काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन
०४ भदौ २०७४
•
९ मिनेट पाठ
काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन
काठमाडौं- त्रिवि शिक्षण अस्पतालका डा.गोविन्द केसीको एघारौं अनशन जारी रहँदा त्रिवि कार्यकारी परिषद्ले 'पूर्वाधारै नपुगेको' घट्टेकुलोस्थित काठमाडौं  नेसनल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको खुलासा भएको छ।

चिकित्साशिक्षा ऐन नआएसम्म नदिने मन्त्रिपरिषद्को निर्णय र त्रिविकै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) विद्यापरिषद् २०७० को  निर्णयविपरीत कार्यकारी परिषद्ले सम्बन्धन दिएको हो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाकै समयमा मन्त्रिपरिषद्ले नयाँ ऐन नबन्दासम्म सम्बन्धन नदिने निर्णय गरेको थियो भने आइओएमले २०७० मै क्षमता नभएको भन्दै सम्बन्धनमा छेकबार लगाएको थियो।

त्रिविका उपकुलपति तीर्थ खनियाँ अध्यक्ष रहने परिषद् बैठकले केसीले एघारौं अनशन थालेको तेस्रो दिन साउन १२ मै सम्बन्धन दिने निर्णय गरेको खुलासा रेक्टर सुधा त्रिपाठीले गरिन्। रेक्टर त्रिपाठीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले फैसला कार्यान्वयनका लागि पटकपटक ताकेता गरेपछि बाध्य भएर सम्बन्धन दिनुपरेको दाबी गरिन्। निर्णय भएको २४ दिन बितिसक्दा पनि सम्बन्धनका लागि योग्य भएको सहमति दिनुपर्ने आइओएमलाई त्यसको जानकारी नपठाएर गुपचुप राखिएको छ।

सामान्यतः सम्बन्धनसम्बन्धी निर्णय गर्न सम्बन्धित संकायको फ्याकल्टी बोर्डबाट पूर्वाधार पुगेको सहमति चाहिन्छ। तर कलेजलाई सम्बन्धन दिनका लागि आइओएम फ्याकल्टी बोर्डमा कुनै पूर्वाधार प्रतिवेदनमा छलफल र निर्णय नभएको डिन डा.जगदिशप्रसाद अग्रवालले जानकारी दिए। 'मेडिकल कलेजलाई सम्बन्धन दिनेसम्बन्धी पछिल्लोपटक त्रिविको कुनै पत्र आएको छैन,' उनले भने, 'बरु अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पत्र आइरहेका छन्।'

सम्बन्धनका लागि घट्टेकुलोस्थित काठमाडौं नेसनल कलेजका सञ्चालक जैनुद्दिन अन्सारीले दिएको मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतको २०७१ भाद्र ३१ मा भएको परमादेशलाई आधार बनाइएको छ। सम्बन्धन पाउनुपर्ने दाबीसहित अन्सारीले दायर गरेको मुद्दामा सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश दामोदर शर्मा र न्यायधीश ओमप्रकाश मिश्रको इजालसले 'कलेजको सम्बन्धन विषयमा यथासमयमै निर्णय नगरी राख्नु वैध अपेक्षाविपरीत हुने हुनाले सम्बन्धन दिने विषयमा कानुनबमोजिम निर्णय गर्नू' भनी परमादेश जारी भएको थियो।

सो परमादेशका आधारमा नियामानुसार गर्दा सम्बन्धनको निर्णय गर्ने अधिकार आइओएमको भएकाले सम्बन्धन दिनु बाध्यकारी नभएको अर्थ लगाउँदै आइओएमले कुनै निर्णय गरेको थिएन। तर, सञ्चालकले भने यही आधारमा फैसलाको आशय 'सम्बन्धन दिनू' भएको अर्थ्याउँदै कार्यन्वयनका लागि लबिङ गर्दै आएका थिए।

रेक्टर त्रिपाठीले अदालतबाट ६ पटक ताकेता गरेपछि सम्बन्धन दिएको बताइन्। उनले अब पढाउने अनुमति दिनका लागि पूर्वाधार पुग्छ या पुग्दैन भन्ने हेर्नेलगायतका काम आइओएमको भएको बताइन्। त्रिवि पदाधिकारीले सम्बन्धन दिन नदिनेबारे आइओएमलगायतका विभिन्न निकायमा सोधी पठाए पनि सबैले त्रिविले नै निर्णय दिनुपर्ने भनेर पन्छाएपछि बाध्य भएको दाबी गरेका छन्।

तीर्थ खनियाँले उपकुलपतिको जिम्मेवारी पाएलगत्तै यही आधारमा सम्बन्धन दिन आइओएमलाई पटकपटक दबाब दिँदै आएका थिए। तर, आइओएमले मानेको थिएन। डा.केसी अनशन बसेसँगै सरकार र आइओएम सम्बन्धनको विपक्षमा थिए। त्यसमा पनि सम्बन्धन पाएको सो कलेज पर्खाइमा रहेकामध्ये कुनै रूपमा पनि पूर्वाधार नपुग्ने कलेज हो। अपार्टमेन्ट बेच्ने गरी बनाइएको भवन नबिकेपछि सञ्चालकले किनेर सम्बन्धनको लाइनमा अन्य तीन कलेज मनमोहन, नेपाल प्रहरी र पिपल्स डेन्टल तथा मेडिकलसँग उभिएको थियो।

त्रिविले यस सम्बन्धमा पटकपटक निर्णयमा पुग्न दबाब दिएपछि आइओएमका तत्कालीन डिन डा.विमल सिन्हाले २०७३ भदौ २७ को फ्याकल्टी बोर्ड बैठकबाट अदालतको आदेशका आधारमा निर्णय गर्ने अधिकार कार्यकारी परिषद्लाई नै सुविधा दिएका थिए। सिन्हाले समेत 'नयाँ परिस्थितिमा नयाँ प्रतिवेदन आएमा विचार गर्न सकिने' जवाफ फ्याकल्टी बोर्डबाट दिएका थिए। अहिले सम्बन्धन दिन न पुरानो प्रतिवेदन छलफल भएको छ न नयाँ निरीक्षण नै भएको छ।

चार वर्षअघि डा.प्रकाश सायमी डिन रहँदाकै अवस्थामा थप मेडिकल कलेजलाई सम्बन्धन दिने क्षमता नभएको भन्दै बन्द गरिदिएका थिए। त्यसअघि त्रिविका तत्कालीन उपकुलपति हिराबहादुर महर्जनसहित पदाधिकारीले २०७० सालमै नियमविपरीत आफै सूचना निकालेर सम्बन्धन लिन आह्वान गरी चार कलेजलाई स्वीकृति दिने प्रक्रिया अगाडि बढाएका थिए  जसमा काठमाडौं नेसनल एक थियो। तर, त्रिविले आफूअनुकूलका व्यक्ति राखेर तयार गरेको प्रतिवेदन तत्कालीन आइओएम नेतृत्वले बैठकमै लगेन। नेसनल कलेजको सो प्रतिवेदन अझै फ्याकल्टी बोर्डमा प्रवेश पाएको छैन।

आइओएमकै प्राध्यापक डा.करवीरनाथ योगीको नेतृत्वमा गठित समितिले सञ्चालनमै नआएको शिक्षण अस्पतालमा बिरामी र बेड पुगेको तथा अस्पतालका शै्या भरिभराउ रहेको प्रतिवेदन २०७० कात्तिक २७ मा दिएको थियो। माओवादी केन्द्रका तर्फबाट पर्सा क्षेत्र १ का उम्मेदवारसमेत बनेका बसुद्दिन अन्सारी र उनका दाइ जैनुद्दिन  कलेजका प्रमुख सञ्चालक छन्। पछिल्लोपटक बसरुद्दिन एमाले कोटामा वीरगन्जको मेयरका उम्मेदवार  प्रस्तावित छन्।

त्रिविले २०७० कात्तिक १० मा सूचना निकालेर त्रिविले सम्बन्धनका लागि आवेदन आह्वान गरेपछि नेसनलसहित मनमोहन, पिपल्स र नेपाल प्रहरी कलेजले निवेदन दिएका थिए। त्यतिबेला नाममात्रको अनुगमनमा देखाउन नेसनलले वीरगञ्जस्थित नेसनल कलेजबाट प्राध्यापक ल्याएको थियो भने बिरामी जुटाउन निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। सो स्वास्थ्य शिविरको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। यसअघि दाहाल प्रधानमन्त्री रहँदासमेत खनियाँलाई दबाब दिएपछि खनियाँले २०७३ भदौ १३ मा आइओएमलाई पत्राचार  गरेर दबाब दिएका थिए।
अर्को समाचार
काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव
०९ भदौ २०७४
•
४ मिनेट पाठ
काठमाडौं नेसनल मेडिकल कलेज : सम्बन्धन खारेज गर्न संसद‌्‌मा प्रस्ताव
काठमाडौं— प्रक्रिया मिचेर पूर्वाधारै नपुगेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेजीका लागि सरकारलाई निर्देशन दिन संसद्मा प्रस्ताव दर्ता भएको छ। पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगन थापा प्रस्तावक तथा सांसदहरू श्याम श्रेष्ठ र रुक्मिणी चौधरी समर्थक रहेको सार्वजनिक महत्वको उक्त प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको हो। प्रस्तावमा सम्बन्धन दिने निकाय त्रिविका कुलपतिका हैसियतले प्रधानमन्त्रीले नै उक्त निर्णय रोक्नु अपरिहार्य भएको भन्दै प्रधानमन्त्री र सरकारलाई संसद्ले निर्देशन दिनुपर्ने उल्लेख छ ।

सरकारले चिकित्सा शिक्षा ऐन पारित नगर्दासम्म नयाँ कलेजलाई सम्बन्धन नदिने निर्णय गरिसकेको सन्दर्भ र विधेयक सुधार गरेर पारित गर्ने प्रयास भइरहँदा कुनै पूर्वाधार नभएको कलेजलाई सम्बन्धन दिएको विषय बाहिर आएको प्रस्तावमा उल्लेख छ । ‘न चिकित्सक, न बिरामी, न पूर्वाधार, यसरी मापदण्ड नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दिँदा त्यसबाट उत्पादन हुने चिकित्सकबाट कस्तो गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त होला ?’ प्रस्तावमा प्रश्न गरिएको छ, ‘हामीले प्रदान गर्न खोजेको गुणस्तरीय स्वास्थ्य सेवा यस्तै हो?’

सार्वजनिक महत्वको प्रस्तावमा सर्वोच्च अदालतको एउटा पुरानो निर्णयलाई आधार बनाएर सम्बन्धन दिइएको तर अदालतको अर्को निर्णय आइसकेको अवस्थामा त्रिविको सम्बन्धन दिने यो निर्णय सरकार स्वयंको पटकपटकको प्रतिबद्धताको बर्खिलाप भएको उल्लेख छ। ‘यस सम्बन्धमा सम्मानित अदालतले गरेको पछिल्लो फैसला प्रतिकूल र त्यसको अपव्याख्यासमेत गरिएको छ,’ प्रस्तावमा लेखिएको छ । त्रिविले साउन १२ मा उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । त्रिवि उपकुलपति तीर्थ खनियाँले समेत सार्वजनिक रुपमै प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालयसमेतको निर्देशनमा सम्बन्धन दिएको भन्दै ती निकायले सच्याउन पत्राचार गरे त्यसका लागि आफू तयार भएको बताका छन् । तर त्रिविका कुलपतिसमेत  रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भने यो विषयमा कुनै प्रतिक्रिया आएको छैन । उनी हाल भारत भ्रमणमा छन् ।

प्रस्तावमा यस्तो संवेदनशील विषयमा भएको गलत निर्णय कार्यान्वयन हुन नदिन सदनले अविलम्ब हस्तक्षेप गरी सरकारलाई निर्देशन दिनुपर्ने माग गरिएको छ । संविधानबमोजिम गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै प्रस्तावमा सम्बन्धनको निर्णयले नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन असर पार्ने हुँदा सदनले हस्तक्षेप गर्नुपर्ने उल्लेख छ । ‘कुलपतिको हैसियतले सम्माननीय प्रधानमन्त्रीले त्रिविको ऊक्त निर्णय रोक्नु अपरिहार्य छ,’ प्रस्तावमा लेखिएको छ।

सरकारले चिकित्सा शिक्षा ऐन नबन्दासम्म मेडिकल कलेजहरूलाई सम्बन्धन नदिने र काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने समझदारी गरिसकेको अवस्थामा उक्त सम्बन्धनको निर्णय अविलम्ब खारेज हुनुपर्ने जिकिर प्रस्तावमा गरिएको छ ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस