटै गुटमा उभिएको १४औं महाधिवेशनयता हो । त्यसभन्दा अगाडि गगन कृष्ण सिटौलाको गुटमा थिए भने शेखर आफैँ छुट्टै छँदै थिए ।
महाधिवेशनको २ वर्षसम्म संस्थापनइतर गुटमा रहेर सँगै गतिविधि गरेका शेखर-गगन अहिले भने छुट्टाछुट्टै गतिविधिमा उत्रिएका छन् । दुबैको तयारी छ— १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने ।
एउटै गुटमा रहेका दुबैले सभापतिको तयारी गरेपछि एकअर्काको साथ छाडेका छन् । संस्थापनइतर गुटका नेताहरूले भने उनीहरू छुट्टिन नहुने बताइरहेका छन् ।
संस्थापन बन्ने दाउमा गगन
संस्थापनइतर गुट छाडेका गगन भने आफैँ संस्थापन बन्ने दाउमा छन् । त्यसो त शेरबहादुर देउवा लगातार दुईपटक सभापति भइसकेका छन् । विधानत: अब उनी पुन: सभापतिको उम्मेदवार बन्न मिल्दैन ।
यही बुझेर गगनले देउवाको स्थानमा पुग्न कोसिस गरिरहेका छन् । गगन निकट एक नेताले नागरिकसँग भन्छन्, 'उहाँ (गगन थापा) आफैँ संस्थापन बन्ने प्रयासमा हुनुहुन्छ । फेरि महामन्त्री भनेको संस्थापन नै हो ।'
उसो त अहिले गगन देउवासँग नजिकिएका पनि छन् । उनीहरूबीच निरन्तर भेटघाट भइरहेका छन् । उनीहरूबीच पार्टीको भावी नेतृत्व, पार्टी जीवनलगायतका विषयमा निरन्तर छलफल हुने ती नेता बताउँछन् ।
'उहाँहरू सभापति र महामन्त्री हो । उहाँहरूबीच निरन्तर भेट भइरहन्छ । भेटमा भावी नेतृत्व र पार्टी जीवनका विविध विषयमा कुराकानी हुन्छ । पछिल्लो समय त शेरबहादुर दाइले गगन दाइलाई पार्टीका तर्फबाट राष्ट्रिय राजनीतिमा खेलेको भूमिकालाई लिएर धन्यवाद दिने गर्नुभएको छ,' ती नेताले भने ।
अलि अगाडि शेखरले पनि यही प्रयास गरेका थिए । आफैँ संस्थापन बन्ने शेखरको प्रयासमा देउवाले 'ग्रीन सिग्नल' नदिएपछि उनी आफ्नै तवरले जिल्ला दौडाहामा निस्किएका छन् । उनले गत मङ्गलबार मात्रै विराटनगरमा जिल्ला भेला गरेका थिए । त्यहाँ दर्जनभन्दा बढी जिल्लाका सभापतिदेखि केन्द्रीय सदस्य र सांसदसमेत थिए ।
विराटनगरमा शेखर कोइरालाको भेला ।भेलामा शेखरले १५औं महाधिवेशनमा आफ्नो पक्षमा निर्भीक भएर उभिन आह्वान गर्दै राजनीतिक सुरक्षा आफूले दिने वचनबद्धता गरेका थिए । भेलामा सहभागी नेता गुरुराज घिमिरेले नागरिकसँग भने, 'शेखर दाइले १५औं महाधिवेशनकै तयारीस्वरूप भेला राख्नुभएको थियो । उहाँले यसअघि नै आफू उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । उहाँले कांग्रेसलाई कस्तो बनाउने भनेर सोचिसकेको बताउनुभएको छ ।'
जसै शेखरले आक्रामक प्रचार सुरु गरिसकेका छन् । उनी विभिन्न जिल्ला पुगेर त्यहाँको अवस्था बुझिरहेका छन् । १४औं महाधिवेशन दोस्रो चरणमा गएर सभापति हारेका उनी १५औं महाधिवेशनमा निर्वाचित हुन चाहन्छन् । तर, १४औं महाधिवेशनमा सँगै रहेका गगन छुटिँदा उनलाई सकस हुनेछ ।
शेखर-गगनलाई छुट्टिन नदिने नेताहरूको प्रयास
संस्थापनइतर गुटका नेताहरूले भने शेखर र गगनलाई सँगै उभिन दबाब दिइरहेका छन् ।
यसका लागि गगनका ससुरासमेत रहेका नेता अर्जुनरसिंह केसी, बलबहादुर केसी, गुरुराज घिमिरेलगायतका नेताहरू लागेका छन् । नेता गुरुराज घिमिरेले भने, 'उहाँहरूलाई सँगै उभ्याउनका लागि हामीले प्रयास गरिरहेका छौँ । त्यो उहाँहरूले मान्नु पनि पर्छ । उहाँहरू छुट्नुहुन्न । सँगै रहनुपर्छ ।'
१४औं महाधिवेशनमा सँगै रहने तर, १५औं महाधिवेशनमा छुटिँदा पार्टी हितका लागि भन्दा पनि व्यक्तिगत स्वार्थका लागि छुटिएको हुने अर्थ्याइ शेखर निकट नेताहरूको छ । शेखर निकट एक नेताले भने, 'मेरो विश्वास के हो भने गगनजी पनि हामीसँग रहनुहुन्छ । यदि उहाँ यहाँसम्म आएर संस्थापनतिर जानुभयो भने त्यो स्वार्थ सिद्धिका लागि हुन्छ ।'
हुन त कांग्रेसका महाधिवेशनहरूमा प्राय: नयाँ गुटहरू बन्ने गरेका छन् । १५औं महाधिवेशनमा पनि यो सम्भावना रहेने गगन निकटस्थ नेताहरूको छ । नाम उल्लेख नगर्ने सर्तमा गगन निकट एक नेताले भने, '१५औं महाधिवेशनमा पनि नयाँ गुट बन्न सक्छ । यो सम्भावना कायमै रहन्छ ।'
के गर्छन् देउवा ?
विधानत: नै सभापति दोहोरिन नमिल्ने भएपछि देउवालाई भने सुख छ । उनलाई छ त केबल चुनावी सरकार नेतृत्वको लोभ । दोस्रो ठूलो दल नेकपा (एमाले)सँग गत असार १७ गते मध्यराति सत्ता गठबन्धन बनाएका देउवालाई अन्तिमपटक प्रधानमन्त्री चलाउने आकाङ्क्षा छ ।
अहिले देउवासँग थप आकाङ्क्षाहरू नरहेको उनी निकट नेताहरू बताउँछन् । उनी निकट नेता मीन विश्वकर्मा भन्छन्, 'शेरबहादुर दाइ अब फेरि सभापति उठ्नुहुन्न । उहाँमा धेरै आकाङ्क्षा पनि छैन । बेलैमा अधिवेशन गराउनुहुन्छ ।'
शेरबहादुर देउवा ।देउवा आफू उठ्न नमिले पनि आफ्नो उत्तराधिकारी को बनाउँछन्, त्यो भने महत्त्वपूर्ण हुनेवाला छ । किन पनि भने उनले जसलाई समर्थन जनाउँछन्, उही कांग्रेसको भावी सभापति हुने निश्चितप्राय: छ ।
अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै छैनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत, पूर्णबहादुर खड्कालगायत छन् । र, प्रकारान्तरले देउवाले समर्थन गर्ने पनि यिनीहरूमध्ये कै कुनै हुन् ।
सिधा रूपमा हेर्दा वर्तमान उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्कालाई देउवाले समर्थन जनाउन सक्छन् । तर,पछिसम्म जाँदा अवस्था के बन्छ, त्यो अहिल्यै आकलन गर्न सकिँदैन ।
जे होस्, १५औं महाधिवेशनमा शेखर र गगन सभापतिका मुख्य प्रतिस्पर्धी बने भने पनि त्यो अन्यथा भने नहोला ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेले राष्ट्रियसभामा संघीय निजामती विधेयकमा प्रस्तुत गरेको संशोधनलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले एमालेको उक्त कदमलाई गठबन्धनका दलहरूबिच भएको सहमति र संसदीय समितिको सर्वसम्मत निर्णयविपरीत भएको बताएका छन्।
कोइरालाले एमालेको यो कदमलाई उसको दोहोरो चरित्र र देश, जनता, लोकतन्त्र तथा गठबन्धनप्रतिको धोकाको रूपमा चित्रण गरेका छन्। उनले नेपाली कांग्रेसलाई एमालेको आधिकारिक धारणा माग गर्न र यो संशोधनलाई कुनै पनि हालतमा पास हुन नदिन सबै दलहरू एकजुट हुन आह्वान समेत गरेका छन्।
‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ,’ कोइरालाले लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...