काठमाडौं- नेपाल प्रहरीको बढुवा सिफारिस समितिले ११ जना डिआइजीलाई एआइजी बढुवाको लागि सिफारिस गरेको छ। समितिले ११ जनाको नाम आज सार्वजनिक गरेको हो। सार्वजनिक भएको सूचीमा डिआइजीको पहिलो नम्बरमा रहेका नवराज सिलवाल परेका छैनन्। उनले सर्वोच्च अदालतमा आइजीपी बढुवा विरुद्ध हालेको रिट अझै विचाराधिन छ।
बढुवमा चौंथो नम्बरमा नाम भएका बमबहादुर भण्डारी पहिलो नम्वरमा सिफारिस भएका छन्। तेस्रो नम्बरमा भएका जयबहादुर चन्द दोस्रो नम्बरमा सिफारिस भएका छन्। उनलाई सरकारले आइजीपीमा नियुक्त गरे पनि सर्वोच्च अदादलको आदेशमा नियुक्ति रद्ध भएको थियो।
बढुवा सूचीमा पर्नेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरी राज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र बिजयकुमार भट्ट रहेका छन्।
सिफारिस सूचीमा सुदुरपश्चिमका ६ जना डिआइजी मध्ये ५ जना परेका छन्। बढुवाका सम्भावीत उम्मेदवार मध्ये हेमन्त पाल मात्र छुटेका छन्। विजय कुमार भट्टको बढुवाको लागि प्रधानमन्त्रीले दवाव दिँदै तीन दरवन्दीलाई बढाएर ११ पुर्याएका थिए। भट्ट सिफारिसको ११ औं नम्बरमा परेका छन्।
२०७२ को एआइजी बढुवामा विवाद भएपछि सुशील कोइराला नेतृत्वको सरकारले प्रहरीमा रहेको ७ दरबन्दी घटाएर तीनवटा कायम गरेको थियो। आफुँ निकटका प्रहरी अधिकृतको बढुवा नहुने देखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री जनार्दन शर्मालाई पद बढाउन भनेपछि उनले सोही अनुसारको प्रस्ताव अघिल्लो मन्त्रीपरिषद बैठकमा लगेका थिए।