जनप्रतिनिधीको वरियता विवाद संसदमा प्रवेश, सेवासुविधा सच्याउन माग
१३ चैत्र २०७४
•
८ मिनेट पाठ
जनप्रतिनिधीको वरियता विवाद संसदमा प्रवेश, सेवासुविधा सच्याउन माग
प्रदेशसभा बैठकमा विधेयकलाई छलफलमा प्रवेश गराउँदै आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान । तस्बिर : नागरिक
पोखरा– प्रदेश नम्बर ४ मा जनप्रतिनिधीको वरियता विवाद प्रदेशसभा संसदमा प्रवेश गरेको छ। प्रदेशसभाको मंगलबारको बैठकमा बोल्ने अधिकांश सदस्यले वरियताक्रम नमिलेको भन्दै असन्तुष्टि जनाएका छन्। 




मंगलबार प्रदेशसभामा दफाबार छलफलका लागि पेश भएको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, जिल्ला समन्वय समितिको सेवा सुविधासम्बन्धी विधेयकमा बोल्ने सदस्यहरुले बरियता नमिलेका कारण सेवासुविधा पनि असमान भएको भन्दै गुनासो गरेका हुन्। छलफलका लागि प्रस्तुत भएको प्रदेशसभा सदस्य सम्बन्धि विधेयकमा भने प्रदेशसभा सदस्यले बरियताक्रम नमिलेका कारण सेवा सुविधामा असन्तुष्टि जनाएका थिए।

संसदमा बोल्दै प्रदेशसभा सदस्य कुमार खड्काले सरकारले ल्याएको विधेयक संविधान विपरित भएको बताए। ‘सरकारले ल्याएको विधेयकले संघीयताको सिद्धान्त आत्मसात गरेको छैन्,’ उनले भने, ‘यस्तो त्रुटीपूर्ण विधेयकले विपक्षीलाई सेवा सुविधाको विषयमा उपेक्षा गरेको छ।’ प्रदेशसभा सदस्यको सेवा सुविधा स्थानीय तहका पदाधिकारीको भन्दा कम भएको र विधेयकमा मर्यादाक्रम नमिलेको भन्दै उनले असन्तुष्टि जनाएका थिए। उनले प्रदेसभाको बैठकलाई अनुसूची परिवर्तनको अधिकार मात्र नभई कानून बनाउने अधिकारी दिइनुपर्ने उनले माग राखे। 

अर्का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरले पनि बरियताक्रम नमिलेको र अधिकार कटौती गरिएकोमा असन्तुष्टि पोखे। विधायन समितिले यसबारे छलफल गर्न उनले माग राखे।

प्रदेशसभा सदस्य धनमाया पोखरेलले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई समान अधिकार दिनुपर्ने माग राखिन्। ‘संख्यात्मक रुपमा कम सदस्य भएतापनि राष्ट्रिय दलको मान्यता पाएको पार्टीलाई समान अधिकार दिईनुपर्छ’, उनले भनिन्।

मन्त्री चुमानले भने बरियताक्रमको विचारमा संघीय स्तरमा नै भूमिका स्पष्ट नभएको जवाफ दिए। स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धी विधेयकमा पनि प्रदेशसभा सदस्यहरुले वरियताक्रम स्पष्ट पार्नुपर्ने माग राखे।

प्रदेशसभा सदस्य कृष्ण थापाले कुन आधार र के आधारमा वरियताक्रम मिलाईएको भन्ने प्रश्न राखेका थिए। ‘प्रदेशसभा सदस्य र महानगरको मेयरको सुविधा बराबर छ, जिल्ला समन्वय समिति र महानगरको मेयरको पनि सेवा सुविधा बराबर छ,’ उनले भने ‘बरियताक्रम तत्काल मिलाएर यसलाई सच्याउनुपर्छ।’

यी विधेयकहरु सोमबारको १२ औँ बैठकमा टेबुल भएका थिए। मंगलबारको १३ औँ बैठकमा २८ जना सदस्यहरुले चारवटा विधेयक उपरको दफाबार छलफलमा धारणा राखेका छन्।

मुख्यमन्त्री तथा मन्त्रीहरुको सुविधासम्बन्धि विधेयकमा भने मित्रकुमारी गुरुङ सुवेदीले समर्थन जनाईन्। ‘सुविधा नपुगे हाकाहाकी माग्दा हुन्छ, लुकाएर खाने परिपाटीले प्रदेश कमजोर बन्छ’ प्रदेशसभा सदस्य हरिशरण आचार्यले भने, ‘सुविधा सम्बन्धी विधेयक उपयुक्त छ, आवश्यक परे बढाउँदा पनि हुन्छ तर सुविधा पारदर्शी तरिकाले खर्च गर्नुपर्छ।’ 

यस्तै, भगवतप्रकाश मल्ल, मधुमाया अधिकारी गुरुङ, कृष्ण थापा, हरिशरण आचार्य, रोशन बहादुर गाहा मगर र दोबाटे विश्वकर्माले यो विधेयकमा समर्थन जनाएका थिए। बोल्ने वक्ताहरुले अतिथी सत्कार, सवारी ईन्धन, फर्निचर, स्वकीय सचिव नियुक्ती लगायतका विषयमा आर्थिक पारदर्शिता अपनाउनुपर्ने सुझाव दिएका थिए।

मन्त्री चुमानले आर्थिक पारदर्शिता र मितव्ययिता नै विधेयकको मर्म रहेको बताए। ‘गतिशील विधेयक हो’ चुमानले प्रदेशसभा सदस्यको जिज्ञासको जवाफमा भने, ‘विविध १६ वटा सुविधाहरु छलफल पश्चात तोकिएको हो, प्रदेशको स्रोत पहिचान पश्चात संशोधन गर्न सकिन्छ।’

स्थानीय तहका पदाधिकारीको पनि सुविधा फरकफरक भएको, कार्यपालिका सदस्य र वडा सदस्यको पनि सुविधा फरक, दलित, महिला तथा अल्पसंख्यक निर्वाचित पदाधिकारीको पनि सेवा सुविधा फरकफरक भएकोमा उनले मन्त्री समक्ष जिज्ञासा राखेका थिए। बरियताक्रममा समानताको सिद्धान्त कार्यान्वयन किन नभएको भन्दै उनले प्रश्न राखे।

अन्य वक्ताहरुले संघीयताको मर्म विपरित विधेयकले अधिकार कटौती गरेको बताए। प्रदेशसभा सदस्य मनकुमारी गुरुङले विधेयकमा भएको बीमा सुविधाको सम्बन्धमा मानवीय मूल्य तोक्न नमिल्ने हुँदा सबैको बीमा सुविधा बराबर हुनुपर्ने बताईन्।

कानून मन्त्री चुमानले स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यको सुविधा बराबर तोकिएको बताए। ‘तत्कालको लागि यो व्यवस्था गरिएता पनि छलफल गर्न सकिनेछ’ उनले भने, ‘विधायन समितिमार्फत त्रुटीपूर्ण कुराहरुलाई पूर्णता दिन सकिनेछ।

यस्तै, सार्वजनिक लिखत प्रमाणीकरण विधेयकको सम्बन्धमा भने सबै प्रदेशसभा सदस्यहरुले समर्थन जनाएका थिए।

प्रदेशसभाको १२ गते बसेको १२ औँ बैठकले स्थानीय तहका पदाधिकारी देखि लिएर मुख्यमन्त्री सम्मले पाउने १६ वटा शीर्षकसहित सेवा तथा अन्य सुविधा सम्बन्धि विधेयकहरु प्रस्तुत गरेको थियो। सबै विधेयकहरु छलफलको लागि सर्वसहमतिको आधारमा निर्णयार्थ प्रस्तुत भएका छन्।

सेवा सुविधा सम्बन्धी विधेयक संशोधन चाहेको खण्डमा प्रदेशसभा सदस्यले ७२ घण्टाभित्र सचिवालयमा निवेदन दर्ता गराउन सक्नेछन्। संसदको अर्को बैठक १६ गते बस्ने भएको छ। उक्त बैठकले विधेयकहरु माथि थप छलफल गरि विधायन समितिलाई जिम्मा दिन सक्नेछ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस