पोखरा – मन्त्रिपरिषदको पाँचौ बैठकले प्रदेश तथा स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी विधेयक स्वीकृत गरेको छ। स्थानीय तहहरू गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका तथा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख तथा वडाध्यक्षहरूले पाउने भत्ता तथा अन्य सेवा सुविधासम्बन्धिको विधेयक स्वीकृत गरिएको हो ।
स्वीकृत विधेयकमा स्थानीय तहका वडासदस्यहरूले मासिक भत्ता पाउने प्रस्ताव गरिएको छ । अन्य प्रदेशमा स्थानीय तहका वडा सदस्यहरूले बैठक भत्ता मात्र पाउने व्यवस्था भएतापनि यो प्रदेश मातहतका स्थानीय तहका वडासदस्यहरूलाई भने मासिक भत्ता दिने प्रस्ताव विधेयकमा राखिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
‘हामीले बैठक भत्ता भन्दा पनि मासिक भत्ताको प्रस्ताव गरेका छौँ, यो अन्य प्रदेशको हकमा बिलकुलै नयाँ प्रस्ताव हो’ बस्नेतले भने, ‘तर यो प्रस्तावलाई प्रदेशसभाको बैठकले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।’ स्थानीय तहका सबै जनप्रतिनिधिलाई सम्बोधन गर्न यस्तो प्रस्ताव ल्याइएको उनले बताए । प्रदेशसभा बैठकले यो प्रस्तावलाई पारित नगर्न पनि सक्नेछ। बैठकले पारित नगरेको खण्डमा भने अन्य विकल्प रहने उनले जानकारी दिए ।
यस्तै प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख तथा प्रदेशसभा सदस्यहरूले पाउने पारिश्रमिक सम्बन्धी विधेयक पनि स्वीकृत भएको छ। तर, उनीहरूले पाउने सेवा सुविधाको बारेमा भने जानकारी गराइएको छैन्। स्वीकृत विधेयक छलफलका लागि चैत ५ गते बस्ने प्रदेशसभाको बैठकमा लगिनेछ ।
प्रवक्ता बस्नेतका अनुसार, ५ गतेको संसद बैठकले पारित गरेपछि मात्र सेवासुविधाहरू सार्वजनिक गरिनेछ । ‘वैज्ञानिक तरिकाले सोचविचार गरेर गरिएको छ’ उनले भने, ‘अरु प्रदेशको नक्कल नगरी छुट्टै सेवा सुविधाहरू बनाइएको छ ।’ संघीय सरकारले पठाएको सिलिङ भन्दा बढी नहुने गरी पारिश्रमिकता तोकिएको उनले जानकारी दिए ।
यस्तै बैठकले ‘प्रदेश सरकार प्रदेशसभा सदस्यहरूको आचारसंहिता, २०७४’ पनि अनुमोदन गरेको छ । आचारसंहितामा मन्त्रीहरूले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख गरिएको छ ।
यो बाहेक बैठकले चारवटा विधेयक बनाउन सैद्धान्तिक सहमति समेत दिएको छ । शुक्रबार झन्डै चार घण्टासम्म बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश योजना तथा नीति आयोग गठन गर्न सैद्धान्तिक सहमति दिएको हो ।
प्रवक्ता बस्नेतका अनुसार आवधिक पञ्चवर्षीय योजना रणनीतिक योजना, योजना बजेट, योजना तर्जुमा एवम योजनाको तथ्यांक अनुगमन मूल्यांकनको लागि आयोग गठन गरिएको हो । यो आयोगमा मुख्यमन्त्री अध्यक्ष हुनेछन् । आयोगमा मुख्यमन्त्री र तीन जना विज्ञसहित सात जना सदस्य रहनेछन् ।
यस्तै संविधानको धारा ६० को उपधारा ५ बमोजिम राजस्व स्रोतको बाँडफाँडको लागि वित्तीय समानीकरण विधेयक निर्माणको लागि मन्त्रिपरिषदले स्वीकृति दिएको छ ।
उक्त उपधारा अनुसार प्रदेशले नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो स्रोतबाट उठ्ने राजस्वलाई मातहतको स्थानीय तहको खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा प्रदेश कानुन बमोजिम वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने व्यवस्था रहेको छ । स्थानीय तहमा अनुदान पठाउनुपर्ने हुँदा यसको निमित्त विधेयक बनाउन सहमति दिइएको पर्यटनमन्त्री समेत रहेका बस्नेतले बताए ।