काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज( शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।संघीय समाजवादी फोरमका नेताहरूलाई समेत समेटेर उनले सरकार विस्तार गर्न लागेका हुन् ।
सरकारमा हाल एमाले र माओवादीका सात मन्त्री छन्। प्रधानमन्त्री कार्यालयसहित बढीमा १८ मन्त्रालय मात्रै राख्नेगरी यसअघि भएको तयारी बमोजिम प्रधानमन्त्री ओलीले आज एमाले, माओवादी र संघीय समाजवादी फोरमबाट मन्त्रीहरु थप्न लागेका हुन्।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री ओलीले यसअघि विभिन्न चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गसिकेका छन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरिसकेका छन्।सरकारलाई समर्थन गरेको अर्को दल राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा नजाने भएको छ ।
एमालेले अध्यक्षसमेत रहेका ओलीलाई नै मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मा दिएको छ। एमालेबाट प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आले मगर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना रहेको छ। एमालेबाट यसअघि ईश्वर पोखरेल, लालबाबु पण्डित, डा. युवराज खतिवडा र थममाया थापा मन्त्री भइसकेका छन।
त्यस्तै माओवादी केन्द्रले पनि हिजो केन्द्रीय कार्यालयको विस्तारित बैठकमार्फत् मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष दाहाललाई दिएको छ । माओवादीबाट जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, बिना मगर, गिरिराजमणि पोखरेल मन्त्री बन्ने सम्भावना रहेको छ । माओवादीबाट यसअघि रामबहादुर थापा र मातृका यादव मन्त्री बनिसकेका छन्।