राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?
१५ वैशाख २०८१
•
४ मिनेट पाठ
राप्रपामा खैलाबैला: नेता कुट्नेलाई माफी कि कारबाही?
डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालय धुम्बराहीमा केन्द्रीय नेतामाथि भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ। कुटपिटमा संलग्न भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेपछि नेताहरू विभाजित बनेका छन्।




कालिकोटको पलाँता गाउँपालिका घर भई काठमाडौंको निलोपुल बस्दै आएका ३१ वर्षीय बम किटानी जाहेरी परेको ४५ दिनपछि बिहीबार पक्राउ परेका हुन्। प्रहरी वृत्त महाराजगन्जले उनलाई हिरासतमा राखेर अनुसन्धान थालेको छ।

बम पक्राउ परेपछि राप्रपाको एउटा पक्ष उनलाई छुटाउन लागिपरेको छ भने अर्को पक्ष घटनाको सत्यतथ्य अनुसन्धान भई आवश्यक कारबाही हुनुपर्ने भन्दै दबाब बढाउन सक्रिय छ। यस घटनाका कारण पार्टीभित्रका गुटहरू सक्रिय भएर आमनेसामने भइरहेको स्रोतको दाबी छ।

बम पक्राउ परेलगत्तै बिहीबारै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठक लगायत नेताहरू उनलाई छुटाउन प्रहरी वृत्त महाराजगन्ज पुगेका थिए। उनीहरूले जाहेरी फिर्ताका लागि जाहेरीकर्ता कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई दबाब बढाएका छन्।

घटनाले पार्टीलाई क्षति पुग्ने भन्दै मिलापत्र गराउने उनीहरूको प्रयास रहेको स्रोतको दाबी छ। श्रेष्ठ भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘आफ्नो जीवनकालमा भ्रष्टाचार र तस्करहरूका विरुद्ध र देशहित तथा राष्ट्रवादका पक्षमा लडेको मान्छे हुँ,’ सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) समेत रहेका श्रेष्ठले भने, ‘अहिले ममाथि नै भएको यस्तो सांघातिक हमला कसरी सहन सक्छु?’

श्रेष्ठले आफूले कसैको दबाब र प्रभावमा परेर जाहेरी फिर्ता नलिने बताएका छन्। उनले भने, ‘रवीन्द्र (वरिष्ठ उपाध्यक्ष मिश्र) मेरा असल मित्र हुनुहुन्छ। तर उहाँले एउटा हिंस्रक व्यक्तिलाई बचाउन भूमिका खेलिरहनुभएको छ। उहाँले मलाई धेरैपटक फोन पनि गर्नुभएको छ, मैले उठाएको छैन।’

प्रहरीले ढिलो गरी अनुसन्धान थालेकोमा पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। ‘यत्रो डेढ महिना प्रहरी के हेरेर बसेको छ? मैले ज्यान मार्ने कसुरमा जाहेरी दिएको व्यक्ति संसद्मा घुमिरहेका छन्। मैले यो कुरा सनाखत गर्न जाँदा प्रहरीलाई भनेको छु,’ उनले भने। श्रेष्ठको पक्षमा पार्टीकै अर्का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, नेपाल प्रहरीका पूर्वआइजिपीसमेत रहेका नेता ध्रुवबहादुर प्रधानलगायत छन्।

के हो घटना?

गत फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको विषयमा कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो। सोही बैठकमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठबीच भनाभन भएको थियो। श्रेष्ठले पाण्डेलाई ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भनेर टिप्पणी गरेपछि पाण्डे आक्रोशित बनेर केहीबेर बैठकबाट बाहिर निस्किएको बताइन्छ। त्यसपछि उनी फेरि फर्केर बैठकमा आएका थिए।

यसैबीचमा बैठक केहीबेर चलेर ‘ब्रेक’ भएपछि बाहिर निस्किने क्रममा श्रेष्ठमाथि एउटा समूहले कुटपिट गरेको थियो। उक्त कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। उक्त ‘क्लिप’ घटनाको आंशिक मात्रै रहेको श्रेष्ठको दाबी छ।

‘तल भर्‍याङमा ओर्लिंदा बाटो छेकेर ममाथि धेरै कुटपिट भएको छ। आफ्नो प्रतिरक्षा गरेर जोगिएको हुँ,’ नागरिकसँगको कुराकानीमा उनले भने, ‘फर्किएर अध्यक्ष (राजेन्द्र लिङ्देन) को कार्यकक्षमा जाँदा भएको घटनाको मात्र भिडियो हो त्यो।’

उक्त कुटपिटबाट आफूमा कान नसुन्ने समस्यासमेत आएको उनको दाबी छ।

घटना उपाध्यक्ष पाण्डेकै योजनामा भएको श्रेष्ठले दाबी गर्दै आएका छन्। घटनालगत्तै उनले प्रहरीमा ठाडो उजुरी दिएका थिए। दोस्रो दिन बसेको राप्रपा अनुशासन समितिको सिफारिसमा बम सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणालाई चार वर्षका लागि निलम्बन गरिएको थियो। सहमहामन्त्री बलायर उपाध्यक्ष पाण्डेका स्वकीय सचिव पनि हुन्।

तर श्रेष्ठले त्यतिमा चित्त बुझाएनन्। उनले फागुन २९ गते नै उपाध्यक्ष पाण्डेसहित पाँचजनालाई विपक्षी बनाएर ‘ज्यान मार्ने उद्योग कसुर’मा अनुसन्धान र कारबाहीको माग गर्दै प्रहरी वृत्त महाराजगन्जमा आधिकारिक रूपमा जाहेरी दरखास्त दिएका थिए। जसमा थप एकजना राप्रपाका केन्द्रीय सदस्य हिक्मत कार्कीको पनि नाम उल्लेख छ। ‘कार्की त्यहाँ उपस्थित नभएको भनेर उम्काउन खोजिँदैछ। तर उनी नै खुट्टाले छेकेर कुटपिटमा उत्प्रेरित गराउने व्यक्ति हुन्,’ श्रेष्ठको आरोप छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ घटनाबारे पार्टीभित्र ठुलै विवाद भने नरहेको जकिर गर्छन्। ‘घटना भएकै हो। घटनापछि अनुशासन समितिको सिफारिसका आधारमा कार्यसम्पादन समितिले गरेको कारबाहीसम्म सबैको सहमति छ,’ उनले भने, ‘प्रहरी अनुसन्धानपछि केही फरक मत जरुर देखिएको छ। त्यसबारे पनि पार्टीमा छलफल हुन्छ।’ पीडितलाई न्याय हुनेगरी पार्टीभित्र हुने छलफललाई अन्यथा लिन नहुने उनी बताउँछन्।  
अर्को समाचार
सालिक ठड्याउन निषेधपछि राप्रपाले भन्यो: ‘जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ’
२९ मंसिर २०८०
•
३ मिनेट पाठ
सालिक ठड्याउन निषेधपछि राप्रपाले भन्यो: ‘जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महेन्द्रनगरमा राजा महेन्द्रको सालिक राख्ने तयारीमा स्थानीय प्रशासनले तगारो लगाइदिएको छ। सालिक स्थापना कार्यक्रम रोक्न स्थानीय प्रशासनले बिहीबार साँझ निषेधाज्ञाको सूचना जारी गरिसकेको छ।




स्थानीय प्रशासनले जारी गरेको निषेधको सूचनामा राष्ट्रिय प्रजातन्त्र पाटीले भनेको छ, ‘निषेधको राजनीतिले मूलक अगाडी बढ्दैन।’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नागरिक न्युजसँग सरकारको निर्णयको आलोचना गरे।

उनले देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण योगदान दिने राजाका सालिक ठड्याउन अवरोध गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाए।

महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा महेन्द्रको सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा भएको विरोधसँगै प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रवक्ता श्रेष्ठले उक्त धारणा राखेका हुन्। उक्त चोक भीमदत्त सालिक छ।  

‘नेपालको स्वतन्त्र अस्तित्व कायम राख्दै तात्कालिक परिवेशमा देशको विकास र आधुनिकीकरणमा महत्त्वपूर्ण दिनुहुने राजा पृथ्वीनारायण शाहलाई पोखराको पृथ्वीचोकमा र राजा महेन्द्रलाई महेन्द्रनगरमा मात्रै होइन देशका विभिन्न ठाउँमा  सालिक बनेर ठडिने हक छ’, उनले नागरिकसँग भने, ‘सालिकरूपी पत्थरको राजासँग डराउनेहरू कायर हुन्, इतिहासको सम्मान नगर्नेहरू असभ्य हुन्। जिउँदो राजालाई नारायणहिटीमा उभ्याउने तागत सिर्जना गरौँ।’

विभिन्न राजनीतिक दलहरूबिच मतभिन्नता भई आएको र शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएका जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बिहीबार एक विज्ञप्ति जारी गर्दै एक साताको लागि  निषेधाज्ञा जारी गरेको  छ।

भीमदत्त नगरपालिका–४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शान्ति सुव्यवस्थालाई कायम राख्न निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।  

राप्रपा कञ्चनपुरले मङ्सिर २८ गते संविधान चोकमा महेन्द्रको सालिक स्थापना भन्ने खबर सार्वजनिक भएसँगै त्यसमा विभिन्न प्रतिक्रियाहरू सुनिन थालेको थियो। कञ्चनपुरकाे संविधान चोकमा सालिक स्थापना हुने खबरसँगै  उक्त काम संविधानको बर्खिलाप भन्दै नेपाली काँग्रेस, एमाले, माओवादी लगायत ८ दलले संयुक्त विज्ञप्ति निकालेका थिए।  

स्थानीय ८ दलले यस्ता गतिविधिले व्यवस्था खतरा पर्ने औँल्याउँदै गर्दा धेरैले  तिम्रो व्यवस्था कति कमजोर भन्दै व्यङ्ग हानेका छन्।  ‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक संन्जालमा जीवराम भण्डारी लेख्छन्, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गरे।’  

‘ए पाखण्डी हो सालिकले हैन, तिम्रो कर्मले तिम्रो व्यवस्था रहने नरहने निर्धारण गर्छ,’ सामाजिक सञ्जालमा जीवराम भण्डारी लेखेका थिए, ‘निषेधको भावना तिमी धेरै कमजोर भएको उपज हो, यस्तै गर्दा पञ्चायत चिप्लेको थियो याद गर।’  

त्यस्तै सामाजिक सञ्जालमा राधाकृष्ण डुम्रे लेख्छन् ‘देश गणतन्त्र भइसकेपछि सालिकसँग किन डराउनु प¥यो, इतिहासको सम्मान र संरक्षण गर्न सक्नु पर्छ । यसमा मात्रै नेपाल र नेपालीको हित छ।’
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस