काठमाडौं – राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धि यात्रा रोक्न युरोपियन युनियनले संविधानमाथि टिप्पणी गरेको राष्ट्रियसभाका सदस्यहरूले आरोप लगाएका छन्।
सोमबार राष्ट्रियसभामा बोल्ने अधिकांस सांसदले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण नियोगले कार्यक्षेत्र बाहिर गएर संविधानमाथि टिप्पणी गरेर मुलुकलाई अस्थिरतामा राख्न खोजेको आरोप लगाए।
सांसदहरूले आफनो प्रतिवेदन तत्काल सच्च्याउन पनि बैठकमा माग गरेका छन्। ‘स्थायित्वसहितको आर्थिक विकास र समृद्धितर्फ जाने नेपाली जनताको आम इच्छालाई देखी सहन नसक्नेले विभाजन गर्न खोजिरहेका छन्,’ सांसद शेरबहादुर कुँवरले भने, ‘समृद्धिको मार्गतर्फ जाने नेपाली जनताको इच्छा तथा कूटनीतिक मान्यता विपरीत आएको सो प्रतिवेदन आपत्तिजनक छ।’ उनले संविधान जारी गर्ने बेला भएको वैदेशिक हस्तक्षेप नसहेको नेपालको संसदले अब पनि नसहने बताए।
निर्वाचन पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको इयुको मिसनले खस आर्यलाई दिइएको आरक्षणको व्यवस्थावाट हटाउनु पर्ने भन्दै प्रतिवेदनमा उल्लेख गरेपछि त्यसमा विवाद हुँदै आएको छ। प्रधानमन्त्री, निर्वाचन आयोग, वाम गठबन्धन, प्रेस काउन्सिललगायतले त्यसको विरोध गर्दै आएका छन । सोही क्रममा राष्ट्रियसभामा पनि सो विषयमा विरोध भएको हो।
कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले कार्यक्षेत्र भन्दा बाहिर गएर संविधानबारे दिइएको प्रतिवेदन खेदजनक भएको बताए। ‘निर्वाचन पर्यवेक्षणको जिम्मेवारी दिइएको मिसनलाई संविधानको विषयवस्तुबारे बोल्ने अधिकार छैन, त्यसमा बोलेर उसले हस्तक्षेप गरेको छ,’ पाण्डेले भने, ‘तत्काल इयुले आफ्नो प्रतिवेदन सच्चाउनु पर्छ।’ मुलुकलाई विभाजित गर्नेगरी आएको उक्त प्रतिवेदनवाट पाठ सिकेर राज्यले कूटनीतिक मर्यादामा बस्न सम्बन्धित नियोगलाई निर्देशन दिनुपर्ने पनि पाण्डेले जोड दिएका छन्।
राष्ट्रसंघीय वडापत्र र पञ्चशीलको सिद्धान्त अङ्गिकार गरेको सार्वभौम मुलकलाई युरोपियन युनियनले गरेको हस्तक्षेप स्वीकार्य नभएको सांसद रामनारायण बिडारीले बताए । ‘निर्वाचन पर्यवेक्षण गर्ने भन्ने अनि संविधानबारेमा बोल्ने? यो हद भयो,’ बिडारीले भने, ‘धर्मका नाममा विभाजन गर्ने काम पनि गर्न खोजिएको देखिन्छ, यसमा सर्तक हुन जरुरी छ।’ सुझाव दिने विधि र प्रक्रिया उलंघन गरेकाले तत्काल सच्च्याउनु पर्ने माग उनको छ।
सांसद उदया शर्मा पौडेलले पनि इयुको प्रतिवेदन घातक भएको भन्दै सच्च्याउन माग गरिन्। आफ्नो सीमा बाहिर निस्केर दिइएको प्रतिवेदन असह्य भएको उनको भनाइ छ। त्यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले पनि इयुको निर्वाचन पर्यवेक्षण समितिको प्रतिवेदनले ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा कार्यान्वयनमा अवरोध गर्ने आरोप लगाए।
‘सुखी नेपाली र समृद्ध नेपालको महाअभियानलाई रोक लगाउन र राजनीतिक अस्थिरता कायम गराइराख्नका लागि इयुको प्रतिवेदन आएको छ, नेपालीको स्वभिमानमाथि भएको आक्रमण रोक्न जरुरी छ।’ इयुको प्रतिवेदन ठाडो हस्तक्षेप भएको भन्दै तत्काल सच्चाउन श्रेष्ठले माग गरे।
राष्ट्रियसभामा अधिकांश सदस्यले विरोध गर्दा भने तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले भने इयु प्रतिवेदनको बचाउ गरे।
राजपा सांसद बृषेशचन्द्र लालले संविधानमाथि इयुको टिप्पणी हस्तक्षेप नभएको जिकिर गर्दै त्यसमा तर्कसंगत बहस गर्नुपर्ने बताए। ‘इयुको सुझाव जायज छ, यसलाई हस्तक्षेप भन्न मिल्दैन,’ उनले भने। सो विषयलाई धर्मसँग जोडेको भन्दै लालले आपत्ति जनाएका छन्। फोरमकी प्रमिला देवीले पनि इयुको प्रतिवेदनलाई समर्थन जनाउँदै संविधान संसोधन बिना आर्थिक विकास र समृद्धि सम्भव नहुने तर्क गरेकी छिन्।
सेयर र उखुको चर्चा
बैठकमा सांसदद्धय राधेश्याम अधिकारी र बलराम वाँस्कोटाले उखु बिक्रीपछि किसानले राहत नपाएकोबारे सरकारको ध्यानाकषर्ण गराएका छन्।
अधिकारीले अर्थमन्त्रीले सेयरमा लगानी अनुत्पादक भन्दै अभिव्यक्ति दिएपछि सेयर बजार ओरालो लागेको भन्दै ध्यान दिन आग्रह गरे। ‘सेयर बजार नुत्पादक क्षेत्र भनेर अर्थमन्त्रीको अभिव्यक्तिले बजार निरन्तर ओरालो लागेको छ तर त्यहाँ गरिब जनताको पनि लगानी छ भन्ने बुझनुपर्दछ, त्यसैले त्यो लगानी डुब्न नदिन सरकारले तत्कालै सोचोस्,’ अधिकारीले भने, ‘किसानवाट उखु किन्ने तर पैसा नदिने प्रवृत्ति छ, त्यसरी दिन बाँकी ९ अर्ब तत्काल दिलाउनु प¥यो र बेलैमा दिन नसक्ने भए ब्याजसहित दिनुप¥यो।’ उनले कृषिजन्य वस्तुवाट मुलुकलाई आत्मनिर्भर बनाउनका लागि तत्काल पहल कदमी गर्न सरकारको ध्यानाकषर्ण गराए।
सामाजिक सञ्जालको विकृति रोक्न कानुन
सांसद रामनारायण बिडारीले फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा देखा परेका विकृति रोक्न कानुन निमार्ण गर्नु पर्नेमा जोड दिएका छन्।
‘फेसबुक, टविटरजस्ता सामाजिक सञ्जालमा निकै विकृति आएको देखिन्छ, त्यसलाई रोक्न कानुन बनाउनु अनिवार्य छ,’ बिडारीले भने, ‘कानुन नबनाउने हो भने विकृति र विसंगती थामी नसक्नु हुनेछ।’ सभामा सांसद कोमल ओलीले सहिदको सम्झनामा शार्दुल बिक्रडीत छन्दमा कविता वाचन गरेकी थिइन्।