राप्रपा कुटपिट घटनाः प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या
१४ वैशाख २०८१
•
४ मिनेट पाठ
राप्रपा कुटपिट घटनाः प्रहरी अनुसन्धान अघि बढ्दा पार्टीभित्र समस्या
डेढ महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय धुम्बराहीमा भएको कुटपिट घटनाको अनुसन्धान प्रहरीले अघि बढाएपछि पार्टीभित्र समस्या सिर्जना भएको छ।




घटनामा दोषी भनिएका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव (निलम्बित) निराजन बमलाई प्रहरीले पक्राउ परी अनुसन्धान थालेपछि नेताहरू  विभाजित बनेका छन्।

कालिकोटको पलाँता गाउँपालिका घरभई काठमाडौँको निलोपुल बस्दै आएका ३१ वर्षीय बम किटानी जाहेरी परेको ४५ दिन पछि बिहीबार पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान थालेको छ।

बम पक्राउ परेपछि राप्रपाको एउटा पक्ष उनलाई छुटाउन लागेको छ भने, अर्को पक्ष घटनाको सत्यतथ्य अनुसन्धान भएर कारबाही हुनुपर्ने भन्दै दबाब बढाउन लागेको छ। जसले पार्टीभित्रका गुटहरू सक्रिय भएर आमनेसामने भएको स्रोतले बतायो।

बम पक्राउ परे लगत्तै बिहीबारै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, कुन्ती शाही, केन्द्रीय सदस्य जनकराज पाठकलगायतका नेताहरू उनलाई छुटाउन प्रहरी वृत्त महाराजगञ्ज पुगेका थिए। बम पक्राउ परेपछि उक्त समूहले जाहेरी फिर्ता लिन जाहेरकर्ता कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठलाई दबाब बढाएका छन्। घटनाले पार्टीलाई क्षति पुग्ने भन्दै मिलापत्र गराउने उनीहरूले प्रयास रहेको स्रोत बताउँछ।

श्रेष्ठ भने आफ्नो अडानबाट टसमस भएका छैनन्। ‘आफ्नो जीवनकालमा भ्रष्टाचार र तस्करहरूको विरुद्ध र देशहित तथा राष्ट्रवादका पक्षमा लडेको मान्छे हुँ,’ सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक९एआइजी० समेत रहेका श्रेष्ठले भने, ‘अहिले म माथि नै भएको यस्तो साङ्घातिक हमला कसरी सहन सक्छु रु’ 

पार्टीभित्रबाट दबाब आएको बताउँदै श्रेष्ठले आफू कसैको दबाब र प्रभावमा जाहेरी फिर्ता नलिने अडान लिएको दाबी गरे। उनले भने, ‘रवीन्द्र (वरिष्ठ उपाध्यक्ष मिश्र) मेरो असल मित्र हो। तर, उहाँले एउटा हिंस्रक व्यक्तिलाई बचाउन भूमिका खेलिरहनुभएको छ। उहाँले मलाई धेरै पटक फोन पनि गर्नुभएको छ, मैले उठाएको छैन।’

ढिलोगरी अनुसन्धान थालेकामा पनि श्रेष्ठले असन्तुष्टि व्यक्त गरे। ‘यत्रो डेढ महिनासम्म प्रहरी के हेरेर बसेको छ रु मैले ज्यान मार्ने कसुरमा जाहेरी दिएको व्यक्ति संसद्मा घुमिरहेका छन्। मैले यो कुरा सनाखत गर्न जाँदा प्रहरीलाई भनेको छु,’ उनले भने। 

के हो घटना ? 

गएको फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा केन्द्रीय अनुशासन समितिले सिफारिस गरेको विषयमा कार्यसम्पादन समितिको बैठक बसिरहेको थियो। सोही बैठकमा पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे र कार्यसम्पादन समिति सदस्य श्रेष्ठबीच भनाभन भएको थियो।

श्रेष्ठले पाण्डेलाई ‘भ्रष्टाचारी’ र ‘तस्कर’ भनेर टिप्पणी गरेपछि पाण्डे आक्रोशित बनेर केहीबेर बैठकबाट बाहिर निस्किएको बताइन्छ। त्यसपछि उनी फेरी फर्केर बैठकमा आएका थिए।

यसैबीचमा बैठक केहीबेर चलेर ‘ब्रेक’भएपछि बाहिर निस्किनेक्रममा श्रेष्ठमाथि एउटा समूहले कुटपिट गरेको थियो। उक्त कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। उक्त ‘क्लिप’ घटनाको आंशिक मात्रै रहेको श्रेष्ठले दाबी गर्ने गरेका छन्।

‘मलाई तल भ¥याङमा ओर्लिदा बाटो छेकेर धेरै कुटपिट भएको छ। आफ्नो प्रतिरक्षा गरेर जोगिएको हुँ,’ नागरिकसँगको कुराकानीमा उनले भने,‘फर्किएर अध्यक्ष (राजेन्द्र लिङदेन) को कार्यकक्षमा जाँदा भएको घटनाको मात्र त्यो भिडिओ हो।’ उक्त कुटपिटबाट आफ्नो कान नसुन्ने समस्या भएको उनको दाबी छ।

घटना उपाध्यक्ष पाण्डेकै योजनामा भएको श्रेष्ठले दाबी गर्दै आएका छन्। घटना लगत्तै उनले प्रहरीमा ठाडो उजुरी दिएका थिए। दोस्रो दिन बसेको राप्रपाको अनुशासन समितिको सिफारिसमा बम लगायत सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं। ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणालाई चार वर्षका लागि निलम्बन गरेको थियो। सहमहामन्त्री बलायर उपाध्यक्ष पाण्डेका स्वकीय सचिव पनि हुन्।

तर, श्रेष्ठले त्यत्तिले चित्त बुझाएनन्। उनले फागुन २९ गते नै उपाध्यक्ष पाण्डेसहित पाँच जनालाई विपक्षी बनाएर ‘ज्यान मार्ने उद्योग कसूर’मा अनुसन्धान र कारबाहीको माग गर्दै प्रहरी वृत्त महाराजगञ्जमा आधिकारिक रुपमा जाहेरी दरखास्त दिएका थिए। जसमा थप एक जना राप्रपाका केन्द्रीय सदस्य हिक्मत कार्कीको पनि नाम उल्लेख छ। ‘कार्की त्यहाँ उपस्थित नभएको भनेर उम्काउन खोजिँदै छ। तर, उनी नै खुट्टाले छेकेर कुटपिटमा उत्प्रेरित गराउने व्यक्ति हुन्,’ श्रेष्ठको आरोप छ।
अर्को समाचार
'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'
०५ कार्तिक २०७९
•
२ मिनेट पाठ
'राप्रपालाई विजयी हुनबाट कसैले रोक्न सक्दैन'
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन्।




अध्यक्ष लिङदेनले सो पदमा लागि कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीर समेत गरे। तिहारसहितको चाडपर्वको अवसर पारेर शनिबार पार्टीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

अध्यक्ष लिङदेनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जान आफ्नो पार्टी मात्रै सक्षम रहेको बताए। उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरुको पनि पालो आउने आश्वासन समेत दिए।

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

यस्तै कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरुलाई मुलुकलाई दुर्भाग्यतिर लैजान नदिने बताए। त्यसका लागि राप्रपाका नेताहरुले एकतावद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो।

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका शीर्ष नेताहरुलाई सच्याउन पनि काँग्रेस र एमालेका कार्यकर्ताले आफ्नो पार्टीलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने जिकीर गरे।

उनले राप्रपा मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएकाले नेपाली जनताले यस पार्टीलाई आगामी निर्वाचनमा साथ दिने विश्वास समेत व्यक्त गरे। मिश्रले जनताको जीवन परिवर्तन गर्नै नसक्ने पार्टीमा काँग्रेस–एमालेका कार्यकर्ताले बस्न नमिल्ने पनि पटकपटक दोहोर्‍याए।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
Clock १३ सेकेन्ड अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस