नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र
२९ पौष २०८०
•
१ मिनेट पाठ
नक्कली बाबु बनेका मेयर सिंह विरुद्ध स्थानीयले बुझाए ज्ञापन पत्र
वीरगन्ज महानगरका मेयर राजेशमान सिंहलाई कारबाहीको माग गर्दै आइतबार पनि प्रदर्शन भएको छ। मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिएको भन्दै स्थानीयले विगतका दिनमा जस्तै आज पनि विरोध प्रदर्शन गरेका हुन्।




छोरी नभएका मेयर सिंहको छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै वडा कार्यालयमा प्रदर्शन गर्नुको साथै प्रमुख जिल्ला अधिकारीलाई पनि ज्ञापन पत्र बुझाइएका छन्।

ठाकुरराम क्याम्पसबाट सचेत नागरिक समाजले सिंहसहित दोषीलाई कारबाहीको माग गर्दै  वडा नं ३ को कार्यालय परिसरमा पुगेका थिए।मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरीलाई छोरी भन्दै रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएका छन्।

राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन्। तर, नागरिकताको सिफारिस भने निमित्त वडा अध्यक्ष तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए।

त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।

त्यस्तै राष्ट्रियतासँग खेलवाड गर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
अर्को समाचार
वीरगञ्जका मेयरको दुईटी श्रीमती!
२८ माघ २०८०
•
३ मिनेट पाठ
वीरगञ्जका मेयरको दुईटी श्रीमती!
वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रुविना श्रेष्ठ आफ्नै सक्कली छोरी भएको स्विकारेका छन्। आफ्नी दुइटा श्रीमती भएको र ‘नक्कली’ छोरी भनिएकी रुविना आफ्नै ‘सक्कली’ छोरी भएको छानबिन टोलीसँग स्वीकारेका हुन्।




मेयरले नक्कली छोरी बनाएर नागरिकता दिलाएको  सम्बन्धी उजुरीमाथि छानबिन गर्न उपसचिव पुष्कर रानाको संयोजकत्वमा खटिएको टोलीसँग सोधपुछको क्रममा मेयरले रुविना आफ्नो छोरी भएको बताएका हुन्।

आफू रुविना श्रेष्ठको नक्कली बाबु नभई सक्कली बाबु भएको स्पष्ट पार्दै आफ्नो एउटा नभई दुइटा श्रीमती भएको स्विकारेका छन्। उनले रुविना श्रेष्ठ कान्छी श्रीमती रिता भट्टराईबाट जन्मेकी बताएका छन्।

गृह मन्त्रालयको टोलीले गरेको सोधपुछको क्रममा प्रमुख सिंहले रिता भट्टराई नाम गरेकी आफ्नी कान्छी श्रीमती पनि भएको तर त्यो कुरा गोप्य राखेको बताएका हुन्। अनुसन्धान तथा सोधपुछमा मेयर सिंहले कुरा फेर्छन् कि भनेर लिखित, मौखिक र भिडियो बयान लिइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताएका छन्। मेयर सिंहले दिएको बयानको आधारमा आरोप पुष्टि गर्ने बयान आएकाले थप कारबाहीका लागि सहज भएको गृह स्रोतले जनाएको छ।

वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले नागरिकता किर्ते गरेको विरुद्धमा छानबिन गर्न गृह मन्त्रालयले उपसचिवको नेतृत्वमा दुई सदस्य टोली वीरगन्ज पठाएको  थियो।

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग नागरिकता किर्ते प्रकरणमा गृह मन्त्रालयको अनुसन्धान टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा मेयरसँग सवा २ घण्टा बयान लिइएका कार्यालयले जनाएको छ।

बयानको क्रममा मेयर सिंहले नागरिकता दिलाएको युवती आफ्नै छोरी भएको स्वीकारेपनि यो सत्य नभएको कतिपयको आशङ्का छ।  मेयर सिंहले जनप्रतिनिधिको हैसियतले निर्वाचन प्रक्रियामा भाग लिनेदेखि अन्य सबै प्रकारका विवरणमा एक श्रीमती र एक छोरा मात्रै रहेको यसअघि नै स्विकारेका थिए। निर्वाचन कार्यालय, बैंक लगायतका विवरणमा मेयर सिंह आफैले एकमात्र श्रीमती र एकमात्र छोरी रहेको उल्लेख गरेका छन्।

यसअघि नागरिकता किर्तेबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आन्तरिक रुपमा गठन गरेको छानबिन समितिले कार्यालयकै कर्मचारीहरूको संलग्नता देखाएपछि थप अनुसन्धानका लागी गृह मन्त्रालयले उपसचिव पुष्कर राणाको संयोजकत्वमा गठित दुई सदस्यीय टोली वीरगन्ज पठाएको हो।

शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहेको टोलीले एक श्रीमती र एक मात्र छोरा रहेको महानगरका मेयर सिंहले हुँदै नभएको छोरी बनाउँदा संलग्न कर्मचारी तथा सिफारिस कर्ता लगायत कार्यालयबाटै नागरिकताको मूल अभिलेखको फाइल गायब पार्ने सहितको अनुसन्धान गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ।

वीरगन्जका मेयर सिंहले रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई किर्ते गरी नागरिकता बनाइदिएको खुलासा भएको थियो। सोही विषयमा विभिन्न ७ वटा निकायमा उजुरी परेको थियो।वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी भूपेन्द्रमान सिंह र रुक्मिणी देवी श्रेष्ठको कान्छो छोराका रूपमा २०२७ सालमा जन्मिएका राजेशमान सिंहको एक मात्रै श्रीमती अन्नपूर्णा मानन्धर भएको र उनीबाट एक मात्र छोरा अनिशमान श्रेष्ठको जन्म भएको भन्दै प्रमुख सिंहले झुटो विवरणको आधारमा रुविनाको जन्म दर्ता र नागरिकता बनाएको भन्दै उनीमाथि उजुरी परेको थियो।

मेयरको नागरिकता किर्तेबारे संघीय सदनमा समेत प्रश्न उठ्न थालेपछि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको संयोजकत्वमा शाखा अधिकृत परशुराम पोखरेलसहितको समिति बनाएर वीरगन्ज पठाएको थियो।

विहिबार वीरगन्ज पुगेको गृहको टोलीले मेयरसँग बयान लिनु अगाडि शुक्रबार नागरिकता बनाउन सिफारिस गर्ने वडा नं. ३ को वडा कार्यालयका वडा अध्यक्ष, वडा सचिव र कार्यवाहक वडा अध्यक्षको बयान लिएको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस