जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक:प्रधानमन्त्री
०१ चैत्र २०८०
•
२ मिनेट पाठ
जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक:प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका जटिलतालाई सम्बोधन गर्न वृहत्त रणनीति आवश्यक रहेको बताएका छन्।




‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नविन केन्द्र’ विषयक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले  स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताए।

उनले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपहरूबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औंल्याए।

‘यी चुनौतीहरूले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औंल्याएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ।’

जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको बताए।

‘जलवायु वैज्ञानिकले स्पष्टरूपमा भनेका छन्, एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकहरूका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभइ त्यसका परिणामहरू ज्यादै महत्त्वपूर्ण छन्।’

पहिरो, बाढी, वनजङ्गलको आगलागी, हिमतालको बिस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधामन्त्री दाहालले भने, ‘यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ, यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जतीय समूह मारमा पारेका छन्।’

पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमश्रृखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेको बताए।

दुबईमा सम्पन्न भएको कोप–२८ देखि संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूले जलवायु परिवर्तनका कारण अतिकम विकसित मुलुकले भोग्नुपरेका अनेक चुनौतीका विषयमा वकालत गरेको बताउँदै प्रधानमन्त्री दाहालले विकसित अर्थतन्त्रहरूले अत्यावश्यक स्रोत र प्रविधिका माध्यमबाट अनिवार्यरूपमा सहयोग गर्नुपर्नेमा जोड दिए।
अर्को समाचार
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
१४ पौष २०८१
•
३ मिनेट पाठ
‘जलवायु परिवर्तनले मानव जीवनशैली नै परिवर्तन’
पोखराको मासबारस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनले ल्याएको असरबारे चित्र कोर्दै विद्यार्थी। तस्बिरः नागरिक
पछिल्लो समय जलवायु परिवर्तनको असरबारे सर्वत्र चर्चा छ। हिमालमा हिउँ नदेखिँदा त झनै यसको असरबारे बहस नै चल्ने गरेको छ। पोखराबाट हेर्दा सेतै देखिने माछापुच्छ्रे हिमालको अहिले कालो पत्थर मात्र देखिएको र त्यसो हुनुमा जलवायु परिवर्तन मुख्य कारक भनेर बहस पनि भईरहेको छ।  




जलवायु परिवर्तन र त्यसले पारेको असरबारे जानकारी दिलाउन र विद्यार्थीमार्फत सचेतना फैलाउनका लागि यहाँस्थित मदरल्याण्ड माविमा आइतबार जलवायु परिवर्तनसँग सम्बन्धित रहेर बहसमुलक र चित्रकलाका गतिविधि गरिएको छ। जलवायुको क्षेत्रमा कार्यरत संस्था जिस्ट इन्टरनेशनल फाउन्डेसन, नेपाल–अमेरिका अलुम्नाई नेटवर्क र विद्यालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असर कस्तो हुन्छ भनेर चित्र, भित्रेपत्रिका, जलवायु ओलम्पियाड र बहसमार्फत प्रस्तुत गरेका थिए।  

विभिन्न मुलुबाट आएका विद्यार्थी र विज्ञ गरि करिब एकसयजना सहभागि उक्त कार्यक्रममा विद्यार्थीले जलवायु परिवर्तनको असरले मानवमा परेको प्रभावलाई फरक तरिकाले प्रस्तुत गरेका थिए। विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार जलवायु परिवर्तन र त्यसले मानव जीवनमा पारेको असरबारे जानकारी दिलाउने उद्देश्यले यो कार्यक्रम गरिएको हो। बरालका अनुसार जलवायु परिवर्तनको असर पछिल्लो समय बढ्दै गएको र त्यसले जनमानसमा असर पारेकोले बेलैमा सचेत बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो।  

‘जलवायु परिवर्तनको असर हरेक दिन बढिरहेको छ। मौसममा परिवर्तन आउँदा विभिन्न समस्या थपिन थालेका छन्,’ उनले भने, ‘मौसममा बदलाव आएसँगै मानव जीवनमा पनि असर परेको छ। थाहै नपाउने गरि मानव जीवनमा परिवर्तन आएको छ। यसलाई चिर्न जरुरी छ।’ विद्यार्थीमार्फत जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि सचेतना फैलाउने प्रयास गरिएको उनले बताए।

प्राचार्य बरालका अनुसार अमेरिका, अस्ट्रेलिया, भारत, बंगलादेश र भीयतनामका विभिन्न विश्वविद्यालयका प्राध्यापक र अनुसन्धाकर्ताहरु सहभागि थिए। त्यसबाहेक विभिन्न मुलुकका स्कुले विद्यार्थी पनि सहभागि थिए । नेपालभित्रैका विभिन्न विद्यालयबाट समेत विद्यार्थीहरु यो कार्यक्रमका सहभागि थिए। ती विद्यार्थीले चित्रकला, भित्तेपत्रिका, जलवायु ओलम्पियाड र जलवायुबारे बहस गर्दै फरक अनुभव साटेका थिए। विभिन्न विधामा भएको प्रतिश्पर्धामा उत्कृष्ट विद्यार्थीलाई उक्त अवसरमा पुरस्कृत पनि गरिएको थियो।  

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले विदेशी र स्वदेशी विद्यार्थी र विज्ञविचको अनुभव साटासाटले जलवायु परिवर्तनको असर घटाउन नयाँ तौरतरिका थाहा हुने बताए। ‘विभिन्न मुलुकका विद्यार्थीले जलवायु परिवर्तनको असरलाई फरक फरक शैलीमा बुझेका छन् । सबैतिर एकैखालको प्रभाव नहुन सक्छ। त्यसैले अनुभव साट्ने यो अवसरले विद्यार्थीमा नयाँ ज्ञान हासिल हुनेछ,’ आचार्यले भने, ‘एकअर्का मुलुकमा परेको असरबारे पनि ज्ञान आदानप्रदान हुनेछ।’

कार्यक्रममा जलवायु परिर्वतनको क्षेत्रमा काम गर्न सक्रिय संस्था जिस्ट ग्लोवलका अध्यक्ष डा. सब्यासाची मजुमदारले पछिल्लो समय जलवायु परिवर्तको असर प्रत्यक्ष देख्न सकिने अवस्था रहेको बताए। हिउँ पर्ने हिमाल अहिले कालो देखिने पनि उनले बताए।  

‘हिमालमा हिउ पग्लने गति बढेको छ। हामीले यस्तै सम्मेलनमार्फत बालबालिकालाई जलवायु परिवर्तनको असर कुन तहसम्म परेको छ भनेर बुझाउन जरुरी छ,’ मजुमदारले भने, ‘अहिलेका बालबालिका भविश्यका अभिभावक हुन। उनीहरुलाई जलवायु परिवर्तनले पारेको असर बारे बेलैमा बुझाउन पाएमा भविश्य उज्जवल बन्न सक्छ।’ मजुमदारले जलवायु परिवर्तनको कारण मानवले जीवनशैली नै परिवर्तन गर्न जरुरी पर्ने अवस्था आएको पनि बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस