दाहाललाई नेतृत्व छाड्न दबाब
२८ साउन २०८१
•
४ मिनेट पाठ
दाहाललाई नेतृत्व छाड्न दबाब
निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब बढ्न थालेको छ। सरकारबाट बाहिरिएपछि निरन्तर भइरहेका पार्टीगत बैठकमा माओवादी केन्द्रको मूल नेतृत्वमाथि प्रश्न उठाउँदै नयाँ पुस्ताबाट दाहाललाई नेतृत्व छाड्न दबाब बढेको हो।




दाहाल निकट उपमहासचिव हरिबोल गजुरेलले पदाधिकारी बैठकमा विशेष महाधिवेशनको माग राखेर नेतृत्वमाथि प्रश्न उठाएका छन्। उनले सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव गर्दै आफैबाट सुरु गर्ने भनेर राजीनामासमेत दिएका छन्। लगत्तै शनिबारदेखि बसेको स्थायी समिति बैठकमा अर्का उपमहासचिव जनार्दन शर्माले राजनीतिक दस्ताबेजमार्फत नै मूल नेतृत्वमाथि प्रश्न उठाएका छन्।

दाहाल प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका गजुरेलले यसअघि पनि पार्टीमा विधि र प्रक्रियाअनुसार काम नभएको भन्दै असन्तुष्टि पोखेका थिए। संगठन निर्माणमा लागेको माओवादी केन्द्रको मूल नेतृत्वमाथि प्रश्न उठ्न थालेपछि दाहाल पनि रक्षात्मक अवस्थामा पुगेका छन्। मूल नेतृत्व परिवर्तन गर्ने पक्षमा यतिबेला माओवादीका दुई प्रभावशाली उपमहासचिव वर्षमान पुन र शर्मा एकमत देखिएका छन्।

यी दुवैले महाधिवेशनमा महासचिव दाबी गरेका थिए। उनीहरूबीच महासचिवमा रस्साकस्सी चलिरहँदा दाहालले देव गुरुङलाई उक्त पद दिए। नेपाली कांग्रेस र एमालेसँग छुट्टाछुट्टै समीकरण बनाएर दाहाललाई सरकारको नेतृत्वमा पुर्‍याउने यिनै पुन र शर्मा हुन्।

दुई दिनदेखि जारी स्थायी समिति बैठकमा पुनले अध्यक्षको कार्यकाल कति वर्ष हुने भन्ने विषयमा बहस हुनुपर्ने बताएका छन्। ‘अहिले नै नेतृत्व छाड्नुपर्नेभन्दा पनि अध्यक्षको कार्यकाल कति हो भन्ने निर्धारण हुनुपर्छ’, उनले बैठकमा भने।

गजुरेल, शर्मा, पुन मात्र होइन, स्थायी समितिका अधिक सदस्यले अध्यक्षको कार्यकाल तोकेर जानुपर्ने धारणा राखेका छन्। सचिव राम कार्कीले पनि यो विषयले पार्टीलाई गम्भीर अवस्थामा पुर्‍याएको धारणा राख्दै अहिलेको नेतृत्व र संगठनबाट समाजवादी क्रान्तिमा जान नसकिने बताएपछि बैठकमा एकछिन सन्नाटा छाएको थियो। उनले नेतृत्वका लागि नयाँ पुस्ता पनि तयार हुनुपर्ने बताएका थिए। पार्टी बैठकमा नेतृत्व बदलिनुपर्ने भनाइ आएपछि दाहालले चुपचाप बसेर सुनिरहेका छन्।

गत वर्ष प्रज्ञा भवन कमलादीमा भएको केन्द्रीय समिति बैठकमा पुन र शर्माले अध्यक्ष दाहालको कार्यशैलीप्रति खुलेर आलोचना गरेका थिए। दाहालले त्यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। पुन र शर्माले दाहाललाई पार्टी र नेताहरूले भरपुर सहयोग गर्दा पनि उनले असहयोग गरेको भनेर अफवाह फैलाएको गुनासो गरेका थिए। ‘हरेक पलमा सहयोग भयो तर असहयोगको दृष्टिले हेरियो’, पुनलाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने।

बैठकमा शर्मा र पुन दुवैले पार्टीको नीति, नेतृत्व र सांगठनिक पद्धतिको विषयमा करिबकरिब समान धारणा राख्दै आएको ती सदस्यको दाबी छ। ‘यतिबेला नेतृत्वको विषयमा पुन र शर्मा दुवैको समान धारणा देखियो’, स्थायी समितिका ती सदस्यले भने। गत माघ अन्तिम साता राष्ट्रियसभा गृहमा बसेको केन्द्रीय समिति बैठक, फागुन पहिलो साता प्रज्ञा भवन कमलादीमा भएको प्रथम विधान अधिवेशनमा सबै समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने, नेतृत्व अवधि तोकिनुपर्ने, सांगठनिक संरचना चुस्तदुरुस्त हुनुपर्ने, पार्टी र जनताबीचको सम्बन्ध पुनस्र्थापित हुनुपर्नेमा धारणा पुन र शर्मासहितका नेताले राखेका थिए।

स्थायी समितिको शनिबारको बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले धारणा राखेका थिए। त्यस्तै सचिवहरू गणेश साह, सुरेन्द्र कार्की, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, स्थायी समिति सदस्यहरू कुलप्रसाद केसी, परशुराम तामाङ, गणेशमान पुन, अमृता थापाले पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए। उनीहमध्ये कतिपयले पदाधिकारी भंग गर्नुपर्ने र विशेष महाधिवेशन गरेर पार्टीलाई पुनर्जीवित गर्नुपर्ने धारण राखेका थिए।

पार्टी प्रवक्तासमेत रहेका सापकोटाका अनुसार आइतबार कमला रोका, पम्फा भुसाल, उर्मिला अर्याल, शक्ति बस्नेत, शशि श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णकुमारी सुवेदी, कालिबहादुर मल्ल, महेश्वर गहतराज, प्रल्हाद बुढाथोकी, हकिकुल्ला खान, जयपुरी घर्ती र जोखबहादुर महराले धारणा राखेका छन्। ‘बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ, अध्यक्षले धारणा राख्ने बेला भएको छैन, उहाँले साथीहरूको कुरा सुनिरहनु भएको छ’, प्रवक्ता सापकोटाले भने।  
अर्को समाचार
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
०२ साउन २०८२
•
१ मिनेट पाठ
हेटौंडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हेटौंडा सिमेन्ट उद्योगका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  




आज यहाँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिको ध्यानाकर्षण पत्र बुझ्दै उनले उद्योगका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए।  

अध्यक्ष दाहालले आफू सरकारको नेतृत्वमा रहेका बेला घाटामा गएका र रुग्ण उद्योग सञ्चालनमा ल्याउन पटकपटक छलफल गरेको स्मरण गर्दै हेटौंडा सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्न र ट्रेड युनियनका माग सम्बोधन गर्न प्रतिपक्षी दलको नेताको हैसियतले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।  

उनले सरकारी उद्योग, कलकारखानाको पुनर्संरचना र सुधारका लागि माओवादी केन्द्रले चासो र पहल लिँदै आएको भन्दै श्रमिक वर्ग र देशको हितमा हुने काममा आफू सधैं साथमा रहने विश्वास दिलाए।  

ध्यानाकर्षण पत्रमा उद्योग सञ्चालनमा लापरबाही भएको, कर्मचारीका माग बेवास्ता गरिएको र उपभोक्ताको हितविपरीत क्रियाकलाप भइरहेकाले यस्ता गतिविधि रोक्न तथा उद्योगका समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरिएको छ।  

टोलीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज विजय गौतमलगायत ट्रेड युनियनका नेताहरू सहभागी थिए। रासस
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस