राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नुपर्छ: सांसद् राई
०१ कार्तिक २०८०
•
४ मिनेट पाठ
राजतन्त्र र गणतन्त्रको संसदीय अभ्यास एउटै हुन सक्दैनन्, यसलाई सुधार्नुपर्छ: सांसद् राई
मुलुक सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छ। दश वर्षे जनयुद्ध, जनआन्दोलन हुँदै मुलुक गणतन्त्रमा प्रवेश गरेको पनि डेढ दशक नाघिसकेको छ। गणतन्त्र स्थापनापछि तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन्। तर, हाम्रो संसदीय अभ्यास र सोच अझै पनि राजतन्त्रकालीन अवस्थाको रहेको भन्दै सदनमा बारम्बार आवाज उठ्ने गरेको छ।




सदनमा सांसदहरूले संसदीय अभ्यासलाई अहिलेको व्यवस्थाअनुकूल चलाइनुपर्छ भनेर आवाज उठाइरहँदा विकृति संसदीय अभ्यासले ‘परम्परा’का नाममा निरन्तरता पाइरहेको देखिन्छ। नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राई पुरानो अभ्यासलाई यथास्थितिमा अगाडि बढ्दा प्रभावकारी काम गर्न नसकिने दाबी गर्छिन्।

राजतन्त्रकालीन संसदीय अभ्यास र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संसदीय अभ्यास एकै हुन नसक्ने उनको भनाइ छ।

‘हाम्रो संसदीय अभ्यासमा सुधार गर्दै जानुपर्छ। कमीकमजोरी सुधारेर अगाडि बढ्नुपर्छ’, सांसद् राई भन्छिन्, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अगाडि बढाउन, सङ्घीयता कार्यान्वयन तथा गणतन्त्रलाई संस्थागत गर्न सबैको ध्यान जानुपर्छ। नराम्रा संसदीय अभ्यासलाई सुधार्दै अगाडि बढ्नुपर्छ।”

संसद् अवरुद्ध गर्नु नपर्ने विषयलाई लिएर पनि सदन अवरुद्ध भइरहेको उल्लेख गर्दै उनले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने तथा गलत कामको खबरदारी गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन्।

‘सरकारले राम्रो काम गरिरहेको छ, तर दलीय स्वार्थका कारणले संसद् अवरुद्ध भइरहेको छ। प्रतिपक्षले सरकारले गरेका राम्रा कामलाई समर्थन गर्नुपर्छ’, सांसद राईले भनिन्, ‘प्रतिपक्ष जो पनि हुन सक्छ। आज एउटा पार्टी सत्तामा छ। भोलि अर्को पार्टी सत्तामा हुन सक्छ। प्रतिपक्षी रचनात्मक र सिर्जनात्मक हुनुपर्छ, राम्रा काममा समर्थन र गलत कामको खबरदारी गर्नुपर्छ।”

सदनमा धारणा राख्ने क्रममा कतिपय अवस्थामा असीमित समय दिँदा समयको दुरुपयोग भइरहेकोतर्फ उनले बारम्बार आवाज उठाउँदै आएकी छन्। पूर्वप्रधानमन्त्री भइसकेका सांसदलाई सदनमा असीमित समय दिइएको विषयमा सांसदहरूले बारम्बार सभामुखको ध्यानाकर्षण गराइरहेको देखिन्छ।

सांसद राई कानुन निर्माणसँगै जनताको आशा र अपेक्षा पूरा गर्न ध्यान दिनुपर्ने भएकाले सांसदको दोहोरो भूमिका रहेको बताउँछिन्। सङ्घीय सांसद भएको हुनाले निश्चय रूपमा आफूहरूको भूमिका कानुन निर्माणमै केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

“सांसद जनतासँग प्रत्यक्ष जोडिने भएको हुनाले जनताको समस्या तथा आशा, अपेक्षा पनि पूरा गर्नुपर्ने हुन्छ। सांसदहरू दोहोरो भूमिकामै रहन आवश्यक हुन्छ”, उनी भन्छिन्, “सदनमा दर्ता भएका विधेयक संशोधन गर्दै त्यसलाई उत्कृष्ट बनाउन भूमिका खेल्नुपर्ने हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर विकास निर्माणमा पनि ध्यान दिनुपर्ने हुन्छ, जनतासँग नजोडिएको अवस्थामा जनता असन्तुष्ट हुने भएकाले दुवै काममा सांसद सक्रिय हुनुपर्छ।”

सङ्घीयता कार्यान्वयनमा बाधा सिर्जना गर्ने प्रवृत्ति देखिएको सांसद राईको ठम्याइ छ। “संसदमा प्रतिनिधित्व गर्ने दलहरूमा पनि सङ्घीयतालाई लिएर फरक बुझाइ छ। सङ्घीयता कार्यान्वयन नहोस् भन्ने दलको पनि सदनमा उपस्थिति छ”, उनले भनिन्, “सङ्घीयता कार्यान्वयन गर्ने ठाउँमा हामीलाई जटिलता छ। तर मुलुक कुनै पनि हालतमा पछाडि फर्कँदैन। पछाडि फर्केर गन्तव्यमा पुगिंदैन। पूर्ण रूपमा सङ्घीयता कार्यान्वयन हुन्छ।’

नेकपा (माओवादी केन्द्र) की सांसद राई शान्ति प्रक्रियाका बाँकी कामलाई जति सक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिन्छिन्। शान्ति सम्झौता भएको लामो समय भइसक्दा पनि निष्कर्षमा पुग्न नसक्नु विगतका सरकारको कमजोरी भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन काम गरिरहेको बताइन्।

विसं २०१९ कात्तिक २७ गते भोजपुरको टेम्केमैयुङमा जन्मिएकी  सांसद राई २०३५ सालदेखि राजनीतिमा आबद्ध भएकी थिइन्। उनी चौथो महाधिवेशनको विद्यार्थी सङ्गठन छैटौँमा २०३५ सालदेखि संलग्न, २०३८ सालमा चौथो महाधिवेशन पार्टी सदस्यता प्राप्त, २०४२ सालपछि मसाल, एकता केन्द्र हुँदै माओवादी सेल कमिटीदेखि राजनीतिक समितिसम्म आबद्ध भइन्। उनी हाल माओवादी केन्द्रको केन्द्रीय सदस्य रहेकी छन्।

“शान्ति सम्झौता सम्पन्न भएको डेढ दशक नाघिसकेको छ, तर शान्ति प्रक्रियाका केही काम अझै बाँकी छन्। सङ्क्रमणकालीन न्यायको विषय अगाडिका सरकारले नै टुङ्ग्याउनुपर्ने थियो। वर्तमान सरकारले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन सबै राजनीतिक दलसँग छलफल गरिरहेको छ। सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रक्रियामा छ। सरकार र संसद्ले शान्ति प्रक्रियाका कामलाई तत्काल निष्कर्षमा पुर्‍याउनुपर्छ”, उनले भनिन्।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुगे मात्रै मुलुक स्थिर शान्तिको बाटोमा अगाडि बढ्ने सांसद राईको भनाइ छ। “एउटा पार्टी, अर्को पार्टी भन्नेभन्दा पनि समग्र मुलुकलाई दिगो शान्तिको बाटोमा अगाडि बढाउन शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन सरकार र सांसदको पहिलो जिम्मेवारी हुनुपर्छ।

अलिहेको संसद्को पहिलो काम नै शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने हुनपर्छ”, उनले भनिन्., “आफ्नो अनुकूलता अनुसार शान्ति प्रक्रियालाई बिथोल्ने, बल्झाउने काम भयो भने मुलुकले समृद्धि हासिल गर्न ढिला हुन्छ। सरकार र संसद्ले यस विषयलाई गम्भीर रूपमा ध्यान दिनुपर्छ, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनुको विकल्प छैन।”

सांसद राईले दसैँ, तिहार, नेपाल संवत्, छठ, उधौली, ल्होसार लगायत राष्ट्रिय पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरिन्। “देश र जनताको पक्षमा राम्रा काम गर्न राष्ट्रिय पर्वले प्रेरणा देओस्, मुलुक दीर्घकालीन शान्तिको बाटोमा अगाडि बढोस्”, उनले भनिन्।  
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
२ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ४ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस