काठमाडौं- अनशनकै बीचमा ठूलो बाढीपहिरोबाट देशभर जनधनको क्षति भएको खबर सुनेसँगै डा. गोविन्द केसीले २३ दिन लामो अनशन स्थगित गरेका छन्। केसीले अनशन अन्त्य नगरी स्थगित मात्र गरेका हुन्। उनले यो बीचमा माग पुरा नभए बाढी पीडितको अवस्था समान्य भपछि पुन अनशन बस्ने चेतावनी दिएका छन्।
सोमबार मात्र बाढीले पुर्याएको क्षति सुनेपछि डा. केसी अनशन स्थलमा अचानक डाँको छाडेर रोएका थिए। यसअघि केसीले देशविदेशमा आइपर्ने जस्तोसुकै मानवीय विपत्तिमा पुगेर निःशुल्क उपचार तथा राहत वितरण गर्दै आएका थिए। यसैबीच सरकारले एलओआइ पाएका कलेज खरिद गर्न समेत समिति बनाउने तयारी थालेको छ।
यस अघि सरकारले आइओएममा रिक्त रहेको पूर्णकालिन सहायक डिनमा नियुक्ति गरिसकेको छ। आइओएमको खोसिएको अधिकार फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको पत्र प्राप्त हुनुलाई केसीले सकारात्मकरुपमा लिएका छन्।