राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जबराले नयाँ सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएका छन्।
सोमवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन । धवलसमशेर जबराले नयाँ सरकार गठन भएपछि देशमा केही आशा पलाएको उल्लेख गर्दै त्यसलाई निराशामा परिणत हुन नदिन पनि सरकारलाई सचेत गराए । उनले भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न पनि केपी ओली नेतृत्वको वर्तमान सरकार सफल हुने विश्वास व्यक्त गरे ।
उनले सहकारीलगायतका पीडितहरूको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सुझाव दिए ।सांसद जबराले जनताको समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताए ।