पहिलो पटक लडाकुले आफैं भत्ता बुझे-
राजु अधिकारी, झापा जेठ ५- शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले समायोजन तथा पुन:स्थापन प्रक्रियामा सामेल हुने माओवादी लडाकु सङ्ख्या पहिल्यै निश्चित गरिनुपर्ने बताएका छन्। उनले सङ्ख्या एकिन नभई समायोजन तथा पुन:स्थापन प्रक्रिया अघि नबढ्ने पनि बताए।
इलामको चुलाचुलीस्थित माओवादी सेनाको प्रथम डिभिजन मुख्यालयका लडाकुलाई तलब भत्ता वितरणका लागि बुधबार आएका उनले भने- कतिलाई सुरक्षा निकायमा समायोजन गर्ने र कतिलाई पुन:स्थापन प्रक्रियामा लैजाने, त्यो सुरुमै निश्चित हुनुपर्छ।'
मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चेम्जोङले भने– त्यो काम राजनीतिक सहमतिका आधारमा अघि बढाउनुपर्छ। शान्ति प्रक्रियाको मूल मुद्दा नै माओवादी सेना समायोजनको भएको उल्लेख गर्दै उनले समायोजन र पुन:स्थापन प्रक्रियामा लडाकुको इच्छा पनि निर्णायक हुने बताए। 'धेरैले राजनीतिमा जाने इच्छा व्यक्त गर्लान्, अरु धेरैले अन्यत्र जाने भन्लान्, त्यसैले सबै बुझेर सङ्ख्या निश्चित गर्नुपर्छ', उनले भने– त्यसपछि सहमतिका आधारमा समायोजन र पुन:स्थापन प्रक्रिया सहजै अघि बढ्छ।
पहिलो पटक लडाकुले आफैं भत्ता बुझे
यसैबीच इलाम चुलाचुलीस्थित माओवादी जनसेनाको प्रथम डिभिजन मुख्यालयका लडाकुले बुधबार पहिलोपटक आ–आफ्नो तलब भत्ता आफैं बुझेका छन्। मुख्यालयका ५ सय ६६ जनालाई सरकारले उनीहरुकै हातमा तलब भत्ता वितरण गरेको हो।
चार महिनादेखि तलब भत्ता नपाएका लडाकुलाई माघ, फागुन, चैत र वैशाखको एकमुष्ठ रकम दिइएको हो। उनीहरुले प्रतिव्यक्ति २० हजार प्राप्त गरेका छन्। शिविरमा रहेका लडाकुलाई सरकारले मासिक ५ हजारका दरले तलब भत्ता उपलव्ध गराउँदै आएको छ।
प्रथम डिभिजन मुख्यालयका कमाण्डर यामबहादुर अधिकारीका अनुसार मुख्यालय मातहतका अन्य ३ सहायक शिविरका लडाकुलाई पनि तलब भत्ता प्रदान गरिएको छ। मुख्यालयअन्तर्गत इलामको दानाबारी, मोरङको टाँडी र याङ्शिला गरी १ हजार ९ सय ३२ लडाकु छन्।