प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वसाधारण नागरिकले सहज रुपले सेवा पाउनुपर्ने बताएका छन्।
शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले नागरिकलाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्ने कुरामा कर्मचारी र जनप्रतिनिधिलाई कुनै कन्जुस्नयाई नगर्न आग्रह गरे।
स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको उल्लेख गर्दै जनतालाई सुलभ सेवा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए। सिंहदरबारको अधिकार गाउँ-गाउँमा पुगेको जनताले महसुस हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा उनको जोड थियो।
प्रधानमन्त्री दाहालले रौतामाई गाउँपालिकाले गरेको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाए। उनले बजेट बनाउने समयमा रौतामाई गाउँपालिकालाई सम्झने बताए।
फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे। सबैको सहमतिमा शान्ति प्रक्रियालाई टुङ्ग्याएर देशको विकास अगाडि बढाउन पनि सर्वपक्षीय सहमति आवश्यक पर्ने उनले उल्लेख गरे।
मुलुकको अर्थतन्त्र अहिले सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको स्पष्ट पारे।
‘अहिले अर्थतन्त्रका सूचकहरु धेरै उत्साहजनक देखिएका छन्, विदेशी मुद्राको सञ्चिति तथा पर्यटकको आगमन पनि वृद्धि भएको छ’ उनले भने ‘यसले देशको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्दत गरेको छ।’ पछिल्लो समय राजस्व पनि वृद्धि भएको दाहालले बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले रौतामाईको प्रमुख समस्याको रुपमा रहेको सडक स्तरोन्नति गर्न बजेट माग गरे। उनले खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युत्का लागि पनि आवश्यक बजेट व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
२८ कोठे ४ तले नवनिर्मित भवन संघीय सरकार र गाउँपालिको संयुक्त लगानीमा ७ करोड ८७ लाखमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले जानकारी दिए।