काठमाडौं, वैशाख ५ (नागरिक)- एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले कांग्रेस र एमालेले सहमति तोडेको आरोप लगाएका छन्।
माओवादीसँग आवद्ध गणतान्त्रिक सम्पर्क मञ्चको एकता सभालाई सम्बोधन गर्दै उनले सहमतिमा संविधान निर्माण गर्न गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने उल्लेख गरे।
प्रतिक्रियावादी शक्तिहरुले पर्दा पछाडि बसेर नयाँ संविधान लेख्न नदिने खेल खेलिरहेको भन्दै उनले त्यस्ता प्रतिक्रियावादीलाई नेपाली जनताले पहिचान गरी पूर्वराजा ज्ञानेन्द्रको जस्तै गराउने चेतावनी दिए।
सो दलका सचिवालय सदस्य एवं सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको महान बलिदानबाट प्राप्त गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्नेबारेमा गणतान्त्रिक मञ्चले राष्ट्रव्यापी बहस चलाउनुपर्ने र जनपक्षीय निर्णयलाई अघि ल्याउनुपर्ने धारणा राख्नुभयो। माओवादीले अघि सारेको गणतन्त्र बुर्जुवा प्रकृतिको र परम्परागत ढर्राको नभई जनपक्षीय रहेको बताउँदै नयाँ संविधानको निर्माणमार्फत् शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने र वास्तविक गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी वर्तमान सरकारका काँधमा रहेको मन्त्री महराले स्पष्ट गर्नुभयो।
भेलामा सो दलका केन्द्रीय सदस्यहरु झक्कुप्रसाद सुवेदी, कृष्ण केसी, शशी श्रेष्ठ, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गरी नयाँ संविधान निर्माण एवं सङ्क्रमणकालको अन्त्यजस्ता संवेदनशील काममा गम्भीर हुन सरकार र देशका सबै गणतन्त्रवादी शक्तिलाई आग्रह गर्नुभयो।