झन् जटिल बन्दै सहमति
३० साउन २०७४
•
९ मिनेट पाठ
झन् जटिल बन्दै सहमति
काठमाडौं – स्वास्थ्य क्षेत्रमा सुधारका माग गर्दै डा. गोविन्द केसी अनशन बसेको २१ औं दिन बितिसक्दासमेत सरकारी वार्ताटोली र केसी पक्षबीच सहमति बन्न सकेको छैन । 

केसीका मुख्य मागमध्ये एक काठमाडौं उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइनेलगायत पूरा गर्न संसदीय समिति तथा सरकारी वार्ताटोली सहमत हुन नसक्दा अनशन अन्त्यको पहल निरर्थक बनेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत प्रमुख माग पूरा गर्न सहमत भए पनि प्रमुख प्रतिपक्षको असहमतिले विधेयक पारित गर्ने र वार्ता टुंगो लगाउने विषय अघि बढ्न सकेको छैन। 

केसीले विधेयकमा समेटिनै पर्ने भनी अडान राखेका मागमा संसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समिति सहमत छैन । सरकारद्वारा गठित वार्ताटोली पनि यही बहानामा निकास खोज्न अग्रसर नदेखिएपछि अनशन अन्त्य झन् अनिश्चित बन्दै गएको छ । 

समितिका सभापतिसहित अधिकांश सदस्य एमाले निकट छन् । उनीहरू नयाँ कलेजलाई सम्बन्धन दिन मिल्नेगरी मात्रै विधेयक अगाडि बढाउने रणनीतिमा छन् । वार्ता सकारात्मक निष्कर्षमा पु¥याउन भने केसीका माग सम्बोधन गर्नुपर्छ । तर समितिका सदस्यहरू भने कुनै पनि हालतमा स्वास्थ्य क्षेत्रमा निजी लगानीकर्ताको हितविपरीत हुनेगरी मस्यौदा अन्तिम रुप दिएर पारित हुन दिने पक्षमा छैनन्। 

समितिले नयाँ कलेजलाई सम्बन्धन खोल्न सहज हुने प्रावधानसहितका व्यवस्था राखेर विधेयकलाई शुक्रबारै पारित गरिसकेको छ । सो विधेयक संसद्ले फिर्ता गरिदिएको भए पनि पुनः केसीका माग समेटेर विधयेक तयार गरी पारित गर्न समिति तयार छैन। 

शुक्रबार समितिद्वारा पारित विधेयक फेरि संसद्मा दर्ता भई छलफलका लागि अघि बढ्छ ।   संसद्ले थप गर्न दिएका बुँदामा मन्त्रीले स्वीकार गरे पनि  संसदीय समितिबाटै पारित गर्नुपर्ने प्रावधान भएका कारण विधयेकमा समितिकै निर्णय महत्त्वपूर्ण हुन्छ । तर संसद्ले बहुमतबाट विधेयक पारित गर्न भने सक्छ। 

‘माथेमा कार्यदलको प्रतिवेदनविपरीत गएर आउने ऐन केसीले नस्वीकार्ने र उनले भनेजस्तो ऐन ल्याउन पनि सहज नहुने अवस्था छ,’ एक सरकारी वार्ताकारले भने । माथेमा कार्यदलको प्रतिवेदनको मूल मर्म ‘उपत्यकामा दस वर्षसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने’ भएको केसीले बताउँदै आएका छन्।

यही सर्तका कारण समितिबाट विधेयक पारित नहुने देखिएपछि उच्चस्तरीय प्रयासबाट मध्यमार्गी प्रस्तावका रूपमा कडा मापदण्ड बनाएर सम्बन्धन दिन सकिने विषयमा सहमति भएको थियो । त्यसका लागि विधेयकको प्रस्तावनामै माथेमा कार्यदलको नाम थप्ने र यसरी सम्बन्धन पाउने शिक्षण अस्पताल कम्तीमा दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयको अनुमति लिएर सञ्चालनमा रहेको हुनुपर्ने प्रावधान राख्ने सहमति बनेको थियो । तर यी सर्त राख्दा कुनै पनि कलेजले कम्तीमा अब दुई वर्ष सम्बन्धन नपाउने अवस्था आउने भएकाले सञ्चालककै चलखेलमा यी सहमतिका बुँदा हटाएर शुक्रबार समितिबाट विधेयक पास भएको थियो । 

संसद्ले विधेयक फेल गर्दा पनि चिकित्सा शिक्षा ऐन झन् अन्योलमा पर्ने र पास गर्दा पनि केसीले भनेजस्तो नआउने तथा वैधानिक रूपमा सम्बन्धनको बाटो खुल्लै रहने अवस्था बनेको जानकार बताउँछन्। 

काठमाडौं उपत्यकाका हकमा १० वर्ष सम्बन्धन बन्द गर्नुपर्ने अडान केसीको छ । विधेयकको प्रस्तावनामै माथेमा कार्यदलको नाम उल्लेख गर्नुपर्ने, सो कार्यदलको सुझावअनुसार एउटा विश्वविद्यालयले बढीमा पाँच मेडिकल कलेजभन्दा बढीलाई सम्बन्धन दिन नपाउने र सम्बन्धन पाउने कलेजले कम्तीमा स्वास्थ्यबाट अनिवार्य सञ्चालन स्वीकृति लिएको दुई वर्ष हुनुपर्ने अडान केसीले दोहोर्‍याएका छन् । ‘चिकित्सा शिक्षा सुधारका लागि यी बुँदा छोडे हाम्रो अभियानको मर्म पनि छोडिन्छ,’ केसीले भने। 

मागका कुनै पनि बुँदामा सम्झौता नगर्ने जानकारी सरकारी पक्षलाई गराइसकेको केसी पक्षीय वार्ताटोलीका सदस्य डा. अभिषेक सिंहले बताए । 

अहिले समितिले विधेयकलाई र सरकारी वार्ताटोलीले अन्य मागलाई बन्धक बनाइराखेको सिंहले बताए । ‘विधेयक आएपछि लटरपटर पारेरै अनशन टुंग्याउन सकिन्छ भन्ने सोच सरकारी वार्ताटोलीको देखिन्छ,’ सिंहले भने । स्रोतका अनुसार सरकारी वार्ताटोली संयोजक एवं शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ पनि सम्बन्धनकै पक्षमा छन् । आइतबार प्रधानमन्त्री देउवाले बोलाएको बैठकमासमेत मनमोहन मेमोरियल मेडिकल कलेज किन्न नसकिने भन्दै श्रेष्ठले प्रतिवाद गरेका थिए । ‘विधेयक पारित भइसक्यो, केसीको प्रमुख माग त्यही हो,’ श्रेष्ठको प्रतिक्रिया छ, ‘अब अनशन तोडिनुपर्छ ।’ 

दिनभर डाक्टरको प्रदर्शन 

केसीको जीवन रक्षाका लागि दबाब दिन आइतबार दिनभर पनि चिकित्सक एवं चिकित्साशास्त्रका विद्यार्थीले प्रदर्शन गरे । दबाब बढाउन भन्दै आठांै दिनदेखि शिक्षण अस्पतालको ओपिडी सेवा बहिष्कार गर्दै आएका आवासीय चिकित्सक र शैक्षिक कार्यक्रम छाडेका विद्यार्थीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवास लाजिम्पाटअघि प्रदर्शन गरे । 

यसअघि देशभरका चिकित्सकले शुक्रबारदेखि आकस्मिकबाहेक सम्पूर्ण सेवा बन्द गरे पनि शनिबार देशभर बाढी आएपछि हडतालको कार्यक्रम स्थगित गरिएको छ ।  आवासीयबाहेक डाक्टर काममा फर्के पनि विद्यार्थीले दबाबमूलक कार्यक्रम जारी राखेका छन् । उनीहरूले दाहाललाई भेटेर जीवन रक्षाका लागि तत्काल पहल गरिदिन आग्रह गरे । दाहालले तत्कालै प्रधानमत्रीसँग भेटेर यसबारे कुरा गर्ने वचन दिएका थिए ।

पौडेलको ऐक्यबद्धता 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले केसीका माग पूरा गरी जीवन रक्षा गर्न पार्टी र  सरकारसँग कुरा गर्ने बताएका छन् । केसीलाई भेट्न आइतबार त्रिवि शिक्षण अस्पताल पुगेका उनले गुणस्तरीय चिकित्सा शिक्षामा सबैको पहुँच  र स्वास्थ्य सेवाको समुचित वितरण होस् भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताए ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस