लहान, जेठ २९ (नागरिक)- नेकपा एमालेका नेता केपी ओलीले एकीकृत माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनै नसक्ने बताएका छन्। माओवादीले हिंसाको मार्ग नत्यागेकाले उसको नेतृत्वमा राष्ट्रिय सरकार निर्माण हुने पक्षमा सहमति जुट्न नसकेको उनले बताए।
माओवादी संविधानसभाको एजेन्डा छाडेर सरकारको एजेन्डा पक्रेर बसेको छ,' शुक्रबार सगरमाथा अञ्चलस्तरीय प्रशिक्षणमा ओलीले भने, 'यसले ऊ सत्ता कब्जाको मनसायमा रहेको स्पष्ट हुन्छ। जति रोई-कराई गरे पनि माओवादीको नेतृत्वमा सरकार बन्दैन।'
सहमतिअनुसार माओवादीले हिंसा छाडेर संवैधानिक प्रक्रिया नअपनाएको उनले आरोप लगाए। सहमतिको पक्षमा कुरा उठाउनेबितिकै माधव नेपालको राजीनामाको एकोहोरो बखेडा झिकेर माओवादी अध्यक्ष पुष्पकमल दहाल सहमति बिथोल्नमा लागिरहेको उनले बताए। 'न लडाकु व्यवस्थापनको टुङ्गो लगाउने, न सहमति पालना गर्ने, अनि माधव नेपालको राजीनामाको एकहोरो रट लगाएर सहमति हुन्छ?' उनले भने।
सरकारलाई असफल बनाउन पार्टीभित्रकै केही ठूला नेताले माओवादीको प्रभावमा सरकारविरुद्ध हस्ताक्षर गराउने र नारा लगाउने काम गरिरहेको टिप्पणी गर्दै उनले भने, 'यस्ता स्याल हुइयाँको अब कुनै जोर चल्नेवाला छैन।'