'नेतृत्व छाड्न कानुनी जटिलता'
०५ पौष २०७४
•
८ मिनेट पाठ
'नेतृत्व छाड्न कानुनी जटिलता'
काठमाडौं- सरकारले नेतृत्व हस्तान्तरणका लागि संवैधानिक र कानुनी जटिलता बाँकी रहेको स्पष्ट पारेको छ । जटिलताको निकास ननिस्केसम्म नेतृत्व हस्तान्तरणमा कठिनाइ भएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार बताएका छन्।

नेतृत्व हस्तान्तरणबारे सरकार र एमाले–माओवादी गठबन्धनबीच बहस भइरहेका बेला प्रवक्ता बस्नेतले सरकारको औपचारिक धारणा सार्वजनिक गरेका हुन् । ‘नवीन अवस्थाको संघ र प्रदेशको संवैधानिक संरचनामा प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाले पूर्णाकार लिएपछि मात्र मुलुकले कल्पेको समावेशी चरित्रको तीन तह (स्थानीय, प्रादेशिक र संघीय) सरकार निर्माण हुने प्रावधान छ,’ सरकारी धारणामा उल्लेख छ, ‘वर्तमान सरकार कानुनी जटिलता निम्ताएर सत्ता लम्ब्याउन चाहँदैन, सरकारले सहज सत्ता हस्तान्तरणका लागि वैधानिक उपाय खोजिरहेको छ ।’

प्रत्यक्ष र समानुपातिकतर्फ मतगणना सकिएको छ । प्रत्यक्षतर्फ दलहरूले प्राप्त गरेको सिट सार्वजनिक भएको छ । समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको मत बाहिर आए पनि निर्वाचन आयोगले भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन। संविधानको धारा ८४ र ८६ अनुसार निर्वाचन आयोगबाट निर्वाचनसम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको  सिट बाँडफाँट गरी व्यक्तिसमेत यकिन भएपछि संसदीय परम्पराअनुसार सरकार गठन प्रक्रिया थालनी हुने सरकारको भनाइ छ ।

‘नयाँ सरकार संघीय कानुनले निर्धारण गरेको ढाँचामा बनाउनुपर्छ, अहिले सो काननु जारी भइनसकेको अवस्था एकातिर छ भने अर्कोतिर प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचन ऐन पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन’, सरकारले भनेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले नेतृत्व हस्तान्तरणका लागि राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिले स्वीकृत गरी प्रमाणित गर्नुपर्ने जनाएको छ । ‘सम्माननीय राष्ट्रपतिज्यूबाट सो अध्यादेश स्वीकृत गरी छिटोछरितो कार्यसम्पादनसहित सत्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण हुनेछ भन्ने विश्वास सरकारले लिएको छ,’ मन्त्री बस्नेतले भने, ‘त्यसैअनुरुप सो कार्यको सहजीकरणका लागि सरकारका प्रवक्ताको हैसियतले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष हार्दिक अनुरोध पनि गर्छु ।’

दलीय सहमति नभएपछि उक्त अध्यादेश दुई महिनाअघि राष्ट्रपतिसमक्ष पेस गरिए पनि  स्वीकृत नगरिएकोमा सरकारले आक्रोश र चिन्ता व्यक्त गरेको छ । ‘राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई समेत यस क्रममा दलीय अनुकूलतामा प्रयोग गर्ने दुष्प्रयासको आभास हुन थालेको छ । उक्त अध्यादेश अहिलेसम्म राष्ट्रपति कार्यालयमा रोकिएको छ, यो हामी सबैका लागि अत्यन्तै चिन्ताको विषय हो ।’

सरकारले सत्ता हस्तान्तरणका लागि वाम गठबन्धनले दिएको दबाबप्रति आक्रोश व्यक्त गरेको छ । ‘जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट प्रत्यक्षतर्फको परिणाम घोषणा भएर विजयी भएको प्रमाणपत्र लिनासाथ सीधै कार्यपालिका कब्जा गर्ने, प्रधानमन्त्री र मन्त्रीपद सम्हालिहाल्ने त पक्कै होइन होला’, बस्नेतले भने, ‘निर्वाचन कानुनअनुसार सबै निर्वाचन सम्पन्न गरेको जानकारी दिन बाँकी नै छ, राजनीतिक दलहरू आफैंले संसदीय दलको नेता चयनदेखि अन्य कार्यभार पूरा गरिसकेका छैनन् ।’

निर्वाचन नै सम्पन्न नभई सत्ता हस्तान्तरणका लागि दबाब दिनु अनुचित र हास्यास्पद भएको सरकारको निष्कर्ष छ । ‘निर्वाचनमार्फत व्यक्त जनमतको उच्च कदरका साथ संवैधानिक प्रक्रिया पूरा गरेर सहज र हार्दिकताका साथ शीघ्रातिशीघ्र सत्ता हस्तान्तरण गर्ने गराउने परिस्थिति निर्माणका लागि सरकारतर्फबाट सबैमा अनुरोध गर्छु’, प्रवक्ता बस्नेतले भने ।

सरकारले आफूले पाएको जिम्मेवारीअनुसार स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने कार्य कुशलतापूर्वक सम्पन्न गराएको छ । निर्वाचन सम्पन्न गराउन आआफ्नो ठाउँबाट भूमिका खेल्ने सबैलाई सरकारले धन्यवादसमेत दिएको छ ।

एमालेलाई सरकारको चेतावनी

सरकारका प्रवक्ता मोहन बस्नेतले संसद्मा ठूलो आकार पाएको एमालेलाई लक्षित गरी ‘चेतावनी’ को भाषा प्रयोग गरेका छन् । उनले संसद्को ठूलो दलले सरकार बनाउने सामान्य नियम भए पनि विगतमा तेस्रो ठूलो दलले समेत सरकार बनाएको सम्झिन आग्रह गरेका छन् । ‘स्मरण रहोस्, देशमा संविधानअनुसार विगतमा संसद्मा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटकपटक सरकार गठन भएको इतिहास पनि सबैको मानसपटलमा ताजै छ,’ प्रवक्ता बस्नेतले भने, ‘विगतमा कानुनी प्रक्रिया पूरा नगरिदिएका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि ६÷६ महिनासम्म सरकार गठन हुन नसकेको नमिठो अनुभव पनि हामीले बेहोरेका छौं ।’ सम्पन्न निर्वाचनअनुसार संसद्मा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियतमा देखिने भएका छन् ।

मन्त्री बस्नेतले निर्वाचन सम्पन्न भएपछि गरिएका नियुक्तिप्रतिको आलोचनाको प्रतिवाद गर्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म यो क्रम चलिरहने जनाएका छन् । ‘प्रधानमन्त्रीले राजीनामा नदिउन्जेल नियुक्ति गरिन्छ, कानुनतः पनि गर्न पाइन्छ’, बस्नेतले भने । सरकारको कार्यक्षेत्रभित्र पसेर एमाले नेताहरू तथा केही वकिलले कानुनको अपव्याख्या गरेको टिप्पणी पनि उनले गरे ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
७ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस