काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?
२४ कार्तिक २०७४
•
८ मिनेट पाठ
काठमाडौं–१ मा प्रकाशमान, रवीन्द्र र अनिल : कसले मार्ला बाजी?
काठमाडौं-१ का उम्मेदवारहरु क्रमशः मिश्र, शर्मा र श्रेष्ठ
काठमाडौं—आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर एकलाई निकै चासोका साथ हेरिएको छ । यसरी रोचक हुनुको कारण हो, पुस्तैनी कांग्रेसको राजनीति गर्दै आएका प्रकाशमानसँग लामो पत्रकारिता पेसा त्यागेर राजनीतिबाट देश बदल्ने अभियानमा लागेका रवीन्द्र मिश्र र बाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्मा चुनावी मैदानमा उत्रिएका छन्।




रवीन्द्र मिश्र राजनीतिलाई नजिकबाट अध्ययन गरेका व्यक्ति हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता गणेशमानसिंह श्रेष्ठमा पुत्र प्रकाशमानलाई राजनीतिको लामो अनुभव छ। त्यसैसगरी अनिल माओवादी केन्द्र विद्यार्थी नेता हुन्। मिश्रले लण्डन विश्वविद्यालय बेलायतबाट अन्र्तराष्ट्रिय राजनीतिमा स्नातकोत्तरसमेत गरेका छन्। पत्रकारितामा लामो समय बिताएका मिश्रले नेपाली राजनीतिको हरेक अंश केलाउन सक्षम छन्।

वैशाख ३१ गते सम्पन्न  स्थानीय  निर्वाचनमा पहिलो पटक मैदानमा होमिएको साझा पार्टी र विवेकशील नेपाल मिलेर बनेको विवेकशील साझा पार्टीका उम्मेदवार मिश्र प्रत्येक मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन्।

नेपालमा पुराना राजनीतिक दलहरुले देशलाई अस्थिरताबाट बाहिर ल्याउन नसक्ने भएकोले वैकल्पिक शक्तिको आवश्यकता अनुरुप विवेकशील साझा पार्टी स्थापना गरेको बताउने मिश्रले मुलुकलाई परिवर्तन गरी छाड्ने अठोटका साथ मैदान होमिएको बताउँदै आएका छन्।

रवीन्द्र मिश्रको जनलहर, बाम गठबन्धनको राम्रो जनाधार तथा प्रकाशमान सिंहको बलियो पकडबीच काठमाडौं–१ मा त्रिपक्षीय भिडन्त हुने देखिन्छ। 

स्थानीय निर्वाचन साझा पार्टीबाट मेयर पदका उम्मेदवार किशोर थापा र विवेकशीलकी मेयर उम्मेदवार रञ्जु दर्शनाले राम्रो मत पाएका थिए। त्यही मतका आधारमा विवेकशील साझा पार्टीले जनताले आफूलाई लोकप्रिय मत दिएको र जनताले विकल्पको खोजीमा आफूलाई रुचाइको भन्दै प्रचार गरिरहेको छ।

काठमाडौंका सचेत मतदाता देशमा वर्षौदेखि सत्ता प्राप्तिका लागि मात्रै गरिएको राजनीतिले वाक्क भइसकेकोले यसपटक आफूलाई राज्ने उनको विश्वास छ। ‘काठमाडौंमा एकदम सचेत मतदाताहरु छन्। हामी प्रचार अभियानामा जाँदा पनि ठूला भनिएका पार्टीहरुबाट वाक्क भइससकेकाले वैकल्पिक शक्तिको खोजीमा छौं भन्नेहरु थुप्रै भेटिनुहुन्छ। म जित्नेमा कुनै शंका छैन’, मिश्रले नागरिकन्युजसँग भने।

यी विषयमा आधारित भएर मात्रै मिश्र जितका लागि पुग्ने मत पाउँछन् भन्न सकिने अवस्था छैन। काठमाडौं–१ बाट नेपली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पनि उम्मेदवार छन्। यो क्षेत्र लामो समयदेखि काँग्रेसको पकड क्षेत्र मानिन्छ। २०६४ र २०७० सालको पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमासमेत प्रकाशमान यो क्षेत्रबाट विजयी भएका थिए। कांग्रेसका प्रभावशाली नेता प्रकाशमानको पारिवारिक, राजनीतिक पृष्ठभूमि तथा यसअघि सांसद बन्दा उनले यस क्षेत्रमा गरेका विकासका कामहरु उनको सवल पक्षहरु हुन्। मिश्र पहिलो पटक चुनाबी मैदानमा रहेका कारण अहिलेसम्म त्यहाँ उनको कुनै योगदान छैन।

२०६४ सालमा पहिलोपटक च्रुनावमा होमीएको माओवादीले दिएको आश्वासन र पछिल्ला दिनहरुमा उसले गरेको व्यवहारबाट जनता निकै सजग देखिन्छन्। काँग्रेस उम्मेदवार सिंहका वडा स्तरदेखि नै राजनिितक संगठन छ। जसले प्रचार अभियानदेख स्थानीय चुनाबी परिचालनलाई सहज बनाइरहेका छन्। विवेकशील साझाको कुनै भातृसंगठनहरु छैनन्। उनी सवयंसेवक टोली बनाएर चुनावी अभियानमा निस्किएका छन्। फरक यति हो उनीसँग चुनाब क्याम्पेनर भने छन्। मिश्रको सामाजिक सञ्जालमा व्यापक प्रचार छ। उनको पेज करिब ६ लाख जनाले लाइक गरेका छन्। त्यहाँबाट उनले संगठित चुनाब प्रचार गरिरहेका छन्। फेसबुक पेजमा ‘इङ्गेज’ हुने सबै उनका भोटर हुन् भन्ने पनि होइन।

प्रकाशमान सिंहको चुनाबमा खटिरहेका नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम शाह नेपाली काँग्रेसले काठमाडौं–१ मा काँग्रेसले धेरै विकास निर्माण गरेकाले विजय सुनिश्चत रहेको बताउँछन्। ‘जनताले गफभन्दा पनि काम गर्नेलाई रोज्ने हुन्। हामीले यो क्षेत्रमा राम्रो गरेका छौं। वर्षौदेखि हरेक जनतासँग परिचित छौं। उनीहरुको सुखदुखमा साथ दिएका छौं’, उनी भन्छन्।

वाम गठबन्धनले पनि काठमाडौं–१ बाट आफ्ना उम्मेदवार चुनाबी मैदानमा उतारेको छ। पूर्व गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्माका भाई अनिल यो क्षेत्रका बाम उम्मेदवार हुन्। अनिल विद्यार्थी नेता हुन्। अखिल क्रान्तिकारीको गत भदौमा भएको महाधिवेशनमा उनी अध्यक्ष पदमा पराजित भएका थिए।

माओवादी र एमालेबीचको गठबन्धन नै आफ्नो जितको आधार भएको उनको बुझाइ छ। ‘दुई पार्टीको समर्थन हुनु नै जितका लागि पर्याप्त छ। मतान्तर बढाउन काँग्रेस र विवेकशीलका असन्तुष्ट मत मलाई आउने निश्चित छ। मुलुकलाई स्थिरतातिर लैजान पनि मतदाताले वाम गठबन्धन रोज्नेछन्।’

रवीन्द्र मिश्रको जनलहर, बाम गठबन्धनको राम्रो जनाधार तथा प्रकाशमान सिंहको बलियो पकडबीच काठमाडौं–१ मा त्रिपक्षीय भिडन्त हुने देखिन्छ। 
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस