कांग्रेसद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनित
१४ भदौ २०८१
•
१ मिनेट पाठ
कांग्रेसद्वारा पेशागत तथा बुद्धिजीवी विभागमा १० सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले काङ्ग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनयन गरेका छन्।




कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवद्वारा बिहीवार जारी विज्ञप्ति अनुसार विभागका सदस्यहरुमा डा. लोकनाथ दुलाल (ललितपुर), अधिवक्ता डा. विष्णु बस्याल (पाल्पा), डा. तवस्सुम सिद्दिकी (बाँके), अधिवक्ता देवराज अवस्थी (कैलाली), विपद्  व्यवस्थापन विज्ञ मन बहादुर थापा  (चितवन), इ. दीलिप कुमार झा (सप्तरी) इ. मनोज घिमिरे (मोरङ), प्रा गणेश शाही (दैलेख), प्रा डम्बर बहादुर विक (पर्वत) तथा शिक्षाविद्  विजय सम्बाहाम्फे (तेह्रथुम) रहेका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. डिला संग्रौला पन्तलाई गत साउन २१ गते विभागीय प्रमुखको जिम्मेवारी दिइएको थियो।

कुल ४९ सदस्य रहने विभागमा बाँकी सदस्य पछि मनोनयन गरिने विभागीय प्रमुख संग्रौलाले बताइन्।

विभागले गत भदौ ६ गते समाजवादी चिन्तक स्व. प्रदिप गिरीको स्मृतिमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
अर्को समाचार
‘माओवादीले दुःख दिएको’ भन्दै अमेरिकामा कांग्रेसको लेटरप्याड दुरुपयोग !
२१ साउन २०८२
•
१ मिनेट पाठ
‘माओवादीले दुःख दिएको’ भन्दै अमेरिकामा कांग्रेसको लेटरप्याड दुरुपयोग !
नेपाली कांग्रेस रोल्पाले अमेरिकालगायतका देशमा कांग्रेसको लेटर प्याड दुरुपयोग भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ। जिल्ला सभापति किशोरकुमार आचार्यद्वारा बुधबार जारी एक विज्ञप्तिमा माओवादीले दुख दिएका कारण जीवन रक्षाका लागि विदेश आउनुपरेको भन्दै कांग्रेसको लेटर प्याड दुरुपयोग भएको भनिएको छ। 




विज्ञप्तिमा कांग्रेस जिल्ला कार्यसमिति रोल्पा र अन्य तहहरूसमेतको नक्कली लेटर प्याड, छाप र हस्ताक्षर प्रयोग गरिएको उल्लेख छ। ती लेटरप्याडमा विभिन्न व्यक्तिहरूले आफू कांग्रेसको साधारण सदस्य, क्रियाशील सदस्य भई पार्टीका गतिविधिहरूमा सक्रिय भएका कारण द्वन्द्व प्रभावित भएको, माओवादी पार्टीका कार्यकर्ताले दुःख दिएको, धम्की दिएकोले नेपालमा बस्न नसकी जीवन रक्षाका लागि अमेरिकालगायतका देशमा आउनुपरेको भनी गलत सिफारिस बनाई सम्बन्धित देशमा पेस गरेको र गर्ने प्रक्रियामा रहेको बुझिएको विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा नेपाली कांग्रेस रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ। 

यस्ता गलत, भ्रामक र कानुन विपरीतका कामबारे सम्बन्धित देशमा रहेका कांग्रेसका जनसम्पर्क समितिको सहयोग र सम्बद्ध सबैसँग सहकार्य गरी सत्य तथ्य पत्ता लगाउने पनि विज्ञप्तिमा उल्लेख छ। ‘सो सम्बन्धमा सबै देशका नेपालस्थित राजदूतावास समेतमा पार्टीका तर्फबाट कूटनीतिक पहल गरी आवश्यक प्रक्रिया  अगाडि बढाउने भएकाले त्यस्ता गलत क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबैलाई यसै विज्ञप्तिमार्फत सूचित गराइएको छ,’ विज्ञप्तिमा भनिएको छ। 
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
यो पनि पढौँ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस