प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?
२१ कार्तिक २०८०
•
३ मिनेट पाठ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः रिगल आममाफी प्रकरणबारे नैतिक जिम्मेवारी कसले लिने ?
चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई अदालतले पुनः जेल चलान गर्न आदेश दिएसँगै सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले गरेको आदेशले कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा देशमा भइरहेका बेथितिलाई लगाम लगाउन र थिति बसाउन यस घटना कोशेढुंगा सावित हुने बताए।




उनले सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिन नसकेको बताए। अहिलेसम्म पनि सरकारले यस घटनाको नैतिक जिम्मेवारी लिइ आत्मलोचना र माफी समेत नमागेको उनको भनाइ छ। उनले सरकारले यस घटनाको जिम्मेवारी लिएर राजीनामा दिनुपर्नेमा अहिलेसम्म आत्मलोचना र जिम्मेवारी समेत नलिएकोप्रति दुःख व्यक्त गरे। उनले यस घटनाको जिम्मेवारी लिने कोही छैन सरकारमा? भन्दै प्रश्न गरे। उनले निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफी दिने प्रचलन विकसित देशमा पनि हुने गरेको भन्दै सरकारले जथाभावी गर्दा अदालतले हस्तक्षेप गर्ने यस किसिमका घटनालाई स्वभाविक मान्नुपर्ने बताए। उनले गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्ने भएपनि राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गरिरहेको बताए। पीडितको परिवारजनले माफी दिन तयार नभएसम्म यस किसिमका घटनामा माफी दिनु नहुने बताए। प्रधानमन्त्रीले यस घटनाको नैतिक जिम्मेवारी लिइ पदबाट राजीनामा गर्नुपर्ने उनको माग छ। यस घटनामा राष्ट्रपति कार्यालयले समेत हेलचेक्राँई गरेको उनको ठहर छ। राष्ट्रपतिको कार्यालयले कस्तो सिफारिस हो भन्नेकुरामा ध्यान दिनुपर्ने बताए।  

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले कार्तिकको १६ गते जे आदेश ग¥यो कैदमा बसेको व्यक्तिको कैद छुटको सन्दर्भमा माफीको सन्दर्भमा यो वास्तवमै हाम्रो बेथितिलाई लगाम लगाउनलाई र थिति बसाउनलाई यो कोशेढुंगा सावित हुनेवाला छ। यो अत्यन्तै महत्वपूर्ण फैसला सम्मानित सर्वोच्च अदालतले गरेको छ। विकसित मुलुकमा पनि कैद सजाय पाएका मानिसहरुको सन्दर्भमा निश्चित अवधि भुक्तान गरिसकेपछि चालचलन, आचरणलाई आधार बनाएर माफीको प्रचलन हुन्छ। तर त्यो गरिरहँदै गर्दा त्यसको मर्मलाई कुल्चियो भने अदालतले यसरी नै गरेको जस्तो हस्तक्षेपलाई स्वभाविक मान्नुपर्ने हुन्छ। कतिपय यस्ता मुद्दाहरु हुन्छन्, जुन मुद्दाको सन्दर्भमा माफीमा जान पाइँदैन। कैद छुट गर्न पाइँदैन। सरकारले अहिले जे कैद छुट गयो, त्यो छुट गरिसकेपछि हामीले थाहा पाउँदै गर्दा कतिपयले के भन्नुहुन्छ भन्दा पार्टीको महामन्त्रीले त सरकारले कैद छुट गर्नभन्दा अघि नै रोक्नुपर्दथ्यो भन्छन्। तर वास्तविकता सरकारले निर्णय गरेकोमा पार्टीका महामन्त्रीको कुरा रहँदैन। पार्टीको कुरा के थियो, त्यो मुख्य कुरा हो । गणतन्त्र बलियो बन्न राष्ट्रपति संस्थाको गरिमा हुनुपर्छ। तर राष्ट्रपति संस्थालाई विवादित बनाउने कार्य सरकारले गर्दैछ। यसअघि आम माफीको केसमा पनि गरेको थियो। पीडित परिवारजन माफी दिन चाहन्छ की चाहँदैन, त्यो हेर्नुपर्छ। अब प्रावधान बनाउँदै गर्दा छिद्रमा टेकेर जुन गल्ती भएको छ, त्यसलाई टाल्न पीडितको परिवारजनले माफी दिन तयार छ की छैन? भन्नेकुरा सोक्नुपर्छ । त्यो व्यवस्था गर्नुपर्छ। सर्वोच्चले गल्ती भयो भनेर फैसला गर्दासमेत कोही पनि आत्मलोचना गरेको देख्दिन। हाम्रो पार्टीको कानूनमन्त्री हुनुहुन्छ, पार्टीको उपभासपति पार्टीको टिमको लिडरसिप गरेर मन्त्रीमण्डलमा उपप्रधानमन्त्री हुनुहुन्छ। कसैले जिम्मेवारी लिनुपर्दैन? सम्माननीय प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन? बोल्नुपर्दैन? राष्ट्रपतिको टेबुलमा पुग्दैगर्दा राष्ट्रपतिको टेबुलमा पनि राष्ट्रपतिको कार्यालयमा रहेको टिमले पनि कस्तो सिफारिसको कुरा आएको छ भनेर हेर्नुपर्दैन । कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो। कसैले राजीनामाको चरणमा पुग्न नसक्ने हो भने माफी मागेर आउनुपर्दथ्यो सरकारको तर्फबाट । त्यो पनि होइन भने आत्मलोचना हुनुपर्दैन। कोही छैन जिम्मेवारी लिने? यस्तो गम्भीर घटना हुने अनि राज्यले केही थाहा नपाएको जस्तो गरेर सबै राम्रो चलिरहेको छ भन्ने। यो अत्यन्तै गम्भीर घटना भएको छ। यसमा कसले हो जिम्मेवारी लिने? कोही नैतिक जिम्मेवारी लिने, पद त्याग गर्ने कोही जिम्मेवार व्यक्ति हुनुहुन्छ की हुनुहुन्न?’

चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भएको थियो।  
अर्को समाचार
सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको विश्वप्रकाशको टिप्पणी
०८ फागुन २०८०
•
२ मिनेट पाठ
सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको विश्वप्रकाशको टिप्पणी
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै भरपर्दो विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।




ललितपुरको गोदावरीमा जारी पार्टी महासमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सो कुरा बताएका हुन्। 

महामन्त्री शर्माले नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न पनि सरकार पछि परेको बताए। संघीयताको मर्मअनुसार कानून निर्माण गर्न नसक्नु सरकारको सबैभन्दा ठूलो कमजोरी रहेको पनि उनले औंल्याए। सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको दिशामा केही गर्न प्रयास गरेपनि संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाई गर्नु संघीय सरकारको एकदमै कमजोरी रहेको महामन्त्री शर्माको भनाई थियो। उनले प्रदेश सरकार र स्थानीय सरकारको कामको गति र प्रभावकारिता बढाउने गरी संघीयता सम्बन्धि कानूनको तत्काल व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।  

महामन्त्री शर्माले भने, ‘वर्तमान सरकारमार्फत कम्तिमा संविधान रक्षाको कार्यभार सम्पादन भएको छ। भ्रष्टाचार नियन्त्रण गर्न केही पहलकदमी, अनि अपर्याप्त भएपनि सुशासनको दिशामा केही प्रयास देखिएको छ। जटिल मोडमा पुग्दै गरेको अर्थतन्त्र क्रमश: सम्हालिदै सुधारोन्मुख दिशामा छ। यद्यपि नागरिकको भावना अपेक्षित गतिमा सम्बोधन गर्न र गठबन्धनमै आवद्ध पार्टीका साथीहरुमा भरपर्दो विश्वास जगाउन सरकारले सकिरहेको छैन। संघीयताको मर्म अनुरुप प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउन निर्माण गर्नुपर्ने केही महत्वपूर्ण कानून निर्माणमा गर्नै नहुने ढिलाई संघीय सरकारबाट भएको छ। यो एकदमै कमजोरी हो। संघीयता खराव भन्नेले भनिदिँदा पुग्छ। तर आवश्यक हो भन्नेले त्यति भनेर पुग्दैन। कर्मले सावित गर्नुपर्ने हुन्छ। अधिकार सुम्पिनसम्म ढिलाई गर्दा त्यसले प्रदेश सरकारहरुको गति र प्रगतिलाई असर गरेको छ। संघीय सरकारले अविलम्व आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ। अघिकार प्राप्ती पछि प्रदेश सरकारहरुले आफ्नो गतिलाई दोब्बर बनाउनु पर्छ। वर्तमान सरकारको सफलता, असफलतासँग काँग्रेसको पनि छविन गाँसिएको छ। सरकारले गरेका राम्रा कामको जस लिन नसक्ने, तर अपजसहरुको भारी बोक्नुपर्ने? भन्ने प्रश्न र असन्तुष्टि काँग्रेस पार्टी पंक्तिमा देखिन्छ। पूरै ५ वर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ। तर अर्कोतर्फ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ। काँग्रेसका केही मन्त्रीको कार्य सम्पादन सन्तोषजनक निश्चिय नै छ। तर केही मन्त्रीको भुमिका मन्त्रीको रुपमा प्रभावकारी बिल्कुलै देखिएको छैन। काँग्रेसका केही मन्त्रीहरुको कार्य सम्पादन सन्तोषजनक निश्चिय नै छ। तर केही मन्त्रीको भुमिका मन्त्रीको रुपमा प्रभावकारी बिल्कुलै देखिएको छैन। प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु एवं स्थानीय तहका हाम्रा नेतृत्वको कार्य सम्पादन प्रभावकारिताको समिक्षा प्रदेश कार्य समितिमार्फत अलग्गै गर्नुपर्ने छँदैछ। तर महासमितिको यो बैठक सबै तहको सरकारका रहेका पार्टी प्रतिनिधिलाई जन अपेक्षाको कसीमा खरो ढंगले उत्रने गरी कार्य क्षमता र गति बढाउन निर्देशित गर्दछ। पन्न भएको छ।’
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस