काठमाडौँ – आगामी वैशाखमा पार्टी एकीकरणको तयारीमा रहेको नेकपा एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक बस्ने भएको छ।
अाज (आइतबार) दिउँसो साढे १२ बजे बस्ने संसदीय दलको संयुक्त बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त सम्वोधन गर्ने कार्यक्रम रहेको छ।
बैठकमा दुवै दलका सांसदहरूलाई आइतबार प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतमा पक्षमा मतदान गर्न निर्देशन दिइने श्रोतले जनाएको छ।