'गलत व्याख्या' गरेर नेसनल मेडिकल कलेजलाई सम्बन्धन
०६ भदौ २०७४
•
७ मिनेट पाठ
'गलत व्याख्या' गरेर नेसनल मेडिकल कलेजलाई सम्बन्धन
काठमाडौं- चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन आफ्नो सहमति र संलग्नता नरहेको जनाएको छ। संस्थानका डिन डा. जगदीशप्रसाद अग्रवालले उक्त मेडिकल कलेजलाई सम्बन्धनका लागि सम्भाव्यता अध्ययन टोलीले प्रस्तुत गरेको प्रतिवेदन छलफलकै क्रममा रहेको र आइओएम विद्यापरिषद् (फ्याकल्टी बोर्ड) बाट हालसम्म कुनै निर्णय नभएको बताए। आइओएम मेडिकल कलेजलाई सम्बन्धन दिन सहमति आवश्यक पर्ने निकाय हो।

डा. अग्रवालका अनुसार त्रिवि शैक्षिक तथा प्रशासनसम्बन्धी नियम, २०५० को नियम ३९२ (२) अनुसार सम्भाव्यता अध्ययन टोलीले प्रस्तुत गरेको प्रतिवेदन शिक्षाध्यक्षले सम्बन्धित डिनकहाँ पठाउने र त्यसलाई डिनले विद्या परिषद्मा राख्ने व्यवस्था छ। विद्यापरिषद्बाट सिफारिससहितको प्रतिवेदन शिक्षाध्यक्षसमक्ष प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

डा.अग्रवालले काठमाडांै नेसनल कलेजबारे २०७० सालमा भएको अनुगमन रिपोर्ट आइओएममा आवश्यक प्रक्रियामै रहेको बताए। 'म एक्लैले सम्बन्धनमा सहमति दिनै मिल्दैन। ३२ सदस्य रहेको विद्यापरिषद्मा मात्रै त्यो अधिकार रहन्छ। प्रतिवेदन परिषद्मा पेस भएकै छैन,' उनले भने।

डा.अग्रवालले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट आदेश कार्यान्वयनका लागि पटकपटक पत्र आएको जानकारी दिए। 'हाम्रा र त्रिविका कानुनी सल्लाहकार एकै हुन्,' उनले भने, 'यसरी आएका सबै पत्रलाई हामीले रायका लागि पठाउनुपर्छ।' उनले पछिल्लोपटक आएको पत्रलाई पनि परामर्शका लागि पठाएको बताए।

त्रिविको सम्बन्धन दिने निर्णयको व्यहोरामा 'काठमाडांै नेसनल कलेजलाई सम्बन्धन दिने विषयमा तुरुन्तै निर्णय गराई त्यसको जानकारी गराउनु भनी फैसला कार्यान्वयन निर्देशनालयबाट असार २७ मा आइओएमलाई पत्र आएको' उल्लेख छ। उक्त पत्र डिन कार्यालयले आवश्यक कार्यार्थ भनी अग्रवालको निर्देशनअनुसार डिन कार्यालयबाट २०७४ असार २९ मा आएको देखिएको छ।

त्रिवि कानुनी सल्लाहकार कार्यालयलाई पठाइएको पत्रमा 'श्री सर्वाेच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयको सक्कलै पत्र यसैसाथ राखी पठाइएको छ। विस्तृत व्यहोरा पत्रबाट अवगत गर्नु भई आवश्यक कार्यार्थ निर्देशनअनुसार अनुरोध गर्दछु' भन्ने व्यहोरा उल्लेख छ।

तर त्रिवि कार्यकारी परिषद्ले भने त्यसैलाई सहमति दिएको व्याख्या गर्दै संविधानअनुसार अदालतको आदेश कार्यान्वयन गर्नु त्रिविको दायित्व भएको भन्दै अस्थायी सम्बन्धन दिने निर्णय गरेको थियो। 'अदालतबाट आएको पत्र कानुनी सल्लाहकारलाई नै सम्बोधन गरेर रायका लागि पठाइएको मात्रै हो,' अग्रवालले भने, 'सम्बन्धन दिने सहमति दिने प्रक्रिया के हो त्रिविकै कानुन पल्टाएर हेरे हुन्छ।'

पूर्वाधार नै नपुगेको घट्टेकुलोस्थित काठमाडांै नेसनलले दायर गरेको रिटमा अदालतले 'कानुनबमोजिम निर्णय गर्नू' भन्ने फैसलामा टेकेरै त्रिवि कार्यकारी परिषद्ले साउन १२ मा सम्बन्धन दिएको थियो।

कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले दिएको मुद्दामा सुरुमा सर्वोच्चले २०७१ भदौ ३१ मा परमादेश दिएको थियो। त्यतिबेला सर्वोच्चका प्रधानन्यायाधीश दामोदर शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले 'कलेजको सम्बन्धनका विषयमा यथा समयमै निर्णय नगरी राख्नु वैध अपेक्षाविपरीत हुने हुनाले शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धन दिने विषयमा कानुनबमोजिम निर्णय गर्न' परमादेश दिएको थियो। फैसला कार्यान्वयन नभएको भन्दै अन्सारीले फेरि हालेको रिटमा सर्वोच्चले ०७३ फागुन १९ को फैसला गरेको थियो।

त्यसपछि सञ्चालक अन्सारीले २०७१ कात्तिक १७ मा भदौ ३१ को आदेश कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता गराएका थिए। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले २०७३ फागुन १९ मा अपहेलना मुद्दा खारेज गरिदिएको थियो। संयुक्त इजलास आदेशमा 'माथेमा कार्यदलको प्रतिवेदन, नेपाल सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति तथा यस सम्बन्धमा मन्त्रिपरिषद्बाट निर्णय भई २०७१ कात्तिक २५ मा लेखिएको पत्रको मूल अभिप्राय चिकित्साशिक्षामा गुणस्तरीयता कायम गर्ने कुरामा केन्द्रीत रहेको देखिन आउँछ,' आदेशमा भनिएको थियो, 'यस प्रकार भएका कामकारबाहीलाई अपहेलनाको विषय बनाउनु उचित हुँदैन।'

डा.केसीसँगको सम्झौता कार्यान्वयन गर्न ०७१ कात्तिक २५ मा सरकारले चिकित्साशिक्षा सम्बन्धी राष्ट्रिय नीति तयार गर्न, नीति तयार नभएसम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिन, सम्बन्धन लिने प्रक्रिया अगाडि बढाएको भए यथास्थितिमा राख्न, सरकार र चिकित्सक संघबीचको सम्झौता कार्यान्वयन गर्न आइओएमलाई पत्राचार गरेको थियो। सोही पत्रमा टेकेर आइओएम फ्याकल्टी बोर्डले सम्बन्धन रोक्दै आएको थियो।
अर्को समाचार
मेडिकल कलेजलाई सम्बन्धन दिन फेरि दबाब
१५ कार्तिक २०७१
•
९ मिनेट पाठ
मेडिकल कलेजलाई सम्बन्धन दिन फेरि दबाब
काठमाडौं- सर्वोच्च अदालतको फैसलालाई आफूअनुकूल व्याख्या गर्दै सम्बन्धन लिन मेडिकल कलेजहरूले पुनः दबाब दिन थालेका छन्। सर्वोच्च अदालतले काठमाडौं नेसनल कलेजले दायर गरेको मुद्दामा गत भदौ ३१ गते फैसला गर्दै सम्बन्धन दिने विषयलाई कानुनबमोजिम निर्णय गर्न परमादेश दिएको थियो।तत्कालीन प्रधानन्यायायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले गरेको फैसलामा 'सम्बन्धनका विषयमा यथासमयमा निर्णय नगरी राख्नु वैध अपेक्षाको विपरीत हुने हुनाले शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धन दिने विषयमा कानुनबमोजिन निर्णय गर्नू' भनिएको थियो। काठमाडौं नेसनलका सञ्चालकहरूले त्रिवि, आइओएम, नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।
निजी क्षेत्रका काठमाडौं नेसनल, मनमोहन मेडिकल कलेज, पिपल्स मेडिकल तथा डेन्टल कलेज त्रिविअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को सम्बन्धन पर्खेर बसेका छन्। उनीहरूले सम्बन्धनका लागि आइओएमलाई दबाब दिन छाडेका छैनन्। 
सर्वोच्चले शैक्षिक सत्र सुरु हुनुअगावै सम्बन्धन दिनू भन्ने आदेश जारी गरेको तर्क गर्दै काठमाडौं नेसनलले कात्तिक ५ गते आइओएमलाई पत्राचार गरेर फैसलाबमोजिम सम्बन्धन दिन अनुरोध गरेको छ। आइओएमको शैक्षिक सत्र मंसिर १ मा सुरु हुन्छ। आइओएम स्रोतअनुसार मनमोहनका सञ्चालकले समेत केही दिनअघि आइओएम पुगेर तत्काल सम्बन्धन दिन दबाब दिएका थिए। 
स्रोतअनुसार ती कलेजहरूले कतिपय कन्सल्टेन्सीमार्फत यही वर्षदेखि नयाँ भर्ना खोलिछाड्ने भन्दै विद्यार्थीलाई अन्यत्र जानबाट रोकिरहेका छन्। काठमाडौं नेसनलले त बुधबार मात्र एक दैनिक पत्रिकामा सूचना प्रकाशित गरी कलेजलाई प्रिन्सिपल, विभिन्न विषयका प्राध्यापक, सह र सहायक प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ।
कलेजका सञ्चालकहरूले आइओएमका पदाधिकारीलाई विभिन्न चरणमा भेटेर सम्बन्धनका लागि दबाब दिइरहेका छन्। उनीहरुले मनमोहनका सञ्चालहरूले भने सबै प्रक्रिया पुगेको अवस्थामा यथास्थितिमा नराखी निर्णय दिनू भन्ने अदालतको निर्देशनसहित त्रिविलाई दिएको पत्रका आधारमा सम्बन्धन लिन प्रयास गरिरहेको स्रोतको भनाइ छ। 
काठमाडांै नेसनल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले सर्वोच्चले स्पष्ट रूपमा सम्बन्धन दिनू भनेर फैसला गरेकाले आफूहरूले सम्बन्धनका लागि आग्रह गर्नु स्वाभाविक भएको बताए। उनले कलेज सञ्चालनको अवस्थामा पढाउने जनशक्ति चाहिने हुनाले प्राध्यापकहरूका लागि दरखास्त खुला गरेको समेत बताए।
आइओएमका डिन डा. राकेश श्रीवास्तवले कलेजहरूले विभिन्न रूपमा सम्बन्धनका लागि माग गरेको बताए। उनले अदालतले सम्बन्धन दिनू भनेर फैसला नगरेको भन्दै बिनाप्रक्रिया सीधै सम्बन्धन दिन नसकिने बताए। 'सम्बन्धनको पनि आफ्नै प्रक्रिया हुन्छ, निर्णय फ्याकल्टी बोर्डले गर्छ,' उनले भने, 'यसअघि नै पनि फ्याकल्टी बोर्डले सम्बन्धन दिन नसक्ने भनिसकेकै छ।' डिन डा. श्रीवास्तवले सम्बन्धन चाहेका कलेजको अनुगमन गरिएको प्रतिवेदन आएपछि फ्याकल्टी बोर्डमा पुर्या।एर छलफल चलाउन सकिने बताए। 
स्रोतअनुसार अदालतको भदौ ३१ को फैसलालाई आफ्नै ढंगले व्याख्या गर्दै सम्बन्धन दिलाउन त्रिवि पदाधिकारी पनि प्रयास गरिरहेका छन्। तर, आइओएम अधिकारी भने कुनै पनि हालतमा सम्बन्धन नदिने पक्षमा छन्। 
आइओएम अधिकारीहरूले भने केही दिनअघि शिक्षा मन्त्रालयलाई समेत पत्राचार गरी डा. गोविन्द केसीको आमरण अनशनपछि आइओएएम डिन र शिक्षासचिवबीच मेडिकल कलेजसम्बन्धी राष्ट्रिय नीति नबन्दासम्म कुनै पनि कलेजलाई सम्बन्धन नदिने सहमति भएको भन्दै प्रक्रिया नै अगाडि बढाउन नसक्ने जवाफ दिएका छन्। 
कलेजहरूले दिएको निवेदनका आधारमा आइओएम फ्याकल्टी बोर्डको सिफारिसमा कार्यकारी परिषदले सम्बन्धन दिने व्यवस्था छ। 
आइओएमका पदाधिकारीसमेत मेडिकल शिक्षामा देखिएको विकृतिका कारण थप कलेजलाई सम्बन्धन दिन नहुने तर्क गर्दै आएका छन्। तर, त्यसका बाबजुद पनि त्रिविले गत वर्ष असोजमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो। तर, आइओएमका तत्कालीन डिन डा. प्रकाश सायमीले सो प्रक्रियाको ठाडो विरोध गर्दै कुनै हालतमा सम्बन्धन नदिने भन्दै त्रिविलाई नै चेतावनीयुक्त पत्र पठाएका थिए।
डा. सायमीको चेतावनीलाई समेत बेवास्ता गर्दै त्रिवि पदाधिकारीले आफूअनुकूल चिकित्सक राखेर ती कलेजको पूर्वाधार अनुगमन गर्न समिति बनाएका थिए। सम्बन्धन सिफारिस आइओएमबाट भएर आउनुपर्नेमा माथिबाट सुरु गरेपछि अख्तियारले हस्तक्षेप गरेर प्रक्रिया रोकेको थियो। तर, पछि अख्तियारले समेत सो प्रक्रियालाई खुला गरिदियो। त्यही आधारमा कलेज सम्बन्धनका पक्षमा रहेकाहरूको नेतृत्वमा गठित अनुगमन समितिले रातारात तयार पारेको प्रतिवेदनलाई आधार बनाई पूर्वाधार पुगेको भन्दै कलेजहरूलाई सम्बन्धन दिन प्रयास भइरहेको त्रिवि स्रोतको भनाइ छ। पदाधिकारीको यो अभियानमा शिक्षामन्त्री चित्रलेखा यादवको समेत समर्थन रहेको मन्त्रालयका अधिकारीको भनाइ छ।
करिव अर्वका लगानीबाट केही वर्षमै नाफा दिन सक्ने नयाँ क्षेत्रको रुपमा विकास भएपछि मेडिकल शिक्षामा बढ्दो आकर्षण त्योसँगै निम्तिएको विकृतिका कारण जसरी कलेजहरु खोल्न विभिन्न चलखेल चल्दै आएको छ। 
कलेज सञ्चालकहरुले कहिले राजनीतिक बल तथ कुनै बेला प्रशासनीक निकायको बलमा संम्बन्धन खोल्न प्रयात्न गर्दै आएका छन्। शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीको चारपटक सम्मको अनशन र पटक पटक शिक्षण अस्पतालसहित देशभरका स्वास्थ्य संस्था बन्दको कारण पनि संम्बन्धन विवादसँग जोडिएको थियो।
डा. गोविन्द केसीको एउटा माग गत वर्ष पुष र माघगरी २२ दिनसम्म अनशन बस्दा मेडिकल कलेजलाई सम्बन्धन बन्द गर्नुपर्ने प्रमुख माग राखेका थिए। सरकारले डा.केसीसँग चिकित्सक संघसँग नीति बनाउँन समिति गठन गर्ने सहमति गरेको थियो। तर सरकारल सम्झौतामा सरकारले मापदण्ड सिफारिस गर्न समिति बनाएर सो समितिले दिएको सुझाब पनि कार्यन्वयन नगरी केही दिनअघि केयुमार्फत् अर्न्तगत देवदह र बिराट मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस