चुनावको चिन्ता नगरौँ, काम गरेर देखाऔँः गगन थापा
०६ पौष २०८०
•
५ मिनेट पाठ
चुनावको चिन्ता नगरौँ, काम गरेर देखाऔँः गगन थापा
कार्यक्रममा बोल्दै महामन्त्री गगन थापा। तस्बिर: महेश्वर
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अन्य पार्टीका जस्तो ०८४ को चुनावी चिन्ता नगरी काम गर्नुपर्ने बताएका छन्।




कटारीमा शुक्रबार आयोजित उदयपुर पार्टीको प्रथम सम्मेलनको उद्घाटन गर्दै महामन्त्री थापाले ०८० देखि ०८३ सम्मको ४ वर्षे अवधिमा कांग्रेसले कुरा होइन, काम गरेर देखाउनुपर्नेमा जोड दिए।

‘सबै पार्टीहरूले मिसन ०८४ भनेर चुनावलक्षित कार्यक्रम गर्दै हिँडेका छन् तर, मलाई लाग्छ चुनावको चिन्ता लिइराख्नुपर्दैन’ महामन्त्री थापाले भने ‘०८० देखि ०८४ सम्मको ४ वर्षे अवधिमा सरासर काम गरेर देखाऊँ, कांग्रेस यो बीचमा सरासर काम गरेर देखाउँछौँ, तपाँईहरु पनि त्यो बेलाको चुनावको चिन्ता अहिलेदेखि लिइराख्नुपर्दैन।’

जनताले अहिले काम खोजेको भन्दै राम्रा काम गर्दै गएपछि चुनावको मिसन बनाइरहन नपर्ने उनको भनाई थियो। उनले राम्रा काम गर्ने पार्टीलाई जनताले त्यसै भोट दिएर जिताउने विश्वास पनि लिए। 

कांग्रेसले ५ लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम ल्याउने भन्दै उनले त्यसका लागि सरकारलाई अघि बढ्न सुझाए। तर, सेना, प्रहरी, निजामती, वित्तीय संस्था र निजी क्षेत्र सबैमा गरी वर्षमा ५० हजार पनि रोजगारी सिर्जना हुने अवस्था नरहेकाले कांग्रेससमेतको गठबन्धन सरकारलाई सघाउँदै युवा पलायन रोक्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए।

अहिले मुलुकमा चरम निराशा बढिरहेको र केही तत्त्वले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था परिवर्तनको कुरा जबरजस्ती बहसमा ल्याइएको भन्दै थापाले यसो हुनुमा कांग्रेस लगायत ठूला पार्टीहरूकै कमजोरी रहेको औँल्याए।

अब ती कमीकमजोरीहरू कांग्रेसले पहिले आफू सच्चिएर र बिस्तारै अरूलाई सच्याउँदै अघि बढ्नुपर्ने प्रतिबद्धता थापाले जनाए। यति बेला खस्कँदो अर्थतन्त्र, चरम बेरोजगारी र सामाजिक सञ्जालमा आएका कुराहरूको विश्लेषण गरेर जनताको ठूलो हिस्सा नराम्ररी रिसाएको या निराश भएको थापाको भनाई थियो।

बाउआमा, छोराछोरी नेपालमा नबसेकोमा निराश, युवा पिँढी रोजगारी नपाएकोमा र विदेशमा दुःख गरी आएकाहरू स्वदेशमै जीविकोपार्जन गर्न नसकेकोमा निराश भएको महामन्त्री थापाको भनाई थियो।

निराश र रिसाएको डेढ करोड जनतामा आशा जगाउने काम अब कांग्रेसले गर्ने भन्दै त्यसका लागि केन्द्रदेखि वडा समितिसम्मका नेता कार्यकर्तालाई निर्देशन दिए।

नेपालको पुरानो, जेठो र ठूलो पार्टी भएको नाताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले जनतामा छाएको निराशालाई आसामा परिणत गर्ने जिम्मेवारी वहन गन कांग्रेस तयार रहेको बताए। 

‘ठूलो र पुरानो पार्टी भएकाले कांग्रेस देशको अभिभावक पनि हो’ थापाले भने ‘त्यसैले जनतामा छाएको निराशालाई आसामा परिणत गर्न, बेथितिलाई हटाएर थिति बसाल्ने जिम्मा कांग्रेसले नै लिनुपर्छ।’

अहिले देशमा पहिचान, धर्म, जात, भूगोल सबै खालका कुराहरू उठिरहेको भन्दै त्यस्ता सबै समस्याको समाधान गर्न कांग्रेसले अगुवाइ गर्नुपर्ने उनको भनाइ थियो। त्यसका लागि कांग्रेसले अन्य दलहरू पनि मिलाएर जानुपर्ने भन्दै थापाले त्यसका लागि पनि कांग्रेस तयार हुनुपर्ने बताए।

कांग्रेस आफ्नो धर्म मान्ने र अरुको धर्मलाई पनि सम्मान गर्नुपर्ने अडानमा रहेको उनले बताए। सबै देशवासीले पहिचान, भूगोल, धर्म र जातमा, आस्था र गर्व गर्न पाउने भन्दै उनले कांग्रेसले जनताको आस्थालाई सम्मान गर्दै अघि बढ्ने सुनाए।

महामन्त्री थापाले अहिले भ्रष्टाचार सबभन्दा डरलाग्दो गरी मौलाएको भन्दै एकपछि अर्को काण्ड मच्चिएको सन्दर्भ उठाउँदै ०४६ सालयताका सम्पूर्ण पूर्व उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे।

उनले ०४६ सालदेखि अहिलेसम्मका प्रधानमन्त्री, मन्त्री, सांसद, आइजिपी, प्रधानसेनापतिलगायत सम्पूर्ण पूर्व उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव आफूले संसद्मा पेश गर्ने बताए।

त्यसरी छानबिन गर्दा अकुत सम्पत्ति देखिएमा सबै देशको ढुकुटीमा राख्ने व्यवस्था मिलाउनुपर्ने थापाको भनाइ थियो।

गणतन्त्रमा अनुत्पादक खर्च भएको भनेर प्रदेश खारेजीको कुरा उठेको भन्दै उनले कांग्रेसले पञ्चायतकलामा १४ अञ्जल ७५ जिल्लामा भएको खर्चभन्दा कम बजेटमा ७५३ स्थानीय तह र ७ प्रदेश चलाउन सक्ने आर्थिक खाका पनि ल्याउने थापाले बताए।

उनले खर्चका कारण संघीयता धरापमा पर्ने कुरामा कसैलाई शंका नगर्न पनि सुझाए। आर्थिक अनुशासनहीनता भने बढेको देखिएकाले संघ, प्रदेश र स्थानीय तहले मितव्ययिता अपनाउनुपर्नेमा उनको जोड थियो।

सहमहामन्त्री भिष्मराज आङदम्बेले नेपाली कांग्रेस राणा, पञ्चायत र राजा फालेर आएको ऐतिहासिक र लोकतान्त्रिक पार्टी भएको बताए।

नेपाली कांग्रेस भ्रष्टाचारको सवालमा शून्य सहनशीलता अपनाएर अघि बढ्ने भन्दै सहमहामन्त्री आङदम्बेले त्यसमा केन्द्रदेखि प्रदेश, जिल्ला, स्थानीय हुँदै वडा पार्टीसम्मले भूमिका खेल्नुपर्नेमा जोड दिए।

कोशी प्रदेशमा जारी पहिचान पक्षधरको आन्दोलनतर्फ संकेत गर्दै पहिचानको मुद्दा पेचिलो भइरहेकाले आफ्नो भूगोल, पहिचान र धर्म प्रति सबैको लगाव हुनुलाई स्वाभाविक अर्थ्याए। जारी आन्दोलनप्रति कांग्रेस सचेत रहेको बताउँदै उनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएकाले जनताको माग समेट्दै अघि बढ्न कांग्रेसले भूमिका खेल्नुपर्नेमा जोड दिए।

अहिले कांग्रेसी नेताहरू बोल्नेभन्दा काम गर्ने ठाउँमा रहेको भन्दै उनले सबैलाई गफमा होइन, काममा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्मका सरकारले भौतिक विकासमा मात्र बजेट छुट्याउदै आएको तर, मानवीय विकासमा कसैको ध्यान नदिएको भन्दै आफू मुख्यमन्त्री भएपछि मानवीय विकासमा काम गर्न लागेको बताए।

उनले प्रदेशका १० वर्षमुनिका बालबालिकालाई चालु आर्थिक वर्षदेखि नै निःशुल्क उपचार सेवा दिने कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको बताए।

त्यसैगरी मासिक १५ सय पारिश्रमिकमा रातदिन गाउँघरमा बिरामीको सेवामा खट्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि प्रदेश सरकारले सम्मानसहित सर्दाम दिन लागेको योजना सुनाए। 

मुख्यमन्त्री कार्कीले विराटनगरमा खोल्ने भनिएको कांग्रेस नेतृ स्व. शैलजा आचार्य स्मृति हृदय रोग केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याएर प्रदेशवासी जनतालाई सकेसम्म निःशुल्क मुटुको उपचार सेवा दिन लागेको कुरा पनि बताए।

कटारी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न प्रस्ताव बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गर्दै प्रदेशबाट सक्दो सहयोग गर्ने बचन दिए।

पूर्व मुख्यमन्त्री उद्धव थापा, पार्टी केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, राजिव ढुंगाना, लक्ष्मी परियारलगायत वक्ताहरूले सिद्धिचरण लोक मार्गको निर्माण गर्न, भ्रष्टाचारबाट मुक्त रहन र पार्टी सङ्गठनप्रति दृढ भएर लागी पर्न आग्रह गरेका थिए।
अर्को समाचार
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
१४ मिनेट अघि
•
१ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।




आइतबार विराटनगरमा नेपाल पत्रकार महासंघ मोरङको ज्ञापन पत्र बुझ्दै महामन्त्री आचार्यले रास्वपा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका हुन्।

महामन्त्री आचार्यले समाजको अभिन्न अंग पत्रकारिता भएकाले पत्रकारितालाई अझ समृद्ध बनाउन पार्टी लागि पर्ने बताए।

‘प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज गर्ने नीति हिजो पनि नभएको र आज पनि छैन’, उनले भने,‘पत्रकारितालाई अझ समृद्ध बनाउन रास्वपा लागिपर्नेछ।’

पत्रकारहरूले राखेका जायज मागको सम्बोधन गरिने उनले स्पष्ट पारे। समाचार लेखेका आधारमा पत्रकारहरूलाई पक्राउ गरिएको, सरकारी सञ्चारमाध्यमहरूबाट श्रमजीवी पत्रकारहरूलाई निष्कासन गरिएको, अध्यादेशबाट प्रेस काउन्सिल सम्बन्धी कानुन निर्माण गरिएको लगायतका विषयमा असहमति जनाउँदै नेपाल पत्रकार महासंघले देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

सोही कार्यक्रम अन्तर्गत मोरङका पत्रकारहरूले रास्वपा महामन्त्री विपिन आचार्यलाई पार्टीको धारणा माग गर्दै ज्ञापन पत्र बुझाएका थिए।

यसैबिच आइतबारको आन्दोलनका कार्यक्रम अन्तर्गत रास्वपाको मोरङ जिल्ला पार्टी कार्यालयमा पनि पत्रकारहरूले केही बेर धर्ना दिएका छन्। 
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस