वुटवल- प्रदेश नम्बर ५ मा आज मन्त्रिपरिषद विस्तार हुने भएको छ। मुख्यमन्त्री सहित अन्य २ गरि ३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको १ महिनापछि आज मन्त्रिमण्डल विस्तार हुन लागेको हो । मन्त्रीहरु थपिएपनि मन्त्रिपरिषद्ले पूर्णता भने पाउने छैन। मुख्यमन्त्री कार्यलयका अनुसार ४ वजे मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।
प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयका अनुसार ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । एमाले प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । गिरी उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन भने पौडेललाई भूमि तथा ब्यवस्था मन्त्रालयको जिम्मेवारी दिईने तयारी भएको छ । यस्तै माओवादी केन्द्रका अनुसार सुदर्शन बराल सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन । गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् । यस्तै बराल गुल्मी १ ‘क’ बाट निर्वाचित सासंद हुन । यसअघि फागुन ३ गते मुख्यमन्त्री सहित ३ जनाको मन्त्रिमण्डल गठन भएको थियो। शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।