काठमाडौ, जेठ २९ (नागरिक)- न्युरोड टिम (एनआरटी) लाई रोचक खेलमा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लबले ५-३ गोलअन्तरले पराजित गरेपछि नेपाल पुलिस क्लबले लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ३ बर्षअघिको लिग विजेता छवीलाई यसपाली पनि मुर्तरुप दिएको छ।
शुक्रवार दशरथ रंगशालामा दक्षिण कोरियाली मिडफिल्डर लि जी होनको ह्याटि्रक गोलको छाँयामा परेको एनआरटीले यो पराजयसंगै पुलिसलाई उसले २ खेल खेल्न बाँकी रहेको स्थितिमा उपाधि सुम्पिएको हो।
'यो सफलताको सम्पूर्ण श्रेय म आफ्ना खेलाडी, पदाधिकारीलगायत मलाई सहयोग गर्ने पुलिस टिमका सम्पूर्ण स्टाफलाई दिन चाहन्छु', लिगको २ खेल खेल्नु पूर्व शुक्रवार यस बर्षको पनि उपाधि विजेता भएपछि पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले नागरिकलाई प्रतिक्रिया दिए। पुलिसले २० खेलमा ४६ अंक बटुल्दै अंक तालिकामा आफुलाई शिर्षस्थानमा राखेको थियो। मनाङसंग पराजित एनआरटी २१ खेलमा ४० अंकमात्र बटुल्न सफल भएपछि पहिलो लेगको खेलमा लिगको शिर्षस्थानमा रहँदै भर्खरै बंगलादेशमा प्रेसिडेन्टकप खेलेको यो टोलीले अन्ततः पुलिसलाई उपाधि सुम्पिएको हो।
पुलिस गत लिगको पनि विजेता हो। अखिल नेपाल फुटबल संघ (एन्फा)को विवादका कारण ३ बर्ष लिग स्थगित हुनुअघि पनि पुलिसले विराटकृष्ण श्रेष्ठकै नेतृत्वमा लिग उपाधि जितेको थियो। २०६० सालबाट लिगमा पुनरागमन गरेको पुलिसको पछिल्लो ५ लिग खेलमा यो लगातार दोस्रो उपाधि पनि हो। २०६० र ६१ सालको लिगमा उपाधि नजिकै पुगेरपनि यो टोली दोस्रो स्थानमा खुम्चिन पुगेको थियो। ६२ सालमा टोलीको स्थान खस्किएर चौथोमा पुगेको थियो।
पुलिसले २० खेलमध्ये १३ मा जित र ७ बराबरीमा खेलेको थियो। क्लबले ३३ गोल गर्नुको साथै ७ गोलमात्र खाएको छ। 'हामी बाँकीको २ खेलपनि अपराजित हुँदै सम्पन्न गर्न चाहन्छौ', श्रेष्ठले भने। पुलिसले आफ्नो अघिल्लो खेल शनिवार थि्रस्टारसंग खेल्दैछ। यो टोलीको अन्तिम खेल आउँदो शनिवार हुँनेछ। पुलिसले अनुबन्धको समस्याका कारण लिग सुरु हुनुअघि नै आफ्ना दुई स्टार खेलाडी दीपेन श्रेष्ठ र योगेश श्रेष्ठलाई गुमाएको थियो। यस्तै, खेलाडीहरुको चोटको समस्या बोकेको यो टोलीले आफ्नो उपाधि रक्षा गर्न सफल भएपछि २० लाख रुपैया प्राप्त गर्ने भएको छ। यसपाली लिग उपाधि विजेतालाई २० लाख रुपैया दिने घोषणा एन्फाले गरिसकेको छ।
एनआरटीविरुद्ध जित हात पारेपछि मनाङ २७ अंकका साथ लिगको छैठौं स्थानमा रहन सफल भयो। मनाङका लागि कोरियाली स्ट्राइकर लिले ४१, ८३ र ८९ मिनेटमा गोल गर्दे ह्याटि्रक पुरा गरेका थिए। यसअघि जगजित श्रेष्ठले १०औं मिनेटमा गोल गर्दे मनाङको खाता खोलेका थिए। अर्को गोल २९ मिनेटमा कोरियाका अर्का खेलाडी ओ सुचुग ह्वानले गरेका थिए।
एनआरटीले जिवन सिन्केमानको हेडिङ गोलमा १९ औं मिनेटमा गोल गर्ने क्रममा सुरुमा खेललाई १-१ को बराबरीमा रोकेको थियो। निराजनले २४ मिनेटमा अर्को गोल थप्ने क्रममा एनआरटीलाई ५ मिनेटका लागि २-१ को अग्रता दिलाएका थिए। एनआरटीका लागि तेस्रो गोल अतिरिक्त खेलाडी विजय माझीले ९० मिनेटमा फर्काएका थिए।
जावलाखेल विजयी
यसअघि अन्तिम मिनेटमा पाएको पेनाल्टीको अवसरका कारण सामसुङ जावलाखेलले जिफाइभ मच्छिन्द्रमाथी २-१ गोलको जित हात पार्यो। ४ मिनेटको अतिरिक्त समय थप्नुअघि मच्छेन्द्रका महेश खड्काले डिबक्स भित्रबल छोएपछि पाएको पेनाल्टी अवसरलाई कप्तान राजकुमार केसीले गोलमा परिणत गरेका थिए। यसअघि विक्रम लामाले ३१ मिनेटमा गोल गरेका थिए। मच्छेन्द्रका कर्ण लिम्बुले ७० मिनेटमा खेललाई बराबरीमा राख्न सफल भएपनि त्यो अन्त्यमा खेर गएको थियो।