भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी
११ माघ २०७४
•
८ मिनेट पाठ
भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी
काठमाडौं – भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० वर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।

आइतबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश जारी गर्ने तयारी भए पनि विवादका कारण सम्भव भएन । आगामी मन्त्रिपरिषद् बैठकबाट जारी गर्ने तयारी भएको उच्चस्रोतले जानकारी दियो ।संविधानमा प्रदेशमा छुट्ट्रै प्रादेशिक प्रहरी संरचनाको व्यवस्था छ । प्रदेश सरकार गठनअगाडि सुरक्षा संरचनाको व्यवस्था गर्नुपर्ने भएकाले सरकारले त्यसैलाई आधार बनाएर अध्यादेश जारी गर्ने तयारी गरेको छ ।

उच्चस्रोतका अनुसार गृह मन्त्रालय पुगेको अध्यादेशको मस्यौदामा अहिले कायम रहेको ३० वर्षीय सेवा अवधिको प्रावधान हटाएर आइजिपी र एआइजीको पदावधिसमेत संशोधन गरिएको छ । मस्यौदामा आइजिपीको पदावधि ४ वर्षबाट घटाएर ३ वर्ष बनाउने र एआइजीको २ वर्ष बनाउने प्रस्ताव गरिएको छ ।

प्रहरीमा संगठनमा प्रवेश गरेको ३० वर्ष पुगेमा, पदावधिका आधारमा र ५८ वर्षे उमेर हदका आधारमा अवकाश हुने प्रावधान छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार मस्यौदाबारे प्रहरीभित्रै विवाद रहेकाले आइतबारको बैठकमा अध्यादेशको विषयले प्रवेश पाएन ।‘प्रहरीको संघीय संरचना कार्यान्वयन गर्न ऐन अध्यादेशमार्फत ल्याउन आवश्यक भए पनि विवाद देखियो,’ नाम उल्लेख गर्न नचाहेका ती मन्त्रीले भने, ‘संगठनभित्रै समेत विवाद देखिएपछि आइतबार यो विषयको प्रवेश भएन ।’

अहिले सात प्रदेशमा प्रादेशिक प्रहरी कार्यालय भए पनि कानुनतः तिनको अस्तित्व छैन । मन्त्रिपरिषद्को निर्णयका आधारमा एआइजी प्रमुख रहनेगरी क्षेत्रीय प्रहरी कार्यालयलाई नै प्रदेश प्रहरी कार्यालयमा रुपान्तरण गरिएको छ । संविधानतः यो अवैध हो । संविधानले सातै प्रदेशमा स्वायत्त प्रदेश प्रहरी कार्यालय रहने उल्लेख गरेको छ ।

जनार्दन शर्मा गृहमन्त्री हुँदा उनले संघीय प्रहरी ऐनको मस्यौदा बनाउन लगाएका हुन् । प्रदेशको निर्वाचनअगाडि नै सके संसद्बाट नसके अध्यादेशमार्फत भए पनि ऐन ल्याउने उनको तयारी थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले–माओवादी गठबन्धन बनेसँगै माओवादीका सबै मन्त्री बिनाविभागीय बने ।

शर्मासमेत बिनाविभागीय भएपछि प्रक्रिया रोकिएको थियो । गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोही मस्यौदालाई अध्यादेशका रुपमा जारी गर्ने तयारी गरेका हुन् ।प्रदेशसभाको निर्वाचन र शपथ ग्रहणसँगै सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले प्रहरीको संघीय संरचना कार्यान्वयन गर्न सरकार दबाबमा छ । यही मौका छोपेर अहिले कायम रहेको अवकाशसम्बन्धी प्रावधान संशोधन गराएर अध्यादेश जारी गराउन एक समूह सक्रिय छ ।

स्रोतका अनुसार गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा एआइजी भएका अधिकांश सुदूरपश्चिमका छन् ।३० वर्षे सेवाअवधि कायम रहे अहिले एआइजी पदमा रहेका सबैले अवकाश पाउने भएपछि सेवा अवधि हटाएर अध्यादेशमार्फत ऐन ल्याउन एआइजीहरु नै सक्रिय देखिएका छन् ।

३० वर्षे सेवा अवधिका कारण आइजिपी र एआइजीले तोकिएको पदावधिभन्दा अगाडि नै अवकाश पाउने भएपछि सेवाअवधिको प्रावधान हटाउन लबिङ हुँदै आएको थियो ।प्रहरी नियमावलीमार्फत नै पदावधिको प्रावधान संशोधन गर्नसक्ने भए पनि सर्वोच्च अदालतले ‘प्रहरी कर्मचारीको वृत्ति विकाससँग प्रत्यक्ष प्रभाव पार्ने प्रावधान ऐनमै उल्लेख गर्न’ दिएको निर्देशनका कारण सरकार अध्यादेशमार्फत ऐन ल्याउने तयारीमा सक्रिय भएको हो ।

अध्यादेश लागू भए २ महिनापछि प्रहरीको नेतृत्वमा पुग्नसक्ने डिआइजीहरुको वृत्ति विकासमा प्रत्यक्ष असर पर्नेछ । ३० वर्षे सेवाअवधि कायम भए वर्तमान आइजिपी प्रकाश अर्यालसहित सबै एआइजीले अवकाश पाउनेछन् ।३० वर्षे सेवाअवधिका कारण अधिकांश आइजिपी र एआइजीले पदावधि पूरै नगरी अवकाश पाउने भएकाले सेवाअवधि हटाउने पक्षमा संगठनका अधिकांश अधिकारी सहमत देखिन्छन् ।

आफू नेतृत्वमा पुग्न सक्ने अवस्थामा ३० वर्षे सेवाअवधि कायम राख्न दबाब दिने र नेतृत्वमा पुगेपछि हटाउन खोज्ने प्रवृत्तिका कारण संगठनमा यो पाटो सधैं विवादित हुने गरेको छ ।सेवाअवधिको प्रावधान हटे अहिलेका आइजिपी अर्यालसहित सबै एआइजीको अवधि २ वर्ष बढ्नेछ । आइजिपी अर्यालसहित सबै एआइजी २०४४ चैत २९ मा प्रहरी संगठनमा प्रवेश गरेका हुन् । ३० वर्षे प्रावधानअनुसार उनीहरु सबैले २०७४ चैत २९ मा अवकाश पाउनेछन् । त्यसैले उनीहरु सेवाअवधिको प्रावधान हटाउने लबिङमा सक्रिय देखिएका छन् ।

सेवाअवधिको प्रावधान हटे अहिलेका डिआइजीमध्ये वरिष्ठतामा अगाडि रहेका गणेश केसी ब्याचका डिआइजीसमेत सम्भावित नेतृत्वमा आउने भएकाले सो ब्याच पनि सक्रिय भएको स्रोतले बतायो । हालकै व्यवस्था कायम रहे केसी  पनि अर्याल समूहसँगै घर फर्कनेछन् ।सरकारले सेवाअवधि हटाएर अध्यादेश ल्याउने पक्कापक्की भएपछि एक समूह राष्ट्रपतिमार्फत अध्यादेश प्रमाणीकरण लम्ब्याउनसमेत सक्रिय भएको छ ।

‘प्रहरीमा ३० वर्षे प्रावधान हटाउन आवश्यक छ । हटाउँदा तत्काल वृत्ति विकासमा असर पर्ने समूहको सम्बोधन हुनैपर्छ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘संघीयता कार्यान्वयनका लागि अध्यादेश चाहिन्छ । आफू निकटको फाइदा नहेरी ल्याए राम्रै हुन्छ । व्यक्तिको नाफाघाटा हे¥यो भने संगठनभित्र बढेको गुटबन्दी झन् बढ्छ ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस